मङ्गलबार 19 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"संघर्ष मुक्तिको मात्र होइन युगान्तकारी परिवर्तन र स्वर्णिम ईतिहास लेखनको क्रान्तिकारी पाइलाको हो"

रिन्चेन दोर्जे तामाङ | 31 मे 2020

"संघर्ष मुक्तिको मात्र होइन युगान्तकारी परिवर्तन र स्वर्णिम ईतिहास लेखनको क्रान्तिकारी पाइलाको हो"

हामी बिद्रोही भएर अल्पकालीन दयाको पात्र होइन युगान्तकारी परिवर्तनको निम्ति क्रान्तिकारी पाइला उचाल्ने युग पुरुष अमर ड. गोपाल गुरुङ, महामानव सिदाहा बुद्द, मार्टिन लुथर किङ्ग, नेल्शन मण्डेलाको संघर्षशिल जिवनी र त्यागले अभिप्रेरित भएका ब्यक्ति र क्रान्तिकारी संगठन मंगोल नेशनल अर्गनाइजेशनका इमान्दार कार्यकर्ताहरु हौ । यहि इमान्दारिता बोलिमा होइन व्यबहारमा उतार्न र अभ्यास गर्न गार्हो छ किनभने मंगोल मुक्तिको यो यात्रा एउटा यस्तो शैया हो जसमा थरी-थरिको आत्म-अनुशासनको काटी बिछ्याइएको छ यसमा त्यही मान्छे सुत्न र बांच्न सक्छ जसले दु:ख, पीडा, यातना सबै कुरा सहेको हुन्छ । हामी त सुन्तला रोपेर 3/4 बर्ष धैर्य गरेर सुन्तला खानमा होइन बैशाखमा रोपेर साउनमा फल पाउने खेतीमा श्रम र पसिना बगाएर सुन्तलाको स्वाद लिन लिप्त हुने अल्पकालीन बुद्दिले ग्रस्त भइसकेका छौ । हरेक ब्यक्तिको निमित्त लक्ष्य प्राप्तिको 2 वटा बाटोहरु हुन्छ एउटा सरल मार्ग र अर्को जटिल मार्ग, सरल मार्गबाट हिड्न छिटो र सजिलो हुन्छ तर लक्ष्यमा पुग्नु अघि नै भड्किन्छ भने दोस्रो कठिन मार्ग लामो हुन सक्छ तर लक्ष्यमा अवश्य पुग्छ । हामिले उठाएको मंगोल मुक्ति, समानता, स्वतन्त्रता, भातृत्व करुणा र मानवियताको बिचारहरुमा अचानक मानिसहरु लाग्दैनन, सबै सपनाले एकाएक मुर्त रुप लिदैन, यसको लागि हामिले धैर्यताको आशनमा शान्तपुर्वक बस्ने अभ्यास गर्नुपर्दछ । किनकी नियती जब घटना परिघटनाको बिराम दिन्छ, तब बुझ्नुपर्छ कि समयले हामिलाइ उचित अवसरको प्रतीक्षा गर्न संकेत दिदैछ । यसैले हामिले धैर्यताको साथ कहिल्यै छोड्न हुंदैन । हाम्रो धैर्यतालाइ तहन-नहस पारेर गुमनाम बनाउन शत्रुहरुले हरतरहको हत्कण्डा मच्चाइरहेको हुन्छ । अचानक ब्यबहार बदलेर तपाईं त मंगोलको प्रभावशालि नेता, युवा-नेता, नेपालको भावी प्रधानमन्त्री, राष्ट्रपति लगायतको उपमा दिएर हौस्याउन सक्छन, मान सम्मान पनि दिएको जस्तो गर्छन यो समय हामिले हौसिएर संगठनको नीति निर्देशन बिपरित शत्रुले चाहेको कुरा बोलिदिने, लेखिदिने गलत निर्णय लिन पुग्यौं भने साच्चै नै पाक्न लागेको फलमा बादरहरुको रजाइँ हुन्छ जो आफै पनि गर्न नसक्ने गर्न सक्नेहरुको पनि भत्काउने मनोवृत्तिको हुन्छन मालिकहरु न लखेट्न सक्छ न टिप्न नै सक्छ । हाम्रो अहिलेको परिश्रम भनेको केवल एक लक्ष्य र एक सपनाको लागि हो जुन सपना मंगोल मुक्तिको लागि हामीले परिश्रम गर्दैछौ सारा सुख, सुबिधा त्यागेर, यहि त्यागले हामिलाइ राजनैतिक पावर र पोलिसी मेकर बनाउदछ । यसैले यो समय आक्रोश ले होइन बुद्दिमताले निर्णय लिनु पर्ने देखिन्छ । मंगोल नेशनल अर्गनाइजेशन नेपालमा नाम मात्रको बहुदल आए पछी बर्खे च्याउ जस्तै उम्रेको राजनैतिक संगठन होइन यो संगठन भद्रगोल जेलको गर्भमा युग पुरुष अमर ड. गोपाल गुरुङ ज्युले 7 हात लम्बाइ र 2/3 हात चौडाइ भएको धरातलमा उभिएर एक महिनामा एकछाक खाना खाएर गर्नु भएको संघर्षबाट जन्मिएको संगठन हो । यसको आफ्नै दिशा र लक्ष्य छ, जुन लक्ष्य मालिकको अघि बिद्रोही भएर दयाको भिखमा होइन, दीर्घकालीन परिवर्तनको निम्ति क्रान्तिको पाइला उचालिएको युगान्तकारी इतिहासको हिस्सेदारी बन्ने लक्ष्य हो । बर्तमान समयमा मनुवादी सोचले ग्रस्त राससको अरनखटनमा घटाइएको विभिन्न घटना र बनाइएको प्रपोकाण्डमा एम.एन.ओ ले किन बोलेन ! लेखेन ! भनेर आक्रोशित र आतंकित बनाएर एम.एन.ओ मा आफ्नो जीवन समर्पण गर्ने कार्यकर्ताहरुलाइ बोल्न बिवस तुल्याइरहेको छ । यो हाम्रो निम्ति एउटा अग्नि परीक्षा जस्तै हो । यो परिक्षा ड. गोपाल गुरुङ ज्युको समयमा पनि प्रकृतिले लिएकै थियो जेलनेल देखि जिवनमा अनेकौ भुक्तमान हरु सम्म सहेर पनि क्रान्तिकारी पाइलो कहिले रोक्नु भएन जसको उपलब्धि हाम्रो पुस्ताको मंगोल युवाहरुले छाती फुकाएर बोल्न र लेख्न सक्ने भएका छौ । संगठन बचाउने कार्यकर्ता निर्माणको अग्नि परिक्षाको दौरानमा त्यति बेला पनि झापा र इलामका निश्चित कार्यकर्ताहरु गोपाल गुरुङ ज्युको जीवन समर्पणले स्थापित मंगोल दर्शन र मंगोल नेशनल अर्गनाइजेशनको विरासत जोगाउने अब्बल कार्यकर्ताको रुपमा उभ्याउन सफल भएको थियो । अग्नि परीक्षा कै शिलशिलामा एम.एन.ओ का समर्थक, सुभेच्छुक तथा सम्पूर्ण लोकतन्त्रवादी लोकसमुदायहरुले चियाएर संगठनका नेताहरुलाइ नियालिरहेका छन अबको परीक्षा भनेको नेतृत्वले संगठन बचाउने कार्यकर्ता निर्माणको लागि होइन प्रत्यक्ष रुप मुलुक हाक्ने कार्यकर्ता निर्माणको अग्नि परिक्षामा सफल हुन नेतृत्वमा रहेर संगठनका श्रद्देय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले बाटो बिराउन खोज्ने कार्यकर्ताहरुलाइ सहि बाटोमा ल्याएर बडो हिफाजत सहित तिखार्ने निखार्ने जटिल अभ्यासमा भइरहेको छ । श्रद्देय प्रेसिडेन्ट बुद्दलाल मेचे ज्युले जिन्दगीभर दु:ख, पिडा, यातनाहरु सहेर यो उचाइमा उभिएर हामिलाइ मार्गनिर्देश गरिरहनु भएको छ । जसलाइ यो सब कुरा याद हुन्छ आफ्नो दु:ख, आफ्नो यातना, आफ्नो असाहयता, आफ्नो निर्धनता त्यो ब्यक्ति जति नै ठूलो सिंहासनमा बसेको किन नहोस्, आफ्नो जनता र कार्यकर्ता प्रती कहिल्यै हृदयहिन हुदैन, कहिल्यै अमानवीय हुदैन किनकी उहाँले निर्धनता भोग्नु भएको छ, देख्नु भएको छ, आफ्नो जनता र कार्यकर्ताको विबशता सम्झिन र बुझ्न सक्ने हुनु भएको छ । उहाँको यहि नेतृत्वले साधारण मंगोल कार्यकर्तालाइ असाधारण नेताको रुपमा परिवर्तन गर्ने सपना देख्न थाल्नु भएको छ । यसर्थ हामिले हरेक घटना परिघटना, गति प्रगतीहरुको सुक्ष्म अध्ययन, अनुभव र अनुभूति गर्नु पर्ने बेला भएको छ । छिमेकी मुलुक भारतमा हिन्दु आर्य मनुवादिहरुको विरुद्धमा आवाज उठाउनेहरुलाइ चिनको एजेण्ट र पाकिस्तानिको आरोप र नेपालमा हिन्दु आर्य बाहुनछेत्रीको बिरोध गर्नेहरुलाइ पश्चिमाको डलरको शक्ति भनेर समाजमा अनर्गल प्रचार गर्ने सबै हिन्दु आर्य बाहुनछेत्री र यिनिहरुको प्रत्यक्ष-परोक्ष निगरानिमा खोलिएका संघसंगठन र सोछ बोकेका ग्रस्त मानसिकताहरु भारतको राससको भ्रुण हरु हुन् । भारत र नेपालको पहिलो पंक्तिको सबै मिडियाहरुमा हिन्दु आर्यहरु कै पहुच भएकोले नेपाल र भारतका बहुसंख्यक मुलबासी मंगोल समुदायको भावनात्मक सम्बन्धमा दरार स्थिति पैदा गर्न तल्लीन भएका देखिन्छ । सज्जन मानिसले चोर भनेर थाहा पायो भने पक्रेला कारबाही परिएला भनेर आफू घर भित्र बसेर चोर-चोर भनेर समाजको ध्यान मोड्न कुर्लिने काम नै हिन्दुवाद र यसका ठेकेदारहरुको कर्तव्य हो । यिनै हिन्दुवादी मिडिया संसारमा शक्ति राष्ट्रको रुपमा उभिइदै गरेको हाम्रो छिमेकी मुलुक चिन प्रती घृणा फैलाउने अदेखा कलुसित प्रयास जारी राखेका छन् । अबको हाम्रो ध्यान WHO ले हिजो सार्वजनिक गरेको नेपालमा कोरोना माहामारी असार 15 देखि साउनको पहिलो हप्ता सम्म फैलिन सक्ने संकेत दिएको पट्टी मोडिन जरुरी छ, यो संकेत नेपालमा रहेका बाहुनवादी शासक बाहुनछेत्रीले सदनबाट अमेरिकी प्रोजेक्ट MCC पास गराउने तर्फ इङ्गित गर्दै यसको जिम्मेवारी नेपाल सरकार र सदन रहने कुरालाइ कुटनैतिक रुपमा प्रस्टाइसकेको छ । कोभिड-19 कोरोनाले संसारभर बाट नै इम्युनिटी पावर कम हुने विभिन्न रोगले ग्रस्त मान्छेलाइ आफ्नो सिकार बनाए जस्तै MCC ले आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाइ सिकार बनाउन सक्ने निश्चित देखिन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्