शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रक्सी छोइला र सेकुवाले बाहुन क्षेत्रीको किन जात जादैन ?

बासुदेव नेपाली | 14 जूलाई 2020

रक्सी छोइला र सेकुवाले बाहुन क्षेत्रीको किन जात जादैन ?

हिन्दु धर्म को ग्रन्थनुसार आफुलाई ब्रम्हा को पुत्रहरु ठान्ने,ब्रम्हा लाई क्षृष्टिकर्ताको उपाधी दिने बाहुन क्षेत्रीहरु, सत्यजुगको ईतिहास पल्टाएर हेर्ने हो भने पनि यिनिहरु को चालामाला उतिबेलै देखि नै ठिक चाहिँ थिएन, सत्यजुगमा अदित्य गण नाम गरेका यी हिन्दु आर्यहरु को गण ( कुल गोत्रहरुको समूह-गण) ठूलो भएपछि छुट्टिनु पर्दा गरिने बिदाई समारोह लाई अग्निष्टोम यज्ञ भन्दथे। ब्याउने गाई, भैसी, गोरु, घोडा, थुमे, बोका, मिर्ग यहि अग्निष्टोम यज्ञको नाममा ख्वाक्क-खुक्क, आङ तनाक-तुनुक गर्दै आफै हसुर्थे, भन्थे पुजा को प्रसाद भगवान बाट मिलेको, ईतिहास जगजाहेर छ। र आज पनि "कम्मल ओढेर घ्यू खाने काम" यी बाहुन क्षेत्री हरु मा मजाले पाईन्छ। घरमा खान मिल्दैन घर भित्र लैजानु हुदैन घरमा थाहा पाउनु भएन भनेर घर बाहिर सबै चलाउने भर्जिन, वाईन, वियर, जाडरक्सी, रागाको भैंसी को सुकुटी, छोइला, चिकेन चाउमिन, बफ म:म बिना त बाच्नै नसक्ने भैइसकेका छन। हिन्दु धार्मिक सिद्धान्त अनुसार भैंसी को मासु र जाडरक्सी पिउदा उनिहरुको जात त जानुपर्ने हो त तर खोइ त उनिहरुको जात गको त देख्दिन म त, खोइ त समाजमा उनिहरुको सम्मान र प्रतिष्ठा घटेको? आज बाहुन क्षेत्रीलाई कसले बचाव गरेको छ त ? उनिहरुको वेद पूराण मनुस्मृति त्यादि जस्ता ग्रन्थहरु ले बचाव गरेको छ जो मुलवासी मंगोल को पक्ष मा छैन। ग्रन्थमा साफ लेखेछ कि बाहुन क्षेत्रि जतिसुकै भ्रष्टाचारी, व्यभिचारी, बलत्कारी, राष्ट्रघाती, जे जे घाती हो सबै भए पनि बाहुन क्षेत्री गुणवान् शिलवान प्रविण हुने उसलाई नै पुज्नु पर्ने तर मुलवासी मंगोलहरु जति संस्कृत पढन खोजे पनि, माछा मासु, जाडरक्सी नखाने, प्रत्येक दिन मंदिरको घण्टा बजाउन गएपनी उनिहरु गुणवान् शिलवान प्रविण नहुने उनिहरुलाई नमान्ने, यहि हो त सामाजिक न्याय ? के यहि हो धर्म ? विश्वको सबैभन्दा गरिब र पिछडिएको देश नेपाल त्यसै पिछडिएको होइन। पिछडिनु र गरिब हुनुमा यी बाहुन क्षेत्रीले बनाएको हिन्दु धर्मको कुहिएको संस्कार संस्कृति र बिगि्रएको चालचलन हरुको कारणले हो। यो हिन्दु धर्म नेपाली समाजमा लागेको HIV एड्स को रुपमा रहेको वर्णविभेद रोग हो यसलाई ठिक पार्न तपाई हामी यो देशको मुलवासी एकजुट हुनुनै पर्छ । जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्