बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पिन्जडाकी परि

Gyalzen Dorje Tamang | 21 फेब्रुअरी 2020

पिन्जडाकी परि

स्वतन्त्र अकाशमुनी पिन्जडाकि परि !

लाउदै फुलि, नथी र बुलाकि !

गलामा दाम्लोझै पोते !

हातमा हतकडिझै चुरा !

हिडने पाउमा पाउजु !

सुन्ने कानमा जुम्का रिङ्ग ।।

सुन,चादी हिरा र मोति !

निधारमा दासताको सिन्दुर पोति !

चौरासी ब्यण्जन श्रृङ्गारमा सजि !

जन्जिरभित्र छटफटाइरहेकी छिन !

रुप र बैशको उन्मादले उम्लि !

रित्तो छन धितो छन बैँस र जवानी !

के अर्थ भो र त्यो श्रृङ्गारको ?

के अर्थ भो र त्यो जबानिको ?

तर कस्तो बिबस्ता !

यो विश्व सर्लक्कै सामन्ति पुरुषहरुले निलिसकेछ !

नारी त सधैं ती सामन्तीको गर्भमै तुहिरहेछ !

पुजीवादीहरुको साम्राज्यमा कठपुतली बनिरहेछ !

बजारमा बेच्ने ती बस्तुहरुभन्दा मुल्यहिन भएर !

बच्चा जन्माउने मेसिन बनेर !

गोठ,चुलोचौकामा सिमित भएर !

चलचित्रको पर्दामा क्यामराको कैदी बनेर !

सङ्गितको धुनहरुमा रैती बनेर !

यसमा न त तिम्रो दोष न त मेरो !

के अर्थ भो र त्यो सन्तानको ?

के अर्थ भो र त्यो धनको !

ए नारी ! अब त तिमिले !

तिमिसङ्गै सन्ततिको अस्तित्व खोज्नु छ !

हर क्षेत्रमा नारीको 50% हिस्सा खोज्नुछ !

ग्वाटेमालाकी रेगोबेर्टा मेन्चुले जस्तै,!

अब्यक्त वेदना पोख्ने तसलिमा नसरिनले जस्तै !

असत्यको जरो उखेल्ने बेनजिर भुटोले जस्तै !

अन्तरीक्षयात्री भेलेन्टिना टेरेस्कोभाले जस्तै !

अन्वेषक म्याड्म क्युरिले जस्तै !

बक्सर म्यारी कोमले जस्तै !

टेनिस खेलाडी सेरेना विलियमसले जस्तै !

कलमद्वारा आत्म बोल्ने पारिजातले जस्तै !

स्वर सम्राग्यी अरुणा लामाले जस्तै !

तब पो हटछ लैङ्गिक विभेद त्यो !

अनि पो हटछ वर्ण विभेद त्यो !

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्