शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पृथ्वीनारायण शाहले भन्दा धेरै नाक काटे खसआर्यहरुले

दिपक मंगाेल | 6 फेब्रुअरी 2020

पृथ्वीनारायण शाहले भन्दा धेरै नाक काटे खसआर्यहरुले

कान्डै कान्डले विश्वसामु नेपाल कान्डहरुको मुलुक भनेर चिनिने बेला भैसक्यो, वाईडबडी कान्ड, सुनकान्द, सभामुख कान्ड, फोरजी कान्ड, एनसेल कान्ड, बलत्कार कान्ड, हत्याकान्ड, यता कान्ड उता कान्ड जताततै कान्डै कान्ड।
नेपालमा भूमाफियाको चलखेल कति सम्म छ भन्ने कुरा हिजो आज प्रष्टै देख्न सकिन्छ, ललिता निवास काण्ड तथा बालुवातार कान्ड।
सरकारले भुमाफिया दलालहरुलाई केही कारवाही गर्ने कडम चालेको छ तर पहिलो गाँसमै ढुङ्गा लाग्यो,  विशेष अदालतको एक नजिरको कारण। कानुनले ठुलो सानो भन्दैन जातभात छुट्याउदैन भन्ने कुरा सत्य हो, तर यो कुरा ठ्याक्कै उल्टो लागु भएको छ, जातभात ठुलो सानो मात्र होईन सत्ता पक्ष र प्रतिपक्ष पनि चिन्दो रहेछ, नजिक र पराईको नाता पनि मेसो पाउँदो रहेछ।
१७ धार्नी नाक कान काट्ने पृथ्वीनारायण शाहले हिन्दी भाषामा भनेका थिए घुस लिन्या र दिन्या दुवै देशका सत्रु हुन्, कम्तीमा पृथ्वीनारायण शाहले युद्ध अपराध गरेपनि भनेको हो नी, घुस लिने र दिने दुवैलाई कानुनी दायरामा ल्याउनु पर्छ,

तर विशेष अदालतको कानुनले त्यसो भनेन किनकी अपराधमा सामेल गराउनेलाई कारवाही र अपराधमा सामेल हुनेलाई उन्मुक्तीको फैसला गर्दै नयाँ विभेदकारी नजिर बसालेको छ, नेपालको कानुनको ईतिहासमा यो नजिर श्रीप विल्ला सावित हुनेछ र कानुनी राज्यको धज्जीया उदाउने छ। नैतिक हिसावले विश्वको सामु नेपालीहरुको नाक काटियो जसलाई धार्नी र किलोमा पनि मापन गर्न सम्भव नै छैन। यदी चोरले चोरेको सामान फिर्ता गर्दा कानुनी छुट पाउने, विष्णु पौडेल र कुमार रेग्मीले जग्गा फिर्ता गर्छु भन्दा उन्मुक्ती पाउने हो भने महरा ज्यूले उन्मुक्ती पाउनु के फिर्ता गर्ने श्रीमान्?


भनिन्छ कानुन कसैलाई छुट हुदैन, कानुन बुझेको छैन वा पढेको छैन भनेर माफि माग्न पाईएला तर कानुन अनुसार कारबाही हुनै पर्छ, यो कानुनी राज्यको परिपाती वा प्रणाली हो, तर ब्राहमणबादी तथा अतिहिन्दुबादी सोच बोकेका एकल नश्लिय Oligarchy तन्त्रमा यस्तै हुदो रहेछ। शक्ती, सत्ता र पहुँचमा भएकाहरूलाइ कानुनमै नभएकाे कुरामा पनि नजिर बनाएर कानुनी छुट दिनुभनेकाे अपराधलाइ प्रश्रय  दिुनु हाे। र कानुनी राज्यकाे वेइजत खिल्ली उडाउने काम हाे।

 Autocracy र Monarchy लोकसमुदायले तह लगाईसके पछि Republic Democracy को आशा गरिएको थियो तर आज Oligarchy को विगविकी नै छ। 
लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तीयताले चिच्चाई रहेको छ, लोकतन्त्रको नाममा केही थान मान्छे जस्ता देखिने हिन्दुबाद, ब्राहमणबाद, शोसक, सामन्त, विस्तारबाद र साम्राज्यबादका दलालीहरु कथपुटली बनेर सत्तामा चिप्किएका छन्, प्रम ज्यूको वक्तव्यमा सुपरपावर, संचारमन्त्रीको वक्तव्यमा स्यालहुईयाँ सुलेमानीका कुरा आउनुले लोकतन्त्र, कानुनी राज्यको सार्वभौमिकता र स्वतन्त्र देशको सच्छ ऐनामा दाग देखिन्छ नै, र दलाल हत्याराहरुले आफुँ विश्व मानवअधिकारको कानुनबाट बच्नको लागि देशनै कौडीको भाउमा बेच्न कम्मर कसेर लागि परेको कुरा यथार्थ हो, होईन भने पनि सामन्त साम्राज्यबादी र विस्तारबादीहरुको चाकरीमा यी नेताहरु कर्मनिष्ठ भएको यथार्थ हो। धर्मनिरपेक्षताको नाममा सनातन भन्ने शव्दजाल फाल्नु आफैमा विबादस्पद नै छ भने प्रान्तीयताले पनि विकेन्द्रिकरणको पुरै अधिकार त के पुरै कर्मचारी पनि नपाईरहेको अवस्थामा लोकतन्त्र, धर्मनिपेक्षता र प्रान्तियता माथिको गम्भीर खेलवाड गर्ने काम आजको एकल नश्लबादी शासकहरुले गरेको छ भन्ने प्रष्ट हुन्छ।


 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्