शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

Online Ofline

खड्क गुरुङ मंगोल | 24 अक्टोबर 2020

Online Ofline

Online / Offline

पहिले पहिले Online देख्दा ज्यादै खुशी हुन्थें, 
पहिले पहिले Online देख्दा ज्यादै खुशी हुन्थें, 

अहिले ठ्याक्कै उल्टो छ, पुरै ३६ को आँकडा,
Online देखे, दु:ख लाग्छ, Offline देखे खुशी,
किनकि....
किनकि, तिमीले बाटो फेरेको छौ, मैले पनि फेरेको छु,

हामी दुवैको निर्णय त उस्तै उस्तै लाग्छ ,
हामी दुवैको निर्णय त उस्तै उस्तै लाग्छ ,

तर... धेरै फरक छ साथी,
तिमी म आदिवासी हुँ भन्छौ,
म मुलवासी मंगोल हुँ भन्छु,
तिमीले दशैं हाम्रै हो भन्छौ,
मैले हैन हाम्रो कालो दिन हो भन्छु,
तिमीले हैन हैन, हामीले जितेको दिन हो भन्छौ,
म भन्छु कहाँ जित्यो? कहिले जित्यो? कसलाई जित्यो?
तिमी भन्छौ....
दुर्गा भन्ने आईमाईले एउटा राक्षसलाई जितेको रे,
म भन्छु....
ती दुर्गा भन्ने आईमाई न मेरो आमा पट्टिको, न बाउ पट्टिको,

बरु...

मलाई यत्ति मात्रै थाहा छ, 
मुलवासी मंगोलको राजाहरुलाई ,
छल कपटी गरेर गिँडेको दिन, हाम्रो कालो दिन,
हाम्रा खुशीहरु लुटिएको दिन,
हाम्रो , अस्तित्व लुटेर जलाइदिएको दिन,
हामीले हारेको दिन, उनले जितेको दिन, 
हर्ष उल्लास, जित्नेले मनाउने हो ,

तर....

बिचरा मेरो साथी ,
आफैं हारेको दिनलाई जितेको भन्दैछ,
आफ्नै पुर्खालाई , काल्पनिक राक्षस भन्दैछ,
हाँसी हाँसी, खुशी हुँदै, रमाउँदै जीत मनाउँदैछ,

हुनत तिमीले नि त्यै पढ्यौ, मैले नि त्यै पढेँ, 
गलत शिक्षा पढाए, गलत नै पढियो,
पापी त गलत ईतिहास लेख्नेहरु हुन, 
अपराधी त "दशा" लाई "दशैं" भनेर झुक्याउनेहरु हुन,
वास्तविक ईतिहास कहिले बुझ्छौ साथी,
इत्तिहास देखि नै ठूलो अन्याय भएको छ मुलवासी माथी,

म भन्छु ब्युँझ, तिमी हिरा हौ, आफ्नो मुल्य खोज,
तर तिमि जिद्दी गर्छौ, भन्छौ, म त दर्शन ढुंगा हुँ, 
सिर्फ दर्शन ढुंगा ,
तिमी र म मा यहि फरक छ साथी,
तिमी र म मा यहि फरक छ साथी,
तिमीलाई टाईल, मार्बल बनाउँछन, खुट्टाले टेक्छ्न,
तर मलाई चम्काई चम्काई ,
मायाको उपहार स्वरुप, हातमा औँठी,
अनि घाँटीमा हार बनाएर लाउँछन,

यहि फरक छ साथी
हाम्रो पहिलेको Online 
अनि अहिलेको  Offline

 धन्यवाद , जै मंगोल !!!

खड्क गुरुङ मंगोल ।
हाल :- मकाउ चीन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्