बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

राजनीति, नेता र बजार

Sinara Mongol Meche | 24 मार्च 2019

राजनीति, नेता र बजार

 

पहिलो समुह :- बजारमा आ-आफना माल सामान बेच्ने ब्यापारी र आफुले इच्छाएको माल सामान किन्ने ग्राहकहरुको संख्या हजारौं हजार हुन्छन्। कसैलाई कसैको किनबेच अर्थात् बेचबिखन प्रति चासो र चियाउने फुर्सद समेत हुँदैन। किन्ने ग्राहक र बेच्ने ब्यापारी दुवै समुहहरु समय छँदै आफना सामान बेच्ने र किन्ने तरखरमा ब्यस्त रहन्छन्।

 

दोस्रो समुह :- बजारमा सबै कुराको सुविधा हुने भएकाले बैंकिङ कारोबार मिलाउन, स्वास्थ्य उपचार गर्न र महत्वपूर्ण भेटघाटको निम्ति समय मिलाएर बजार जाने गर्छन।

 

तेस्रो समुह :- मन लागे जान्छन्, मन नलागे जाँदैनन्। गइ हाले पनि टाइमपास गर्न, रमित हेर्न र रमाईलो गर्न भनेर जाने गर्दछन। यसकारण गाउँ घरतिर बजारको कुरा निस्कने बित्तिकै, छाडी देऊ बजारको हजार थरीको कुरा खल्लीबल्ली भन्ने चलन छ। यहि कुराहरु राजनैतिक क्षेत्रमा पनि लागु हुन्छ जुन कुरा हामीले सुन्न र देख्न सक्छौं । राजनीतिमा Full timer नेता तथा कार्यकर्ताहरु बजारको पहिलो समुहको क्रेता र बिक्रेता जस्तै आफनो लक्ष्यमा नपुगुन्जेल सम्म निरन्तर आफना काममा ब्यस्त रहन्छन। कस्ले के भन्यो? कस्ले के गर्यो? उनीहरुसँग तेतातिर फर्केर एक मिनेट हेर्ने र चियो चर्चो गर्ने फुर्सद पनि हुँदैन। Part timer नेता तथा कार्यकर्ताहरु दोस्रो समुहको ग्राहक जस्तो पशुपतिको जात्रा सिद्राको ब्यापार चलाउने किसिमले फुर्सदमा पार्टीको काम गर्छन भने बेफुर्सदमा फलानो पो प्रधानमन्त्री हुने पर्यो त ! ढिस्का पो बिदेश भ्रमणमा जाँदै छ त ! भन्दै ब्यापार र व्यावसाय गर्दै बस्छन। Some timer नेता तथा कार्यकर्ताहरु भनेका चाँही छैन भनौं भनें पार्टीमै छ तर कहिले काहीं झुल्के घाम झुल्के जस्तो मात्र गर्ने र देखा पर्नेहरु हुन्छन। उनीहरुलाई पार्टीको गतिविधि खासै थाहा हुँदैन र चासो पनि हुंदैन। कसैले बताइ हालेमा सुनिदिने मात्रै हो। यहाँका 20%अहिन्दु मूलवासी मंगोलहरुले मात्र घरब्यवहार र ब्यापार ब्यावसायमा 30% समय खर्चेर बाँकी 70% समय राजनीतिमा तन-मन-धन लगाएर हिडयो भने आफनो देशको आँफै मालिक बन्न र देशको शासक बन्नलाई संसारको कुनै तागतले रोक्न र छेक्न सक्दैन भन्ने कुरा बुझ्नु जरुरी छ। जै मंगोल!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्