शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिदाहा बुद्ध लाइ नचिने सम्म गोपाल गुरुङ लाइ चिन्न सकिदैन

Mongol Vision | 24 अगस्ट 2020

सिदाहा बुद्ध लाइ नचिने सम्म गोपाल गुरुङ लाइ चिन्न सकिदैन

सिदाहा बुद्ध मंगोल थिए र उनि एकदमै नरम स्वभाव का महान विद्द्वान कसैको चित्त नदुखाउने र चित्त दुखाउने लाइ पनि सैद्धान्तिक तरिकाले जवाफ फरकाउने, उहाले आफ्ना भिक्षुहरुलाई हिंसा देखी सधै टाढा राख्नु भयो केवल अहिन्सा को मार्ग देखाउनु भयो कोहि तरबार लिएर काट्न आउछ भने पनि गला काट्न दिनु तर उल्टो तिमि तरबार लिएर काट्न नजाउनु भनेर सिकाए तात्पर्य के भने कोहि आइ लाग्यो भने पनि उसमाथी जाइ नलाग्नु भन्नी शिक्षा बुद्ध दर्शन मा पाइन्छ। 
त्यसैले ले बुद्ध धर्म लाई अङ्गालेर हिड्ने धेरै भन्दा धेरै भिक्षुहरुले आफ्नो ज्यान गुमाउनु परेको छ, बुद्द को निम्ती समानता, स्वतन्त्रता र भातृत्व अति प्रिय् थियो। यहि नै प्रेम को मार्ग थियो। बाहुनवादी हरु सङ्ग विचार कहिल्यै मिलेन बुद्ध को किन कि बाहुनहरु पुर्व जन्मको फल, अर्को जन्मको लोभ, नर्क र स्वोर्गको डर र पर्लोभनले दान दक्षिणा गर्न लगाइ शोषण गरेर आफ्नो स्वार्थ पुरा गर्नेमा बुद्ध थिएनन ।
दक्षिण अर्फिका मा पनि गोराहरु ले ३५० वर्ष शासन गरेका थिए त्यहा का काला निग्रोहरु लाई काट्थ्यो मार्थ्यो अन्याय अत्याचार को चरम सिमा नाघिसकेको थियो त्यसै बिच बाट एक महान व्यक्ती निस्किए नेल्सन मन्डेला जसले आवाज उठाए गोरा आर्यहरु विरुद्ध त्यही आवाज उठाउदा नेल्सन मन्डेला लाइ २७ वर्ष जेलमा कोचारी दिए र जेलमा उनलाई मानसिक यातना थुप्रै दिइयो, यहा तक कि पानी माग्दा त्यहाका जेलरले पिसाब फेरि दिए मुख मा यति अन्यायका बावजुत पनि नेल्सन मन्डेला झुकेनन आखिरकार गोरा हरु बाट मुक्ती दिलाएरै छोडे मन्डेला ले, तर पनि मन्डेला को महानता हेर्नुहोस जो व्यवहार गोरा आर्यहरु ले देखाएका थिए मन्डेला माथी र त्यहाका जनता माथी त्यही व्यवहार मन्डेलाले र त्यहाका जनहरुले कहिल्यै पनि गरेननन र कानुन पनि गोराहरु लाइ ठाउ मा राखेर बनाए, मन्डेलाले चाहेको भए उनले त्यो जेलरको मुखमा पनि पिसाब फेर्न सक्थे किन कि मन्डेला रास्ट्रपति भैइसकेका थिए तर पनि त्यसो गरेनन, मन्डेलाले ति गोरा हरु लाई त्यसै गर्न सक्थे जुन काम गोरा हरु ले मन्डेला माथी र त्यहाका जन माथी गरेका थिए तर पनि गरेनन मन्डेलाले हेर्नुहोस मन्डेलाको प्रेम महानता, नेल्सन मन्डेला भन्नु हुन्थ्यो " बदला ले देश विकास तर्फ होइन विनाश तर्फ जान्छ " 
र नेपालमा पनि १४९५ मा भारत बाट भागेर आएका बाहुन क्षेत्रीहरु आज कसरी देशको मालिक भए यो कुरा स्पष्ट पार्ने नेपालको एकजना मात्र व्यक्ती हुनुन्छ डा.गोपाल गुरुङ जसले बुद्ध को दर्शन लाइ अङ्गालेर मंगोलवाद खडा गर्नु भएको छ, आज नेपालका ८० प्रतिशत मंगोललाई मंगोल भन्न दिइएको छैन, हामिहरु को भाषा धर्म लिपि सबै जलाइएको छ, यति अन्याय भयो छ कि दक्षिण अफ्रिका मा जस्तो चरम सिमा नाघिसकेको छ त्यती अन्याय गरेका छन बाहुनवादीहरु ले, नेपाल मा पहिलो व्यक्ती गोपाल दाइले आवाज उठाउदा, गोपाल गुरुङ ले साम्प्रदायिक फैलायो र राजगद्दी ताक्यो भनेर दुईवटा मुद्दा मा जेल ठोक्दियो विभिन्न मानसिक यातना सहनु भयो र उहा ले जेलमा नै मंगोल नेशनल अर्गनाइजेसन जन्माउनु भयो ८० प्रतिशत लाइ एक गर्नु को लागी र बन्दुकको क्रान्तीले हाम्रो मान्छे धेरै लड्यो धेरै मर्यो त्यसकारण वैचारिक र सैद्धान्तिक लडाइ लड्चौ जुन लडाइ बुद्ध लडेका थिए हिन्दु वादी हरु सङ्ग, र त्यही लडाइ हो ब्यालेट को लडाइ, 
हिजो एउटा बाहुन ले केक मा नेपाल को नक्सा बनाएर केक काट्यो, अह नि आज एउटा मंगोल ले हिन्दु को झन्डा मा आगो लगायो, भोली अर्को बाहुन ले मंगोल को किताब मा आगो लगाउला, अह नि अर्को मंगोलले बाहुन को वेद, ग्रन्थ मा आगो लगाउछ, फेरि अर्को दिन एउटा बाहुन ले दुइजना मंगोल मार्ला, अर्को दिन एउटा मंगोल ले पाँच जना बाहुन लाई छप्काइदेला अह नि बिस्तारै देशको शान कतिबेला सम्सान घाट मा बद्लिन्छ पत्तै चल्दैन, एम.एन.ओ ले नाक को बदला नाक होइन कान को बदला कान मागेको होइन , एम.एन.ओ ले त केवल राजनैतिक शक्ती आफ्नो हात मा लिन चाहान्छ उदन्ड मचाउन हैन, हिजो पृथ्वीनारायण शाह ले नेपाल को राज्य कब्जा गरेर आफ्नो हुकुम चलाउन भाषा लिपि धर्म नाक कान दलित अछुत धेरै लाई बनायो, काट्यो जलायो, अब एम.एन.ओ ले त्यो चिज को बदला लिग्न हैन सिर्फ आफ्नो भुमी फिर्ता माग्ने हो जसरी नेल्सन मन्डेला ले मागेका थिए, एम.एन.ओ ले बुद्ध दर्शन लाई बुद्ध को तस्बिर लाई हरेक कार्यक्रम मा राख्दै र मान्दै आइराखेको छ, अब कसरी एम.एन.ओ ब्यालेट छोडेर अहिन्सा छोडेर वैचारिक क्रान्ति छोडेर , बुलेट को माध्यम हिंसा को माध्यम अङ्गालन सक्छ त्यसकारण राजनैतिक अधिकार आफ्नो हातमा लिनको लागी अनुशासित, सभ्य, शालिनता, प्रेम, ब्यालेट बाट वैचारिक क्रान्ती बाट अघि बढछ, 
"सफलता हासिल गर्न कठिन होला तर निश्चित छ, बस खाचो छ त केवल त्याग, लगनशीलता र चेतनाको "

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्