शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नयाँ नेपालमा वाचडग पत्रकार

Budda Lal Meche | 17 मार्च 2020

नयाँ नेपालमा वाचडग पत्रकार

एकताका युगपुरुष अमर डा.गोपाल गुरुङ ज्यु कागजात प्रमाणहरुको एक  पोका लिएर मेरो झुप्रोमा आएर  देखाउंदै सम्भालेर राख भनेर त्यो पोका मलाई दिनु भयो । र भन्नु भयो, मेरो जिन्दगी भरीको कमाई यही भित्र छ । जसको निम्ति मैले जेलनेल सहनु पर्यो, भुमिगत भइ भागेर जिवन बिताउनु पर्यो, अनेकौं भुक्तमान सहनु प¥यो, धाकधम्की सहनु प¥यो, सर्वस्वहरण हुनु प¥यो । यो घटना २०६४ साल असोज महिना तिरको हो । जुन समय नेपालमा संविधान निर्माणको निमित्त संविधान सभाको चुनाव मंसिर ६ गते सम्पन्न हुने कुरा घोषणा भएको थियो । त्यो संविधान सभाको चुनावमा एमएनओलाई निर्वाचन आयोगले दलदर्ता नदिएको हुनाले चुनावमा भाग लिन नपाउने भएको थियो । तोकिएको मितिमा संविधानसभाको चुनाव नभएर चैत २८ मा सरिसके पछि भने २०६४ साल माघ १५ गतेका दिन निर्वाचन आयोगले एमएनओलाई दर्ता दिन कर लाग्यो र एमएनओले संविधान सभाको चुनावमा भाग लिन पायो । उहाँले मलाई राख्न दिनु भएको पोका भित्र के थियो ? एकवर्ष जति खोलेर हेरिन, बडो जतनसंग कुम्ल्याएर राखें । त्यो पोका मलाई तेसै राख्नु दिनु भएको त होइन होला ! यो भित्र पक्कै केही न केही रहस्य लुकेको छ भनेर मलाई सोच्न बाध्य पार्यो । म सानो छँदा खेरी एउटा कथा सुनेको थिएँ । त्यो कथाको याद आयो । कथामा एउटा बाबुको ती जना छोराहरु थिए । तीनै जना छोराहरुले बिहे गरिसकेपछि बाबुले आफ्नो जिउनी भाग राखेर सबै छोराहरुलाई बराबरी अंशवण्डा गरिदिए । बाबुको जीउनी अंश पाउने आशा र लोभमा तीनै जना छोराहरु बीच बाबुलाई आफू संगै राख्ने कुरामा होडबाजी चल्न थाल्यो । बाबुलाई निर्णय दिन गाह्रो पर्यो । जेठा छोराकोमा बस्दा अरु छोरा रिसाउने । कान्छा छोराकोमा बस्दा जेठा, माहिला रिसाउने । बाबु कुनै छोराको चित्त दुखाउने पक्षमा थिएनन् । सबै छोराहरुलाई चित्त बुझाएर बस्न चाहन्थे । यसकारण बाबु यस समस्याको समाधान के कसरी हुन्छ, उपायको खोजीमा थिए । छोराहरुको खिचातानीले गर्दा आफ्नो शेषपछि घर–परिवारको इज्जत, मानसम्मान, संस्कार र संस्कृति सबै नष्ट भएर जाने परिस्थिति देखे । यस गम्भिर परिस्थितिको उपायको निम्ति बाबुले तीनै जना छोराहरुलाई बोलाएर एक–एक वटा मक्कैको घोघा दिंदै भने म एकबर्षको लागि तीर्थ यात्रामा जाँदैछु, म नआइपुगुञ्जेल सम्ममा जुन छोराले यो मक्कैको घोगा जस्ताको तस्तै राख्न सक्छ म त्यही छोरासंग बस्छु । त्यो कुरा सुनेर छोराहरु आ–आफ्नो भाग मक्कैको घोघा बोकेर खुसी हुँदै घर फर्के । जेठा र कान्छाले चाँही मक्कैको घोगालाई कपडाले मोडेर जतनसंगले बाकसमा लुकाएर राखेछन् । बाबुको कुरामा केही न केही रहस्य छ भनेर माहिला छोरा एक रातभरी घोरिएछ । त्यसपछि हत्त न पत्त उठेर खेतबारी खन्न थालेछ । त्यसपछि मक्कैको घोघा छड्याएर खेतबारीमा रोप्न थालेछ । बाबु आइपुग्ने बेलामा रोपेको मक्कै पनि पाक्यो । पाकेको एक घोघा मक्कै बाबुलाई देखाउनलाई छुट्याएर पनि राखेछन् । बाबु आइसकेपछि सबै छोराहरुलाई बोलाएर मक्कैको घोघा देखाउ भनेछन् । जेठा र कान्छाले हत्तपत्त निकाले देखाउँदा घुनले सबै मक्कै खाइसकेको थिएछ । माहिला छोराको भने जस्ताको तस्तै मक्कैको घोगा देखेपछि यसले मात्र यो कुलघरानाको इज्जत, मान सम्मान राख्न सक्छ भनेर माहिला छोरासंगै बाबु बस्न थालेछन् । यो कथाको सम्झनाले मलाई पोका खोतल्नै पर्ने बनायो र यथार्थ रहस्यमय कुरा सिकायो । जुन कुरा सबैले बुझ्न र जान्न आवश्यक छ । र यी नै  यथार्थ कुराहरुलाई रिसर्च सेन्टर बनाएर राखिनु पर्ने युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युको सपना रहेकाले आज प्रारम्भिक  चरणको मंगोल रिसर्च सेन्टर निर्माण कार्य सम्पन्न भएर सुरक्षित राख्न सफल भएका छौं । मंगोल रिसर्च सेन्टरले डा.गोपाल गुरुङ जस्तै निर्भिक, साहसी र दुरदर्शी मंगोल नेता उत्पादन गर्ने छन भने, मंगोल भिजन पत्रिकाले डा.गुरुङ जस्तै सुंगेर पत्ता लगाउने साहसी पत्रकार जन्माउने कुरामा ढुक्क हुन सक्छौं ।
मंगोल रिसर्च सेन्टर निर्माण गर्नुको मुख्य कारणहरु
१) डा.गोपाल गुरुङ जस्तै आंटी, साहसी, त्यागी, स्पष्ट भिजन भएका र दुरदर्शी लोकतन्त्रवादी नेताहरु तयार पार्नु हो ।
२) लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयतालाई संस्थागत गर्न, खबरदारी गर्न र मजबूत बनाउनुलाई हो ।
३) लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयताका लागि कुटनैतिक र रणनीतिक तवरले लड्नु भएको यथेष्ट प्रमाणहरुलाई सुरक्षित राखेर आउँदो भावीपिंडीहरुलाई रिसर्चका लागि सहज बनाउनु लाई हो ।
४) बहुमुखी प्रतिभाका धनी डा.गुरुङका बिभिन्न विधाहरु मध्ये साहित्य विधाहरुमा बरिष्ट कथाकार, वरिष्ठ कवि, वरिष्ठ उपन्यासकार, बरिष्ठ पत्रकार र राजनीतिग्य सम्बन्धी कागजात सुरक्षित राखेर संबन्धित विषयका विधार्थीहरुका लागि सजिलो र सहज वातावरण तयार बनाउनु हो ।
५) नेपाल नबन्नुको कारण राजनीतिक दलको काम देश बनाउने नीति बोकेर जनतालाई जागरुक बनाउने, चेतनशील बनाउने, जिम्मेवारी बोध गराउने हो ।
देश हांक्ने नेपालका राजनीतिक दलहरू प्राय बाहुनक्षेत्रीहरुको कब्जामा छ र ती बाहुनक्षेत्री र उनीहरुले हांकेका राजनीतिक दलहरुको नीति देश बनाउने किसिमको नभएर लुटेरा नीति छ र त्यही नीति अवलम्बन गर्ने गरेका छन् । लुटेरा नीति भनेको बाहुनलाई लुट मच्चाउन दिने नीति हो । यसकारण मंगोल रिसर्च सेन्टर भवन निर्माण  कार्यले लुटेरा नीति लिने, धुत्ने मात्र होइन दिने बानी बसाल्नुलाई पनि हो । सही ठाउँमा दिंदा कहिल्यै खेर जाँदैन । इनारको पानी झिक्दैमा रित्तो हुँदैन । जसरी शिशिर ऋतुमा बोट बिरुवाको पतझर भएर उदेक लाग्दो उजार रुप धारण गर्छन र बसन्त ऋतुसंगै पालुवा पलाएर फेरि हरियाली शुरु हुन्छ । त्यस्तै गरी देश बनाउने सम्बन्ध संग जोडिएको भरपर्दो कुटनैतिक हतियार भनेको सञ्चार माध्यम हो । यो मुलुक लोकतन्त्र–धर्मनिरपेक्ष–प्रान्तीयताको मुलुक हुनुपर्छ भनेर यी ३ वटा माग र मुद्दालाई लिएर युगपुरुष अमर डा.गोपाल गुरुङ ज्युले सन् १९७२ देखि लड्दै, लेख्दै र बोल्दै आउनु भएको थियो । यसको निम्ति उहाँले आफ्नै प्रकाशन र सम्पादनमा कुटनैतिक हतियारको रुपमा २०२७ सालदेखी खस भाषामा छापिने न्युलाइट पत्रिका संचालनमा ल्याउनु भयो । तीनै खस भाषामा छापिने न्युलाइट पत्रिकालाई अंग्रेजी भाषामा छाप्नुको निमित्त तत्कालिन पञ्चायती राजाको सरकारलाई दरखास्त लेखेर अनुमति माग्नु भयो तर अंग्रेजी भाषामा न्युलाइट पत्रिका संचालनको निम्ति दर्ता र अनुमति भने पाउनु भएन । त्यसपछि २०४० सालदेखी अंग्रेजी भाषामा थण्डरबोल्ट नामक साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशन गर्नु भयो । यो देश बन्न नसक्नुको प्रमुख कारण साहसी पत्रकारहरु तयार नभएर पनि हो । सरकारले गरेका गल्ती र कमीकमजोरीमा सरकारलाई सोध्नु पर्नेमा उल्टो सरकारको कम्जोरीलाई ढाकछोप गरेर कम्जोर बिपक्षीसंग मात्र प्रश्न गर्ने गर्छन् । यसो हुनुमा पत्रकारहरु सेतोलाई सेतो कालोलाई कालो भन्न नसक्ने डरछेरुवा पत्रकार भएरै हो ।  सरकारको चौथो अंग पत्रकार Watchdogs हुनु पर्दछ । Watchdogs भनेको कुकुरले जस्तो सुंघेर पत्ता लगाउने हुनु पर्छ । सरकारसंग डराउने नभएर सरकारलाई ठारो प्रश्न सोधेर जवाफदेही बनाउन सक्ने हुनु पर्दछ । भ्रष्टाचार, बेभिचार, काला तस्करी, देशको हित विपरीत सन्धी, सम्झौता, शिक्षा, स्वास्थ्य, रोजगार, मानव अधिकार, हत्या हिंसा जस्ता कुरामा  कलम चलाएर न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका अंगहरूलाई पनि सजग र सतर्क भइ चलायमान हुन बाध्य बनाउने पत्रकार तयार हुनु आवश्यक छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्