बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रचार प्रसार र राजनीति युद्ध

Buddha Lal Meche (President-MNO) | 20 मार्च 2019

प्रचार प्रसार र राजनीति युद्ध

 

राजनीतिमा अरु माथी आफ्ना वाद लादेर स्वार्थ पुरा गर्नु, संधैभरी सत्तामा लिप्सिरहन प्रयोग गरिने राजनीतिक हतियारहरु मध्ये (प्रचार-प्रसार र राजनीति युद्द)लाइ महत्वपुर्ण मानिन्छ।

 

(1) प्रचार-प्रसार =अहिले एमएनओ माथी 20 प्रतिसत हिन्दु आर्यहरुले प्रयोग गरेको अर्थात अपनाएको हतियार भनेको यहि (प्रचार-प्रसार र राजनीतिक युद्द)को नियम हो। पियनदेखी मन्त्रालय सम्म, सेना , प्रहरी प्रशासन र सबै मिडियाहरु बाहुनक्षेत्रीले एकलौटी रुपमा ओगटेको हुनाले एमएनओको बिरुद्धमा भ्रम फैलाउन। उनीहरुलाई सजिलो पनि भएको छ। दिनरात हिन्दु आर्यहरुको गुनगान, बढाइ-चढाइ मात्र गरिन्छ भने,एमएनओको बिरोधमा काल्पनिक डेबिट तामाङ जस्ता काल्पनिक पात्र सृजना गरेर स्रीनिवास आचार्य जस्ता पाखण्डीलाई आफुले आफैलाई गोली हान्न लगाएर, अगाडी सारेर एमएनओ प्रति घृणा फैलाउने काममा यिनै बाहुनवादी मिडियाहरु जुटेका हुन्छन्। भरखरै एमएनओको 5औं राष्ट्रिय महाधिवेसन भब्यरुपले हजारौंको संख्यामा सम्पन्न भयो तर यी बाहुनवादी मिडियाहरुले एक शब्द पनि लेख्न र बोल्न चाहेनन्। यसबाट पनि बाहुनक्षेत्रीहरुको हामी प्रतिको दुष्ट्याईं र नियत के रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ। एकातिर एमएनओको माग र मुद्दा लोकतन्त्र -धर्मनिरपेक्ष -प्रान्तियता स्वीकारेको जस्तो पनि गर्छन् अर्को तर्फ आफनै पक्षमा र ढाँचामा -अपब्याख्या गरेर एमएनओलाइ तटस्थ पार्ने काम प्रचार-प्रसारको माध्यमबाट गरेका छन्। धर्मनिरपेक्षको अपब्याख्या यसैको कलुषित परिणाम हो।

 

( 2) राजनीतिक युद्द =20 प्रतिसत हिन्दुआर्य शासकहरुले एमएनओलाइ प्रमुख शत्रु र काउसो देखेपछि एमएनओलाइ कम्जोर पार्नका लागि यसबेला यहि अस्त्रको नियम प्रयोग गरेका छन्।मुलुकमा महंगी,भ्रष्टचार,ब्यभिचार,बलात्कार,हत्या हिंसा, राज्य आतंक, बिकासमा ठप्प र कर बृद्दि यहांका मुलवासी मंगोलहरुलाइ कम्जोर पार्ने अभिप्रायले ल्याएको हो। सरकारले सहयोग, सुबिधा ,अनुदान र बैंकहरुले रिन लगानी पैसाको आवश्यक्तानै नपरेका पुंजीपति, धनाढ्यहरुलाइ बांडिरहेका हुन्छन भने जसलाई पैसाको आवश्यक्ता छ गरिब, निमुखा, स्रमजिवी, मजदुर, किसानहरुलाइ आंखामा छारो हाल्नेकाम गरेर सास्ती दिने मात्र गरेको छ। उनीहरूका निमित्त एमएनओ काउसो भएकै कारणले एमएनओलाइ दिग्भ्रमित र विभाजित भएको प्रचार गर्न एमएनओको भलो नचाहने मंगोल अनुहारकै लोभी, पाखण्डीहरुलाई उक्साएर अर्हाउंछ र बिथोल्न संघाउंछन्। प्रमुख शत्रुलाइ नष्ट गर्न उक्साउनु र दल या संगठनका प्रमुख नेताहरुलाइ भेदनीति प्रयोग गरेर धाकधम्की र सफाया गराएर आफ्नाबाटो बाट हटाउनु र कार्यकर्ताहरुको मनोबल गिराउनु जस्ता उपायहरु राजनीतिक युद्द नियम अन्तर्गत पर्दछन्। अहिले एमएनओ माथी यही राजनीतिक युद्दको नियम बाहुनक्षेत्रीले प्रयोग गरेका छन्। एमएनओ प्रति अन्तराष्ट्रिय जगतको धारणा स्पष्ट भएको कारणले केही सीप नचलेर र दाल नगलेर मात्रै एमएनओ बच्न र अघि बढ्न सफल भएको छ। अब एमएनओ प्रति बाहुनक्षेत्रीले प्रयोग गर्ने हतियार अन्तिम एउटा बांकी (बलपुर्बक दबाउने) रहेको छ। यो हतियार प्रयोग हुंदा कि वार कि पारको स्थिती आउन सक्छ। यो परिस्थिति मुलुकमा आयो भने अन्तराष्ट्रिय जगतमा समेत उथुल पुथुल हुनु पुग्छ। तेतिबेला निर्णायक मत नै जनता जनार्दन भएकाले त्यो स्टेजमा जनता लोकतन्त्रवादी छन् या छैनन्। जनता जुन पक्षमा उभिन्छ, तेही पक्षको अन्तिम जित हुन्छ। ज्ञात रहोस् अहिले एमएनओ र एमएनओ नेतृत्वहरु माथी प्रयोग भइरहेको अन्तिम हतियार बलपुर्ण हतियार हो। सबै लोकतन्त्र प्रेमी र लोकतन्त्र पक्षधरहरुमा चेतना रहोस्। जै मंगोल।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्