शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

न्याउरी र गोमन

Buddha Lal Meche (President-MNO) | 15 मार्च 2019

न्याउरी र गोमन

 

सही (ठीक) बाटोमा हिँड्नका लागि शुद्ध र सकारात्मक बिचारको खुराक दिमागलाई खुवाउनु पर्दछ। अशुद्ध र नकारात्मक बिचारको खुराक दिमागमा पर्यो भने आफु लगायत परिवार-समाज र राष्ट्र नै भड्खालोमा जाकिएको कुरा थाहा हुँदैन। हामीले न्याउरी मुसाले गोमन सर्पलाई सजिलै प्रकारले दुई ठुन्का पारिदिन सक्छ भन्ने कुरा सुनेका छौं र देखेका पनि छौं। तर गोमन सर्पलाई ठुन्काउन न्याउरी मुसा कसरी तयार हुन्छ र लडाईं कसरी जित्छ? भन्ने बिषयमा बुझ्न र गहिराईमा पुग्न चाहदैनौं। वास्तविकता यस्तो छ, जब न्याउरी र गोमन बीच निर्णायक युद्ध भइरहेको हुन्छ, त्यसबेला गोमनले न्याउरी माथी बिष प्रहार गर्छ, बिषले भेटे पछि न्याउरी घाइते हुन पुग्छ। घाइते भएपछि न्याउरी कुदेर जंगलमा जडिबुटी (नाग-मिट्टी) सुंघ्न पुग्छ। जडीबुटी सुंघेर शरीरमा पुन:इनर्जी आएपछि न्याउरी गोमनसँग लड्न जान्छ। गोमनले फेरी बिष प्रहार गर्छ त्यसपटक पनि न्याउरी घाइते हुन्छ। न्याउरी जडीबुटी सुंघ्न फेरी जंगल कुद्छ, शरीरमा इनर्जी लिएर पुन: लड्न जान्छ। एवमरीतले पटक-पटक घाइते हुन्छ, गोमनको बीष नरितिन्जेल सम्म जडीबुटी सुंघ्न र इनर्जी लिन न्याउरी जंगल कुदी रहन्छ। जब गोमनको बीष सिद्धिन्छ तब मात्र गोमनलाइ न्याउरीले दुई टुक्रा पार्न सक्दछ। न्याउरीले गोमनलाई जित्नका लागि यतिका संघर्ष गर्नु परेको हुन्छ भने हामी नेपालका मुलवासी मंगोलहरुले त झन गोमन भन्दा बिषालु जहरिला (एनाकोण्डा) हिन्दुवादसँग लड्नु परेको छ। जस्ले हिन्दुवादको बिरोध गर्छ, जस्ले भ्रष्टाचारको बिरोध गर्छ,जस्ले कालो बजारीको बिरोध गर्छ उ सोझै (एनाकोण्डा) हिन्दुवादको फनामा बेरिन् पुग्छन्। यसकारण नेपालका प्राय जसो मुलवासी मंगोलहरु हिन्दुवाद स्वीकारेर जागिर खानलाई मात्र लक्ष्य बनाएर हिड्छन तर अधिकार सम्पन्न हुने, मालिक बन्ने र अस्तित्वमा बांच्नु पर्छ भन्ने कुरामा आंट गर्दैनन र जोखिम मोल्न तयार हुंदैनन। आफना सम्पुर्ण जीवनलाई जागिर खानकै लागि मात्र हो भन्ठान्ने हो भने त हिन्दुवाद दर्शन बुझेर हिन्दुवादी संघ संगठन र दलमा आबद्द भए काफी हुन्छ। तर आफनो देशमा जागिर खानलाई होइन आफैं मालिक बन्नलाई, अधिकार सम्पन्न हुनलाई र अस्तित्व प्राप्त गर्नलाई हिडेको हो भने हामीले न्याउरीले जस्तै इनर्जी आउने र लड्न सक्ने बौद्धिक खुराक मंगोल राष्ट्रवादको दर्शन खानु पर्ने हुन्छ। यसको निम्ति एमएनओका हरेक कार्यक्रमहरुमा, बैठक, सेमिनार गोष्ठीमा र प्रशिक्षण कार्यक्रममा अनिवार्य भाग लिनु आवश्यक छ। एमएनओ संस्थापक युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले लेख्नु भएका जति पनि पर्चा र पुस्तकहरु छन् पढ्न छुट्याउनु हुँदैन, उहाँले भाषणमा बोल्नु भएको युगान्तकारी कुरा, बिभिन्न इन्टरभ्युमा भन्नु भएको कुरा सुनेर मनन गर्न सक्नु पर्छ। हिन्दुवादसँग लड्न सक्ने यी बौद्धिक खुराकहरु बैचारिक क्रान्तिका हतियार हुन यसकारण यो हतियारलाई हामीले दिनहुँ जसो धार लगाइ रहनु पर्दछ। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्