बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुघाखोकी र सुकेनास

Dilip Dhimal | 8 जूलाई 2019

रुघाखोकी र सुकेनास

                                                    रुघाखोकी र सुकेनास

भारतको रुघाखोकी मात्र होइन, सुकेनासै पनि सर्ने गर्छन् नेपालमा । भारतमा जुन किसिमको घटना या परिवर्तन हुन्छ, नेपालमा पनि त्यही हुने गर्दछ। पहिले भारतमा शुरु हुन्छ त्येसपछि मात्र नेपालमा आउँछ । भारतमा लागू गर्न बनाइएको पोलिसी नै नेपालमा पनि लागू हुंदै आएको छ। भारतमा गौ रक्षाको विधेयक पारित भयो, नेपालमा पनि त्यही विधेयक पास भयो । दुई बर्ष अघि उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्य नाथले पुलिस प्रशासन मार्फत भारतमा फेक इन्काण्टर चलायो नेपालमा पनि पुलिस प्रशासन मार्फत तेतिबेला फेक इन्काउण्टर खुब चल्यो । भारतमा सरकारसंग प्रश्न सोध्ने मिडियाहरुलाई प्रतिबन्ध लगाउने विधेयक ल्यायो, नेपालमा पनि त्यही ल्यायो। यो अकाट्य सत्य हो। भारत बृटिश साम्राज्य शासनबाट सन् 1947 स्वतन्त्र भएको थियो भने नेपाल पनि निरंकुश जहानियाँ राणाशासन बाट सन् 1951 मा स्वतन्त्र भएको हो। भारतमा बृटिस गोरा आर्यलाई फ्यांकेर राजनीतिक परिवर्तन ल्याइएको भएता पनि शासन सत्तामा बृटिस गोरा आर्यहरु भन्दा 3 हजार बर्ष अघि भारत छिरेर काला भइसकेका काला हिन्दु आर्यहरुकै हातमा शासन सत्ता पर्यो भने एवम् रीतले नेपालमा राणा सम्दी खलकको हातबाट शासन सत्ता खोसिएर अर्को सम्दी खलक शाहाको हातमा पर्न गयो । घ्यू कहां पोखियो त भन्दा आफनै थालमा भने झैं दुवै मुलुकमा एउटा साम्राज्यवादीको हातबाट खोसेर अर्को साम्राज्यवादीको हातमा शासन सत्ता सुम्पिने काम भयो। बिडम्बना स्वतन्त्रताको लागि लडीदिने मरिदिने दुवै मुलुकका मुलवासीहरु त हेरेको हेरै भयो । यधपी आज सम्म हेरेको हेरै छन। दुर्भाग्य भनौं या के भनौं भारतका मुलवासीहरु आफनो मुलुकमा शोसित,पिडित र शासित छन् भने नेपालका मुलवासीहरु पनि आफनै मुलुकमा शोषित, पिडित र शासित हुनु परेको छ। बल्ल-तल्ल 21औं सदीका भारतका मुलवासीहरु पनि आफनो मुलुकमा मालिक र शासक बन्नलाई तीव्रगतिमा एकजुट भएर संघर्ष गर्दै छन भने नेपालका मुलवासी मंगोलहरु पनि एमएनओमा आबद्द भएर आफनो मुलुकमा आफैं मालिक र शासक बन्नलाई संघर्षरत छन‌् ।

           भारत लोकतन्त्र ,धर्मनिरपेक्षता र प्रान्तीय सरकारको मुलुक बन्यो , नेपाल पनि लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय सरकारको मुलुक बनेर संस्थागत हुनलाई कार्यन्वयनमा जांदैछ। अहिले भारतमा बिजेपीको पुन:दोस्रो पटकको बहुमत Evm सरकार गठन भएपछि भने भारतमा Mob-Linching मोव-लिन्चिङ खुब मौलाएको छ। Mob-Linching को अर्थ भिड द्वारा हत्या गर्नु हो । राष्ट्रवादको नारा र आतंकवादको आरोपमा सत्ता र शक्तिको उन्मादले हिन्दुत्व बचाउने अभियानमा अति हिन्दुवादी संघ संगठनहरुलाई डर, त्रास, हत्या र हिंसाको गतिविधीमा खुलेआम बढावा दिइने काम भइरहेको छ। यति सम्म भएको छ की सफतग्रहण गर्ने क्रममा संसद भवन भित्र सांसदहरुबाट हिन्दु र मुस्लिमको धार्मिक नाराले संसद भवन गुन्जिनु पुग्यो। यो काममा भारतका गोदी मिडिया देखि लिएर हिन्दुवादी संघ संगठन र प्रहरी प्रशासन समेत ज्यान फालेर लागेका छन्। यो मोव-लिन्चिङको शिकार एमएनओले पनि आज भन्दा एक बर्ष अघि भोग्नु परेको थियो। स्रीनिवास आचार्यले आफुले आफैलाई गोलि हान्न लगाएर घटनास्थलमा मंगोलको पर्चा बांडेर बाहुनवादी मिडियाहरु लाई धार्मिक हिंसा भड्काउने माध्यम बनाइ उक्साउने असफल प्रयास भएको थियो । यसको निमित्त एमएनओका पुर्ब मुलसचिव तथा हालका बरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमालले 9 दिन सम्म बिराट नगरमा डिएसपी प्रहरी कार्यालयको चिसो हावा खानु परेको थियो । उनलाई घरबाटै अपहरण शैलीमा अपराधीलाई जस्तो गरि हत्कडी लगाएर लगिइएको थियो। त्यसै गरी एमएनओ धादिङ जिल्ला सभा अधिवेशनको खुल्ला सभा गर्न नदिने गरि धादिङ जिल्ला प्रशासनले प्रतिबन्ध लगाइ दियो,भने एमएनओ नुवाकोट जिल्ला सभा अधिवेशनलाई बिथोल्ने गरी अधिवेशनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै गर्दा के. स. रिन्चेन दोर्जे तामाङ, बैकल्पिक के.स. प्रेमकुमार स्रेष्ठ र प्रदेश नं. 3 प्रमुख लाक्पा तामाङलाई 24 घण्टा प्रहरी खोरमा लगेर जाकिदियो । र एमएनओ भोजपुर जिल्ला सभाको दोस्रो अधिवेशनको खुल्ला सभा गर्न नदिनेमा भोजपुर जिल्ला प्रशासनले बल प्रयोग गरेका थिए । अत:एव भारत र नेपालका मुलवासीहरुले अझ तिब्र गतिमा आफना बैचारिक क्रान्तिलाई मजबूत र दरिलो बनाउंदै लैजानु पर्ने आवश्यकता छ । ताकि अहिन्दु मुलवासी मंगोलहरुलाई कुनै पनि प्रकारको या स्वरुपको Mob Linching को शिकार हुनबाट जोगाउन सकियोस् । यसको निमित्त मंगोल राष्ट्रवादको दर्शनलाई सबै मुलवासी मंगोलहरु माझ पुर्याउनु पर्ने अति आवश्यकता छ। भलै यसको निम्ति एमएनओको झोला बोक्नै पर्छ भन्ने छैन कमसेकम मुलवासी मंगोल माथी गरिने षड्यन्त्रको तानाबाना बुझ्न सकोस सजक र सतर्क हुन सकोस् ।

 

जै मंगोल ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्