बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रित्तो भाँडाको हल्ला धेरै

बुद्धलाल मेचे, केन्द्रीय प्रेसिडेण्ट एमएनओ | 15 जनवरी 2019

रित्तो भाँडाको हल्ला धेरै

नेपाल अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलक भएर लगभग चार सय पचास बर्ष सम्म रहयो । सन् २००१ देखी मुलुकमा राजनीतिक परिवर्तन भएर जुन नयाँ कुरा लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीयता आयो । यो नयाँ कुरालाई धेरै जसो नेपाली जनताहरुले पचाउन सफल भए भने थोरैका लागि मात्र अपाच्य भएको छ। मुलुकको हित नचाहने यी अप्रगतिवादि, लोकतन्त्र बिरोधी, हिन्दुवादी अराष्ट्रिय तत्वहरू थोरै समुहमा रहेपनि रित्तो भाँडाकुँडाहरु बेला-बेलामा एक-अर्कासित ठोक्किएर, बजे जस्तै हल्लाहा-खल्ला गर्ने काम गर्छन । यी अप्रगतिवादी, अराष्ट्रिय तत्वहरु पल्केका छन्, २००७ सालको राजनीतिक परिवर्तन लाई २०१७ सालमा महेन्द्र शाहाले निमोठे जस्तो र २०४६ सालको राजनीतिक परिवर्तनलाइ २०६१ सालमा ज्ञानेन्द्र शाहाले निमोठ्न सफल भए जस्तो, २०६२/६३ को राजनीतिक परिवर्तनलाई पनि निमोठेर घोक्रे ठ्याक्क लाएर जनताको आवाजलाई कुल्चिनु पाए हुन्थ्यो कि भन्ने षड्यन्त्रमा घुँडा धसेर लागेका छन्। तर यी बपुराहरुलाई के थाहा, नेपाली जनताको चेतनाको स्तर कहाँ देखि कहाँ सम्म पुगिसकेको छ भन्ने कुरा यो देश जंगली, भुसतिघ्रे, खर्पने, ढोके, पाखेहरुको हो, भगवान राखी देउ यो यसै गरी यिनीहरु सुध्रिए हाम्रो सिरिखुरी कहाँ जाला मन्त्री मण्डल जोड्दा बाहुनक्षेत्री हुली जोड्नु मतवाला कवै नहुल्नु। भलो कुराको नमुना हितोपदेस भन्दै लेख्ने राममणी दिक्षित बाहुनले लेखेको यो कविताबाटै थाहा लाग्छ कि यो देश बाहुनक्षेत्रीको नभएर यहाँको मुलवासी मंगोलहरुको हो र यो मंगोलहरुको देशलाई कति हेला गरेका रहेछन् कति घृणा र विभेद गरेका रहेछन यहाँका मंगोलहरुलाई भन्ने कुरा यसैबाट छर्लङ्ग हुन्छ । यहाँका मुलवासी मंगोलहरु संग कति सारो डराएका रहेछन? आफुहरु संधै शासक भएर मोजमस्ती गरिरहन र यहाँका मंगोलहरुलाई कज्याएर शास्ति दिईरहनका लागि नयाँ-नयाँ षड्यन्त्रका टेक्निकहरु निकाल्नमा यिनीहरु सदा-सर्बदा तल्लिन रहन्छन। एवम् प्रकारले देश बनाउने नभएर बिगार्ने हाम्रो समाजमा घिन लाग्दा र फोहरी जातजातिको राजनीति र धर्मको राजनीति सिकाउने र घुसाइ दिने गर्छन। जुन राजनीति बाट हाम्रो मान्छेहरु उठेर माथी आउनै सक्दैन। त्यो दलदले भास भित्रै षडिएर, नासिएर सकिन्छन बरु। यति बेला यी अराष्ट्रिय तत्व, षडयन्त्रकारीहरुले श्रीनिवास आचार्यको आत्मघाती गोलि काण्डले पनि खासै हिन्दुवादी समर्थन नजुटे पछि रन्थनीएर यहाँका मुलवासी मंगोलहरु बीच एक अर्कालाइ उकासेर धर्मको नाममा धार्मिक सद्भाव खल्बलाई द्वन्द मच्चाएर धमिलो पानीमा माछा मार्ने दाउमा छन । संसारलाई लोकतन्त्र अफापसिद्द भयो भन्दै संकट देखाएर एकतन्त्रीय शासनको लागि समर्थन जुटाउने बलियो प्रमाण बनाउन खोज्दैछन्। यसको लागि सबै बाहुनवादी मिडियाहरु पनि घुँडा धसेर लागि परेका छन । खबरदार! अबका नव पिडीं युवाहरुले यो कुरा बुझ्न र बुझाउन अत्यन्तै खाँचो छ । कसैको बहकाउमा र अनाहकमा बहकिनु हुँदैन । अन्यथा समय बितेपछि पुर्पुरोमा हात राखेर पछुताउनु शिवाय अरु केही रहँदैन । चेतना रहोस ।
जै मंगोल ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्