शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नव शिशु जन्मेको, थाहा पाउने बित्तिकै !

Mita Moktan | 12 मे 2019

नव शिशु जन्मेको, थाहा पाउने बित्तिकै !

नव शिशु जन्मेको, थाहा पाउने बित्तिकै !

आइपुग्छन बाजे बाहुन मंगोलहरुको घरमा टुपलुक्कै !

चिनाको विज्ञापन गर्दै !

हाते चिना बनाउने होकि ?

कम्प्युटर चिना बनाउने हो कि ?

भन्दै, ङिच्च दाँत देखाउदै,

मङ्गला, पिङ्गला धान्य, भ्रामरी

भद्रीका, उल्का, सिध्दि सङ्ग्कटा को

बेकामे सुत्र बताउदै,

घडी पला नक्षत्र नाना भाती देखाउदै,

सौर्य मण्डलका ग्रह उपग्रहलाई गन्दै !

आठौ बाह्रौं ग्रहहरुको स्थान देखाउँदै,

ग्रह शान्तिका जप विधि भन्दै !

नव शिशु बाचुन्जेल तक लुट्ने षड्यन्त्र गर्दै !

नव शिशु जन्मेको, थाहा पाउने बित्तिकै !

आइपुग्छन, बाजे बाहुन मंगोलको घरमा टुपलुक्कै !

ज्युजु बाजेको पालादेखी,

यिनले भनेको कहाँ पुग्या छ र ?

यो देशको राजा, प्रधानमन्त्री

हाम्रो मंगोल कहाँ बन्या छ र ?

प्रधान सेनापती, हाकिम, डाक्टर, इन्जिनियर

मुलुकको उच्च पदमा कहाँ पुग्या छ र ?

हाम्रैहरु विद्वान र वैज्ञानिक

भए पनि स्थान कहाँ पाएको छ र ?

 

मिता मोक्तान

मेघालय, भारत

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्