शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"सुस्ताए जस्तो मंगोल"

Gaasti Magar | 16 अप्रिल 2020

"सुस्ताए जस्तो मंगोल"

जडिएको राहु शाषन पद्धति ।

ढलपलाउन लाग्दा बाधक बेतिथी ।।

मंगोल ज्ञान छर्दै आशाका रश्मि ।

सुस्ताएको जस्तो ज्ञान बोध भो, त्यो

अलि अलि

 

हर्ष बिभोर फुटेका हृदय ।

चञ्चलताले फुल्दछ मनोहरा ।।

मरेका छन् कि जिउँदा ? प्रश्न मनका

कण कण

 

यो चै हो है त्यो रातो लाईन लगाएकोमा भाई

फुटि आउँदैछ मंगोल ज्ञान पुञ्जनी।

अविरल वर्षामा घटका भरिन्दैछ बुँद बुँद।।

आशित मनका पीयूष भर्ने निर्भीक नेतृहरु।

सुस्ताएको जस्तो ज्ञान भो यो समय अलि अलि ।।

 

मंगोल रथका दक्ष चालक ज्ञानको भोका रहनु।

छैटौं दिशाका माझमा कुशला ज्ञान एक जानी लिनु।।

 

कविका रचना सर्जकका सृजना निरसिमा यो चल्दछ।

अन्याय जलित अग्नि हृदय स्पन्दन गरि जल्दछ ।।

सन्तोष राख्दैन कर्म रसेली बेला बेलाका फूल हँसेली।

सुस्ताएको जस्तो भो मंगोल विलिन्छ कि अलि अलि।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्