मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"संकल्पमा तागत हुनु पर्छ"

Buddha Lal Meche (President-MNO) | 4 फेब्रुअरी 2019

"संकल्पमा तागत हुनु पर्छ"

नेपालका 80% अहिन्दु मुलवासी मंगोलको छोरा-छोरीहरुले आफ्नो देशको आफैं मालिक भएर देश हाँकुन्। देशलाई हराभरा र समृद्धि बनाउन्। शिर ठाडो पारेर, छात्ती चाक्लो बनाएर मान्छेको रुपमा मान्छे जस्तो भएर बाँचोस् भनेर सन् 1972 देखि 20% बिदेशी हिन्दु आर्य बाहुनक्षेत्री शासकहरुको बिरोधमा लेखेर, बोलेर, 3 बर्ष जेलनेल सहेर, 5 बर्ष भुमिगत जिवन बिताएर,सर्बस्वहरण हुने गरी लुटिएर अनेकौं भुक्तमान सहेर ठुलो लडाईं जितेर जानु भएको छ। अब बाँकी रहेका भारे-भुरे रहल-पहल लडाईं हामीले लडेर जित्नु पर्नेछ। यो लडाईं जित्नका लागि हामी एमएनओका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुले एमएनओमा ध्यान पुर्बक तन-मन-धन लाएर काम गर्नु पर्ने हुन्छ। हामीले 80% हाम्रो उर्जा शक्ति नै एमएनओमा समर्पण गरिदिनु पर्छ। दैनिक एक देखि पाँच वटा सम्म कार्यक्रमको आयोजना गरेर कार्यक्रम पुरा गरी छाड्ने संकल्प लिनु पर्दछ। संकल्पमा तागत हुनु आवश्यक छ। आफन्त, नातागोता, साथीभाइ होस या दुश्मन जो कोहीलाई पनि एमएनओका कुरा शेयर गर्नु छाड्नु हुंदैन। एक जना होस, या थुप्रै मंगोल अनुहारका भेटियोस, भेटिए जति सबैलाई हामीले मंगोल दर्शनका कुरा राख्दै जानु पर्ने हुन्छ। यो देशको शिक्षाले अथवा पढाइएको इतिहास, विज्ञान, गणित, साहित्य, कथा, कविता, कानुन, मानवशास्त्र र समाजशास्त्रले हामीलाइ नुन तेल खान,जिविका चलाउनलाई बुद्दि र ज्ञान दिन सक्छ तर हाम्रो गुमेको अस्तित्व, खोसिएको अधिकार र स्वतन्त्रता दिन सक्दैन। यसको निमित्त हामीले युगपुरुष अमर ड. गोपाल गुरुङद्वारा लिखित किताबहरु (1) नेपाली राजनीतिमा अदेखा सच्चाइ।(2) नेपाल र सिक्किमको राजनीतिमा नौलो अछूत जनजाती फिरिङ्गेको सृजना।(3) अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेड (पिएचडी)। र (4) नेपाली राजनीतिमा मंगोलवाद-बाहुनवाद-माओवाद। पढ्नु,पढाउनु र मनन गर्नु अति जरुरी छ। इस्लामाबादको ग्रन्थ कुरान, कृश्चियनीटीहरुको पबित्र ग्रन्थ बाइबल र हिन्दुहरुको ग्रन्थ 4 वेदले हिन्दुवाद सृजना गरे जस्तै, एवमरीतले ड.गुरुङद्वारा लेखिएका यी 4 वटा पुस्तकहरु नै मंगोल राष्ट्रवादका ग्रन्थ या उपज हुन्। यसकारण हामीले यिनै किताबमा लेखिएका कुराहरु,विधान र घोषणापत्रमा भएका कुराहरुलाई नै नबुझेका नयां मंगोलहरुलाई सुनाउनु पर्छ-बुझाउनुु पर्छ। नभएको झुटो कुरा सुनाउनु हुँदैन र पुरा गर्न नसकिने सपना बाँड्नु पनि हुँदैन। यसो गरियो भने फस्न पगिन्छ। आखिरमा कुनै न कुनै दिन जनताले थाहा पाउंछन् नै। जनताले थाहा पाइसके पछि त्यो दिन भन्दा बेहालत अर्को राम्रो दिन हुन सक्दैन। बाहुनक्षेत्री नेताहरुले हिजोदेखि झुठो माथी झुठो बोल्दै आएको कारणले अहिले अफ्ठ्यारो स्थितिमा गुज्रिनु परिरहेको छ। न्याउरी मुसाले जहरीला गोमन सांपहरुसंग लड्छन् भने हामी त झन गोमन सांप भन्दा जहरिला बाहुनवादसंग लड्दैछौं। यसकारण प्रत्येक नेता तथा कार्यकर्ता साथीहरुले एमएनओका कुनै पनि बैठक, प्रशिक्षण कार्यक्रम र सभाहरु टुटाउनु हुंदैन। हतियारलाई सान लगाएर धारिलो बनाइ राख्नु पर्छ। कार्यक्रमहरु टुट्नु गयो भने हतियारको सान भुत्ते हुंदै जान थाल्छ अनि कसरी जहरिला सांपहरुसंग लड्ने? यसर्थ समय बलवान छ। हामीले संधै समयको पालना र इज्जत गर्नु सक्नु पर्दछ। साथै आफनो पदीय मर्यादालाई ख्याल गर्दै अनुसानको पालना गर्नुपर्ने पनि हुन्छ नत्र लाचारी र लावारीसको रोगले भेट्यो भने रोग निको हुनु गाह्रो पर्छ। चेतना रहोस सबैमा। जै मंगोल!

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्