शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

   "रक्तकुण्ड"

Rojit Gyaljen Titung | 8 अप्रिल 2019

   "रक्तकुण्ड"

                 "रक्तकुण्ड"

सत्ता र शक्तिको प्यासी मतियारहरु "रक्तकुण्ड" खोजिरहेछन ।

मङ्गोल अस्तित्व र मुक्ति खोज्ने हतियारहरु शोषक र तिनका "भक्तझुण्ड" खोजिरहेछन ।।

 

हुने खानेहरु जिउदो "लास र दास" खोजिरहेछन ।

हुदा खानेहरु जिउने "गाँस र बाँस" खोजिरहेछन ।।

 

दोषीहरु यहाँ तामझाम अभिनन्दनका साथ "खुलेआम" हिडिरहेछन ।

निर्दोषिहरु यहाँ जेलको "कालकोठरी र फेक इन्काउण्टर" मा सडिरहेछन ।

 

उकुसमुकुस हुँदै क्रान्तिको "तोप र बारुद" बिस्फोट हुदैछन ।

उथलपुथल पार्दै असान्तिको "सुनामी र भुकम्प" प्रलय ल्याउदैछन ।

 

एक्कासि! शान्तिका दुतहरुको मस्तिष्कमा"हिरोसिमा र नागासाकी" नाचिरहेछन

अनायासै ती सहादत प्राप्त आत्महरु बौरिदै "निर्ममता र बिबस्ता " कहिरहेछन ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्