शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रावण,नाभी र बांण

Buddha Lal Meche (President-MNO) | 21 मार्च 2019

रावण,नाभी र बांण

हिन्दुहरुको काल्पनिक उपन्यास रामायणमा रामलाई नायक र रावणलाई खलनायक पात्रको रुपमा उभ्याइएको छ । रामको पक्षमा हनुमानले विशेष राजदुतको भुमिकामा अभिनय गरेको छ भने रावणको भाई बिभिषणले दाइको आन्तरिक गुह्य कुरा रामलाई पुर्याउने प्रमुख जासुसीको भुमिका निर्वाहा गरेको छ। त्यसैगरी लडाकु सेना दस्तामा लक्ष्मण, सुग्रीव, अंगद, जाम्वाद लगायत अन्य बांदरहरु रहेका छन्। यता रावणको पक्षमा भने न राजदुत छ न त जासुसी नै। भरोसा युक्त भनौं या जे भने पनि रावणसंग छ त केवल आफनो सैन्यबल र जनता मात्र। उपन्यासमा नारी (महिला) को कारणले राम र रावणको झगडाको विऊ रोपिएको हो भन्ने देखाइएको छ। नारीलाई अत्यन्तै उपेक्षित र अपहेलना गरेर कथाको बर्णन गरिएको छ। बीरपुरुषहरुलाई खत्तम पार्ने साधनको रुपमा मात्र नारीलाई उपयोग गरिएको छ। रुपरङ नराम्रो लागेकै भरमा रावणको बहिनी सुपर्णखाँको नाक रामको भाई लक्ष्मणले काटिदिन्छ। आफनी बहिनीलाई कुरुप भएको देखेर रावणले बदलाको भावना लिएर रामकी स्वास्नी सीतालाई हरेर लंका पुर्याउंछ। रावणलाई हराएर मात्र लंकाबाट सीतालाई घर फर्काउन सकिने भए पछि राम र रावणको निर्णायक युद्ध हुन्छ। रामले आफना सारा शक्ति लगाएर धनुष वाणले रावणको पटक-पटक गरेर दशवटा शिर गिडी दिन्छ, तर पनि रावण मर्दैन, हा.हा.हा. गर्दै फेरि शीरहरु जोडिन्छन्। बांणले हात खुट्टा गिडिन्छ, पुन:जस्ताको तस्तै जोडिन्छ रावण मर्दै-मर्दैन। राम हरेस खाएर बिभिषण सामु गएर भन्छ, मैले यो लडाईं हारें। कुनै हालतमा पनि तिम्रो दाईलाई म जित्न सक्दिन अब। तिम्रो दाई बीर पुरुष नै रहेछ। यो कुरा सुनेर लंकाको राजा बन्न पाउने स्वार्थमा, सुनको राजदरबारमा बस्न पाउने लोभमा र भाउजुलाई स्वास्नी बनाएर राख्न पाउने आसामा दाईलाई धोका दिएर रामसंग बिकेका बिभिषण झस्किन पुग्छ। बिभिषणको निधारमा पसिना चीट-चीट छुट्छ हत्तपत्त पुछेर रामको कानमा खुसुक्क भन्छ दाईको मरण नाभीमा छ, अन्य शरीरको कुनै अंगमा छैन। रावणको मरणको गोप्य रहस्य खुले पछि के खोज्छस काना आंखो भने झैं हरेस खाई सकेका रामको शरीरमा पुन: स्फूर्ति र इनर्जी आउंछ। तेसपछि त के चाहियो र! ताकेर बाण रावणको नाभीमा हान्छ, नभन्दै रावण भुईंमा ढल्न पुग्छ। उपन्यास कथाको सारमा रावणको मरण शरीरको अन्य अंगमा नभएर नाभीमा भए जस्तै हामी नेपालका 80%अहिन्दु मुलवासी मंगोलहरुको पनि हाम्रो साझाअधिकार, अस्तित्व र स्वतन्त्रता कहां छ? को सँग छ? कस्ले लुटेको छ? कहाँ हिड्काउनु पर्ने हो? को सँग खोज्नु पर्ने हो? भन्ने कुरा जान्न र बुझ्न अत्यन्त खाँचो छ। नत्र टाउको दुखेको औषधी नाइटोमा लगाइ भने झैं मात्र हुनु पुग्छ। अतएव कांग्रेस, कम्युनिष्ट, राजपा, सदभावना, नयां शक्ति, पुरानो शक्ति एबिसिडी जुन सुकै नामधारी पार्टीहरु भए पनि यी पार्टीहरु भनेका रावणको टाउको, हात र खुट्टा जस्तै मात्र हुन, नाभी होइनन्। नाभी चाहीं 20% हिन्दुआर्य बाहुनक्षेत्रीहरु हुन्। यी पार्टीहरुसित मागेर , लागेर, लडेर, खोसेर, तथानाम गाली गरेर हाम्रो अधिकार, अस्तित्व र स्वतन्त्रता केही पनि पाइने वाला छैन। किन कि यी पार्टीहरु भनेका हिन्दु आर्य बाहुनक्षेत्रीहरुकै उपज हुन। मुलवासी मंगोलहरुको भोट बटुलेर लैजानका लागि बिभाजित भए जस्तो गरेको मात्रै हो। संविधान निर्माण या संसोधन गर्नुपर्ने भयो भने पनि यीनै दलहरुका बाहुनक्षेत्रीहरु एकै ठाउँमा आएर दुईतिहाई मत पुर्याउंछन। राष्ट्रपतिको चुनाव गर्नु पर्यो भने पनि सबै पार्टीका बाहुनक्षेत्रीहरु एकै ठाउंमा मत हाल्छन। सहमति गरेर निर्णय गर्नु पर्यो भने पनि बाहुनक्षेत्रीहरु एकै ठाउँमा, बिमति गर्नु पर्यो भने पनि एकै ठाउँमा हुन्छन्। यहांका मुलवासी मंगोलहरुलाई कासन लाउनु पर्यो भने पनि एकै ठाउँमा, हस्ताक्षर गर्नु पर्यो भने पनि एकै थलोमा। यसोसले एमएनओ संस्थापक प्रेसिडेन्ट युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले हाम्रो साझा शत्रु भारत र अमेरिका होइन, हाम्रा साझा शत्रु भनेका 20% बिदेशी हिन्दु आर्य बाहुनक्षेत्रीहरु हुन भने बांण चाहीं अहिन्दु मुलवासी मंगोल हो भनेर चिनाएर जानु भएको छ। रावणको नाभी र बाण जस्तै हो यो भनेर बताउनु भएको छ। हामीले बारम्बार (20% बिदेशी हिन्दुआर्य बाहुनक्षेत्री) (20% बिदेशी हिन्दुआर्य बाहुनक्षेत्री) भन्दै लामाले मन्त्र जपे जस्तै जप्नु पर्छ। ज्ञात रहोस ,यही मुल मन्त्र भित्र हाम्रो स्वतन्त्रता, अधिकार र अस्तित्व सुरक्षित छ। जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्