शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पहिचान र अस्तित्व, आदिबासी जनजाती र मुलवासी मंगोल- दिपक मंगाेल

दिपक मंगाेल | 2 सेप्टेम्बर 2019

पहिचान र अस्तित्व, आदिबासी जनजाती र मुलवासी मंगोल- दिपक मंगाेल

पहिचान र अस्तित्व, आदिबासी जनजाती र मुलवासी मंगोल

        पहिचान भनेको त्यस्तो चिज हो जसले कुनै बस्तु, चिज वा प्राणीको परिचय दिन्छ । परिचय आफै दिने हो जस्तैः म दिपक मंगोल हुँ, मेरो घर म्याग्दी हो। मेरो परिचय मलाई सतप्रतिशत थाहा छ तर अरुलाई थाहा नहुन पनि सक्छ वा केही प्रतिशत मात्र थाहा हुन सक्छ। काठमाण्डौ तिर मलाई म्याग्देली दिपक भनेर चिन्छन्, पुर्व तिरका साथीहरुले पश्चिमको मंगोल भनेर चिन्छन्, कसैले मलाई फलानो अफिसको हाकिम भनेर चिन्छन् त कसैले मलाई फलानोको छोरो वा दाजुभाई भनेर चिन्छन्, म विदेश तिर जादाँ नेपाली भनेर चिन्छन् यी सवै मेरा पहिचान वा परिचय हो जसको माध्यमले अरुले मलाई चिन्छन् वा पहिचान गर्छन् । पहिचान माग्ने भन्दा पनि आफै बनाउने कुरा हो । कसैले मलाई राम्रो डाक्टरको रुपमा पहिचान गरिदिए हुन्थियो भन्ने मेरा त्यो माग कहिल्यै पुरा हुदैन, म आफै कामले देखाउनु पर्छ र पहिचान स्वत आउँछ।

 

          अस्तित्व यस्तो महत्वपुर्ण कुरा हो जसले कुनै बस्तु, चिज वा प्राणीको महत्व वा आवश्यकता कायम राख्नमा मद्दत गर्छ। अस्तित्व विनाको बस्तु, चिज वा प्राणी लोभ हुन्छ वा हराउँदै जान्छ । भनिन्छ डाइनोसरले आफ्नो अस्तित्व कायम राख्न प्रकृती संग मुकाविला गर्न सकेन, वा जुक्ती लगाउन सकेन र यो धर्तीबाट लोभ भयो। तपाईहरुले कहिकतै सुन्नु भएको थियो होला मानव पुर्खाको पुच्छर हुन्थ्यो भनेर, एकदम सहि हो मानिसको पुर्खा बादर होईन तर पुच्छर थियो। उक्त पुच्छरको मानव शरिरमा आवश्यकता भएना वा प्रयोगमा ल्याईएन त्यसैले उसको अस्तित्व लोभ भयो। तपाई दाईने कि देव्रे? मान्नुस तपाई दाईने हो भने तपाईको देवे्र हात दाईने भन्दा लाटो छ वा विस्तारै निस्कृय हुदै गईरहेको छ किनकी तपाईलाई उक्त हातको धेरै आवश्यकता भएना वा तपाईले प्रयोगमा ल्याउनु भएन। त्यसै गरी मानिसको दिमाख पनि दाईने र देव्रे हुन्छ तपाईले जुन वढी चलाउनु हुन्छ त्यसैले वढी काम गर्छ भने अर्काे विस्तारै निस्कृय हुदै जान्छ। यी कुराहरु विज्ञानले पुष्टी गरेका कुराहरु हुन्। अतहः अस्तित्व भनेको कुनै पनि बस्तु, चिज, वा प्राणीको आवश्यकता र महत्व यथावत राख्न नभैनहुने तत्व हो।

 

        पहिचान र अस्तित्व दुई फरक विषयहरु हुन। एउटा खुर्सानी पिरो हुन्छ वा खुर्सानी हुनको लागी पिरो हुनु पर्छ। त्यसको पहिचान वा परिचय भनेको खुर्सानी भन्ने शव्द हो भने अस्तित्व भनेको पिरो हो। नेपालमा त्यही पिरोलाई खुर्सानी भनिन्छ, भारतमा मिर्ची भनिन्छ भने अमेरिकामा चिल्ली। यसको मतलव एउटै वस्तु, चिज वा प्राणीको पहिचान वा परिचय ठाउँ र व्यक्ती विशेष फरक फरक हुन सक्छ तर अमेरिकाको चिल्ली, भारतको मिर्ची वा नेपालको खुर्सानीमा पिरो अनिवार्य हुन्छ। पिरो खुर्सानी एक ग्रामको लागि पनि मासिले मुल्य तिर्छ वा मुल्यवान हुन्छ तर एकवोरा खुर्सानी जुन पिरो छैन भने सित्तैमा दिए पनि कसैले लादैन वा पिरो भएन भने मुल्यहिन हुन्छ। मानिस हुनको लागि पनि मानविय अस्तित्व चाहिन्छ।

 

           मानविय अस्तित्व भन्नाले मान्छे हुनको लागि आवश्यक तत्वहरु हुन। हरेक शव्दको अर्थ हुन्छ र अर्थले असर गर्छ । हामीले लगाउने Tie को अस्तित्व सहितको अर्थ छ, Talk In English अर्थात अंग्रेजी बोल्न जान्नेले Tie लगाउँछन् । News को पनि अस्तित्व सहितको अर्थ छ North East West and South का जानकारी हरु। मान्छे अथवा Man को पनि अस्तित्व सहितको अर्थ छ । M for Mongol, A for Aryan N for Negro विश्वमा हाल सम्म ३ वटा वर्णका मानिसहरुको उत्पती भएको वैज्ञानिकहरुको अनुसन्धानले पुष्टी गरेको छ, ति हुन मंगोल वा पहेलो, आर्य वा गोरा, नेग्रो वा हप्सी। पहेलो वर्ण वा मंगोल वर्ण जसको छालाको रंङ गहुगोरो हुन्छ, आखा चिम्से, नाक थेप्चे, गोलो अनुहारको, होचो कडको उचाइ भएको र उत्पती भएको स्थान यसियाको विभिन्न भागहरु विशेष गरी शिवलिग माउन्टेनमा, जुन नेपाल चिन लगाएत भारतमा पर्छ। भने हालै नेपालको पाल्पाको दोभानमा पनि मंगोलहरुको उत्पती भएको भन्ने तथ्य र आधार सहित अमेरिकन वैज्ञानिकहरुले पुष्टी गरेको छन् । मंगोलहरुको उत्पती झन्दै १ करोड १० लाख वर्ष पहिले भएको हो।

         आर्यहरु वा गोरो वर्णका मानिसहरु नाक चुच्चो परेको आखा गडेको, शरिर भरी रौ भएको अग्लो उचाई भएकाहरुको उत्पती ८० लाख वर्ष पहिले यूरेसियाको ककसियामा पर्ने व्ल्याकसि र क्यास्पियनसिको विचमा उत्पती भएको हो। 

       नेग्रो वा हप्सीहरु वा काला जातीहरु अफ्रिकामा आज भन्दा १ करोड चालिस लाख वर्ष पहिले उत्पती भएका हुन् र उनिहरु कालो, रौ घुम्रिपरेको, वाक्लो कालो छाला भएका, ठुलाठुला ओठ भएको हुन्छन्। मान्छे हुनको लागि मंगोल, आर्य वा नेग्रो मध्ये एउटा हुनुपर्छ। नेपालमा दुई वर्णका मानिसहरु छन्, मंगोल (सेतामगुराली, कोचे,मेचे, धिमाल, सुनुवार, दुनुवार, दमाई, कामी, सार्की आदी) र आर्य (ब्राहमण, क्षेत्री, खस, दस्नामी ठकुरी, सन्यासी) नेपालमा मान्छे बन्नको लागी मंगोल र आर्य मध्ये एक हुन पर्छ वा नेपालका मान्छेहरु कि मंगोल वर्णका छन् कि त आर्य वर्णको, यो त भयो वैज्ञानिक पाटो तर कानुनी पाटो के छ?

               भनिन्छ लेखेको पाईन्छ देखेको पाईदैन। त्यस्तै नेपालको संविधान २०७२ को धारा ८४ को उपधारा २ मा प्रस्ट संग लेखिएको छ आर्य भनेर, यसको अर्थ नेपालका ब्राहमण क्षेत्री, दस्नामी, ठकुरी, सन्यासीहरु मानिस हुन् भन्ने कानुनी रुपमानै लेखिएको छ भने मंगोलहरुलाई मंगोल अस्तित्वबाट बन्चित बनाई आदिवासी जनजाती भनिएको छ, माथीनै उल्लेख छ कि मान्छे बन्न कि मंगोल हुन पर्छ कि आर्य हुन पर्छ कि नेग्रो हुनु पर्छ तर यो आदिबासी जनजाती भन्ने शव्द कहाँबाट आयो र यसको वैज्ञानिकता के हो? यदि कुनै बैज्ञानिक आधारमा आदिबासी जनजाती शव्द आएको हो भने त्यही आधारमा आर्यहरुलाई के भन्ने? आर्य भन्ने शव्द फरक वैज्ञानिक आधारबाट किन आयो?वा वैज्ञानिक आधारै छैन? अनार्यको वैज्ञानिक परिभाषा के हो?के आर्यहरुलाई पनि अमंगोल लेख्न मिल्छ? अथवा नेपालीहरु सवैलाई अनेग्रो भन्न मिल्छ?

 

    आदिवासी भन्ने शव्द आदि+बासी=आदिबासी भएको हो। आदि भनेको आदिमकाल, धेरै पहिले र बासी भनेको बस्दै आएको। तसर्थ आदिमकालमा वा धेरै पहिलेबाट बस्दै आएकोलाई आदिबासी भनिन्छ। आदि अर्थ सवै वा सुरुमै वा मुल हुदैन, आदि कहिल्यै पनि भरी हुदैन, वा पुर्ण हुदैन। यी शव्दहरु पनि हेरौ, आदीखोला= अन्तबाट बग्दै आएको पानी, आदिकवी= अरुको रचना साभार गरेको कवी, आदिजोवान= आधा बैश, आधा उमेर, आदि= तुङ्गो नभएको, थ्याक्कै पत्ता नलागेको, अनुमान गर्न पनि नसकिने।

 

         जनजाती भन्ने शव्द, जन +जाती = जनजाती हो, जनजाती संस्कृत ओरिजिन शव्द हो। संस्कृतमा जन = कमारा, हली, कामदार, खेताला आदी हुन्छ जस्तै एउटा संवादलाई सुनौः कता हिडेको? धान रोपाई गर्ने जन खोज्न गाउँतिर हिदेँको । जातीको पनि संस्कृतमा व्यापक र प्रष्ट परिभाषा छ, हिन्दु वर्ण व्यवस्थाको सवै भन्दा माथी ब्राहमण हुन्छ, त्यस पछि क्षेत्री, वैष्य र सुद्र हुन्छ। हरेक वर्ण भित्र जात हुन्छ जव त्यो जातबाट खसे पछि अजात हुन्छ त्यसबाट पनि खसे पछी कुजात हुन्छ र कुजातबाट पनि खसे पछि जाती वा जात नभएको, छुन नहुने, निच, पशुसरहको भन्ने हुन्छ। त्यसैले जनजाती भनेको खेताला कमारा, हलीहरु जो अछुत हो र पशुभन्दा पनि निच छन्।

 

         याद रहोस् वैश्य, सुद्र, मतवाली जस्ता नामहरु पाउँदा हाम्रा जिजुबाजेहरु तिन हात माथी उफ्रेर रमाउँथे रे, अहिलेका हाम्रा दाजुभाईहरु आदिबासी जनजाती भनिदिँदा तिनहात एक वित्ता उफ्रेर भुईमा खुत्ता छैन कथै हाम्रा दाजुभाईहरु। संस्कृत, अंग्रेजी र नेपाली खस भाषाको संयोजनमा बनाईएको शव्दजालमा नपरौँ।

 

         मुलवासी Indigenous मुलवासी शव्द मुल र बासी मिलेर मुलवासी बनेको शव्द हो, अर्थात सुरुको बासिन्दा, उत्पती बासी, भुमिपुत्र भन्ने अर्थ लाग्छ। मुलपानी भन्नाले पानी उत्पती भएको ठाउँ, वा पानीको मुहान र उद्गम स्थल भनिन्छ। मुल भन्दा वितिकै सुरुको, उत्पती, मुख्य, पैदाभएको जस्ता अर्थ बुझाँउछ। त्यसैले बस्ने ठाउँमै उत्पती भएको वा उत्पती स्थानमै बसिरहेको लाई मुलवासी भनिन्छ जस्तै कंगारु अस्ट्रेलियाको मुलवासी (Indigenous ) हो । काडेँ भ्याकुर नेपालको मुलवासी चरा हो भने नेपालको मुलवासी मानिसहरु मंगोल वर्णका हुन। सन् १४९५ मा मुगल सम्रात अलाउदिन खिल्जी र सन् १५५९ मा मुस्लिम राजा अकबरको खेदाईमा परेर नेपालमा शरनार्थी भएर ज्यू ज्यान जोगाउन आएका आर्यहरु आप्रवासी वा migrated हुन। अन्तर्राष्ट्रिय नितिनियमहरु, कानुनहरु, संयूक्त राष्ट्र संघको कानुनहरु तथा अन्तर्राष्ट्रिय श्रम संगठनको घोषण पत्र १६९ ले पनि कुनै पनि देशको मुलवासीलाई उक्त देशमा भएको जल, जमिन, जंगल, खनिज लगाएत राज्य सत्तामा समेत पुर्वाधिकार तथा अग्राधिकार रहने कुराको ग्यारेन्टी गरेको छ । तर नेपालमा कानुनी हिसावले मानविय अस्तित्व भन्दा बाहिर रहेका मंगोलहरुलाई यहाँका आर्य शासकहरुले साम, दाम, दन्द, भेद जस्ता नितिहरुको प्रयोग गरी लुटनिती, कुटनिती, भुटनिती गरेर हिन्दु अतिबाद र ब्राहमणबादको माध्यमबाद जातिभेद, वर्गभेद हुदै अन्ततः वर्णभेद जस्तो संस्सारकै सवै भन्दा ठूलो र क्रुर विभेद लाडेको कुरा यहाँहरु माझँमा जगजाहेर नै छ।

       दक्षिण अफ्रिकामा नेल्शन मन्देलाले कालाहरुलाई गोरा आर्यहरुबाट मुक्ती दिए, यूरोपमा मार्टिन लुथर किङ्गले काला र गोरा विचको वर्णभेदी नितीको अन्त गरे, अमेरिकामा पनि काला जातीको प्रतिनिधित्व गर्दै बाराक ओवामा राष्ट्रपती भैसके अव नेपालमा मंगोलहरु गहुँगोरो वर्ण र खस आर्यहरु गोरो वर्ण विचको वर्णको आधारमा भएका विभेदको अन्त कहिले हुन्छ? र कहिले मंगोल वर्णको कार्यकारी राष्ट्र प्रमुख देख्न पाईन्छ? संविधानमा आर्य शव्द अटाउँछ तर मंगोल शव्द किन अटाएन?

 

एकतथ्याङ्क अनुसार नेपालमा भएका १०० प्रतिशत जग्गा तथा जमिनहरुको वितरण हेर्ने हो भने २० प्रतिशत खस आर्यहरु संग ९० प्रतिशत जमिन छ, ८० प्रतिशत मंगोल मुलवासी भुमिपुत्र संग ७ प्रतिशत मात्र जमीन छ त्यो पनी भिरालो पाखो बढी छन् बाकी रहेको ३ प्रतिशतमा पहाड र हिमालहरु, चट्टानहरु छन्। यस्तो भए पछी देशको विकास कहिले हुन्छ? अझ कृषी प्रदान देशमा मंगोल कृषकहरुलाई जग्गा खै? सवै आर्यहरु संग छ तर कृषी प्रदान देशमा बाहुनले हलो जोत्न हुदैन भन्ने गलत मानसिकताले सवै जमिनहरु पलटिङ भएका छन्। नदी नालाहरु नेताका झोलामा छन्, जंगललाई छुन दिदैन वन कानुन लाग्छ, पशुपालन गर्ने कुरै भएन जहाँ जंगलनै बन्द हुन्छन् अनी मेरा मंगोल भाईहरु विदेश नगएर नेपालमै भोकै मरुन त? यही हो मेरो देश, मुलवासी मंगोलको देश, नेपालको हालत। व्यवस्था फेरियो मंगोलको अवस्था फेरिएन, मंगोलहरु सहिद भै दिएर कहिले राणा, कहिले राजा, कहिले क्षेत्री कहिले ब्राहमणहरु पालै पालो सत्ता र शक्तीमा गए तर मंगोलको सन्तती कार्यकारी प्रमुख हुने दिन कहिले आउँछ? सधै आर्यहरुको मात्र जय हुने नेपालमा मंगोलहरुको पनि जय होस्, जै मंगोल। जै मुलवासी ।। जै भुमिपुत्र ।।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्