बुधबार 4 अगस्ट 2021

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नारी सशक्तिकरण

Aneeta Thapa Magar | 10 मार्च 2021

नारी सशक्तिकरण

नारी सशक्तिकरण भन्ने बित्तिकै नारीहरूलाई हरेक तवर मानसिक, आर्थिक, शैक्षिक, शारीरिक ईत्यादि रूपमा सशक्त बनाउनु हो । वास्तवमा विश्वमा सृष्टि भएका मानव ‘नारी’ वा ‘पुरूष’ दुवैको अस्तित्व समान छ तर के साँच्चि कै संसारका सम्पूर्ण राष्ट्रहरूमा नारी र पुरूष बीच समानताको विकास भइसके को छ त ? भाव विकास भएपनि व्यवहारमा लागु भइसके को छ त ? यो विश्वमा पुरूषलाई जुन दृष्टिकोणले हेर्ने गरिन्छ, नारीलाई पनि त्यही दृष्टिकोणले हेरिन्छ त ? हामीले यसको विश्लेषणको लागि धेरै परको उदाहरण खोज्नु पर्दैन, हाम्रै देश नेपाल र छिमेकी राष्ट्र भारतमा नारीहरूप्रति भएको विभेद र दमन देख्न सक्छौँ ।

विश्वमा त्यस्ता थुप्रै राष्ट्रहरू छन्, जहाँ नारी र पुरूषलाई एउटै दर्जामा सिर्फ नाराहरूमा मात्रै सिमित राखिएका छन् । नेपाल र भारतको सन्दर्भमा कुरा गर्ने हो भने नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरू अल्पसंख्यक २० प्रतिशत हिन्दु आर्यहरूबाट र भारतका ८५ प्रतिशत अहिन्दु मुलवासीहरू अल्पसंख्यक १५ प्रतिशत हिन्दु आर्यहरूबाट शताब्दीऔँ देखि शासित भइरहेका छन् । यसरी मानवहरूबीचमा समानता, स्वतन्त्रता र भातृत्व नभएका मुलुकहरूमा नारी र पुरूषबीचमा समानताको कुरा परको भएको छ तर ‘आकाशको फल आँखा तरी मर’ भने भएको छैन किनभने यो एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो साथै मंगोल मुक्तिको शताब्दी हो र मंगोल युवा, युवतीहरू ब्युँझि सकेका छन्, समान अस्तित्व र अधिकारका आवाज बुलन्द पार्दै क्रान्तिकारी वैचारिक लडाईमाँ सशक्त भएर पाइलाहरू लम्काइसकेका छन् । अब नारी र पुरूषबीचमा मात्रै नभएर यो मुलुकका प्रत्येक मानवहरू समान दर्जामा रहने छन् । विशेष गरी नारीहरूलाई कम्जोर ठान्ने र विभेदपुर्ण नितीको निर्माण गरेर व्यवहारमा नै भेदनीति लागु गर्ने हिन्दुवादको जरा लामो समयसम्म बाँच्न सक्दैन र सदाका लागि जरा उखेलिनेछ । के लाग्छ स्वस्थानी ब्रत कथामा ८० वर्षको वृद्ध र ७ वर्षे बालिकाको विवाह समाजमा राम्रो सन्देश देला त ? के यस्तै कथाले बाल विवाह देखि लिएर एउटा बालिकालाई बलात्कार गर्न कुनै पुरूषलाई प्रसय दिन्न भन्न सकिन्छ त ? यस्ता कथाहरूले केवल नारीहरूलाई आफ्नो व्यक्तित्व विकास गर्न विविध पक्षहरूबाट वञ्चित गरेर केवल सन्तान उत्पादन गर्ने उपकरण र चुलो चौकामा सिमित राख्ने खालको विचारलाई प्रशय दिएको हन्ु छ । त्यसैगरी त्यस्ता थुप्रै हिन्दु ग्रन्थहरू छन् जहाँ नारीहरूलाई दमन गरिराखिने संस्कारलाई प्राथमिकता दिइएको पाइन्छ । नेपालमा नारी सशक्तिकरण सम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गरेपनि, कयौँ कार्यक्रमहरूको आयोजना गरिएतापनि र अनेकौँ नियम, कानुनहरूको निर्माण भएतापनि समाजमा व्यवहारिक रूपमा लागु भएको पाइदैन किनकि शताब्दीऔँदेखि जरा गाडेर बसेको हिन्दुवाद र बाहुनवादको संस्कारले मानिसहरू अत्यन्तै ग्रसित छन् । हिन्दु अनुसार सृष्टिकर्ता मानिने ब्रह्माले आफ्नै छोरीलाई बलात्कार गरेर स्वास्नी बनाएर पुज्न सिकाएको कुरा सम्पुर्णलाई अवगत भएकै कुरा हो । यसरी हिन्दुवादमा त्यस्तो संस्कार छ जहाँ मान्छेलाई मुत ढुङ्गालाई दुध खुवाइन्छ । यहाँ एउटी नारी घरकी आमालाई वृद्ध आश्रममा लगेर फ्याँकिन्छ तर हिन्दुहरूको आमा भनरे गाईलाई पुज्ने गर्दछ । यहाँबाट घाम जत्तिकै छर्लङ्ग हुन्छ कि जबसम्म नेपालमा हिन्दुवादी र मनुवादी शिक्षाले प्राथमिकता पाउने गर्दछ, मानव भएरै पनि यो देशका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल र नारीहरू पशुकै दर्जामा रहनेछन् ।

राष्ट्रको प्रमुख पदमा नारी नै हुँदा पनि देशमा नारी हिंसा, हत्या र बलात्कार जस्ता दुष्कर्महरू नत हटे नत ती कार्यहरू विरूद्ध निर्माण भएका निती तथा नियमहरू नै कार्यन्वयन नै भएर अपराधीहरू कारबाहीमा परेका छन् । यसरी अपराधीहरूलाई कारबाही नभएकै कारण उनीहरू यस्ता गति विधिमा झन् सक्रिय भएको देखिन्छ । यो देशमा असली लोकतन्त्र संस्थागत नभएको कारणले पनि समानता, स्वतन्त्रता र भातृत्वको स्थापना हनु सकेको छैन र ‘नारी र पुरूषबीचमा समानता’ नारामा मात्रै छ । यसको लागि यो देशका क, ख, ग इत्यादि जेजे नाम गरेका राजनैतिक दलहरू तथा अन्य संस्थाहरू भएतापनि कुनै खालको परिवर्तन र कार्यन्वयन हुन सक्दैन । किन भने यो देशमा असली लोकतन्त्रको हिमायती भनेको मंगोल नेशनल अर्गनाइजेशन मात्रै हो र अन्य सबै दलहरू कोही लोकतन्त्र बचाएजस्तै र कोही लोकतन्त्र खत्तम पार्न लागि पार्न कसिने नाटक गर्ने मात्रै हुन् । ती बाहनु टाउकामा भएका सबै पार्टीहरू कदापि लोकतन्त्रको असली पक्षधर हुनै सक्दैनन् । उनीहरू केवल खोक्रोे राष्ट्रवादको नारा लगाएर लोकतन्त्रलाई सिध्याउन लागि पर्ने झुण्डहरू हुन् । तर मंगोल नेशनल अर्गनाइजेशनले यो देशका समस्त नागरिकहरूको समान हक, अधिकार र अस्तित्वको लागि वैचारिक लडाई लड्दै आएको छ । मंगोल नेशनल अर्गनाइजेशनले हिन्दुवाद र बाहुनवादलाई समाजबाट निर्मुल पारेर नारी र पुरूष दुवैलाई समान रूपमा राजनैतिक हिसाबले चेतनशील बनाई अगाडि बढाउँदछ । तसर्थ परम्परागत हिन्दुवादी, रूढीवादी सोँचलाई मस्तिष्कबाट हटाएर नारीहरूलाई संवेगात्मक, शारीरिक, आर्थिक, शैक्षिक रूपमा सबल बनाउनको लागि खोक्रो भाषण हैन व्यवहारमा नै समानताको सिद्धान्त लागु गर्नुपर्छ नत्र भने नेपालमा नारी दिवस भनरे हर्ष उल्लास मनाउनुको कुनै औचित्य नै छैन जबकि नारी र पुरूष बीच अझै समाजले आकाश र पातालको भिन्नता गरिनै राख्दछ ।

नारी वास्तवमा कमजोर हैन, नारीलाई कमजोर दख्ने रूढीवादी समाजले गर्दा कयौँ नारीले आफुलाई साँच्चि नै असक्षम र कमजोर ठान्ने गर्छन् र सँधै पुरूष प्रधान समाजमा एउटा निश्चित दायरा भित्र नै बस्न बाध्य छन् । प्राकृतिक रूपमा हुने रजस्वालालाई लिएर पनि यहाँ नारीलाई अछुत बनाएर छाउपडी राख्ने चलनले कति नारीहरू कोही बलात्कारीत कोही जंगली जनावरहरूको सिकार भएरअकालमा नै ज्यान गुमाउन बाध्य छन् । यो सबै हिन्दुवादी परम्पराको पराकाष्ठा हो किनभने हिन्दुवादअनुसार नै रजस्वाला भएकी नारीले पुजाआजा हुँदा भान्सा, चुलामा र पुजाआजामा छोइछितो नचल्ने चलन छ । यसकारण नारीलाई दुर्बल होइन पुरूष समान सक्षम र सबल ठानौँ । नारी र पुरूषलाई एउटै तराजुमा राखेर हेरौँ किनभने नारी र पुरूष एक रथका दुई पांग्रा हुन् । देश विकास र आमुल परिवर्तनको लागि नारी र पुरूषको बराबर भूमिका हनुपर्छ । यसकारण नारी सशक्तिकरणप्रति ध्यान पुर्याऔँ र आजैबाट नारी, पुरूष बराबरी भन्ने कथनलाई व्यवहारमा उतारौँ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्