शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्वार्थी, धुर्त र राजनीति

Thupten Lama | 12 फेब्रुअरी 2019

स्वार्थी, धुर्त र राजनीति

नेपालका अहिन्दु मूलवासी मंगोल समुदायहरु तामाङ -शेर्पा -राई- लिम्बु -तमु- मगर- नेवार- सुनुवार- दनुवार -थामी माझी -भुजेल- योल्मो- हायु -पहरी- लाप्चा -सुरेल- जिरेल थारु -धिमाल- मेचे- राजबंशी- कोच- धुरा -चेपाङ आदिलाई हरेक क्षेत्रमा पछौट्याइएका छन्। यस बाहेक यहीँका मूलवासी मंगोललाई टुक्राएर पृथ्वीनारायण शाहले आफ्ना जेठान दिग्बन्धन सेनलाई ठुन्काएर उनका सन्तानलाई बर्तमान सार्की, उनका सिपाहींहरुलाई आफ्नो सेनाको लुगा सिउने, हतियार बनाउने, जुत्ता सिउने काममा लादयाे। जो आजको समाजमा दलित र कामी- दमाई- सार्की आदिले चिनिने गर्छ। जेठानलाई ठुन्काउनुको कारण थियो पृथ्वीनारायण शाहले भन्ने वित्तिकै उनकी स्वास्नी नपठाई दिनु। मंगोलहरु धेरै जसो इमान्दारी, नरम स्वभाव, आँटिला र धर्मप्रति आस्था राख्ने खालका हुन्छन्। भारतबाट मुसलमानहरुले लखेट्दा धोति र जनै मात्र लगाएर भागेका हिन्दु आर्य छेत्री-बाहुनहरु इण्डियाबाट नेपाल पसेपछि उनीहरुको नै बाहुल्यता बनाई कम्प्युटरमा भाइरस पसे झैँ नेपालका अहिन्दु मूलवासी मंगोलहरुको भूमि, सम्पति, र अधिकार माथि कब्जा गर्दै आज सम्म नेपालमा यिनीहरुले रुप रङ फेर्दै - नेपालका मूलवासी मंगोलहरु माथि एकलौटी कुराज्यसत्ता चलाउँदै आएको छ। आज पनि यिनीहरुले पद र पैसाको भरमा धाक धम्की दिइनै रहेका छ , जे पायो त्यही बोल्ने र लेख्ने गरेर हेपिनै रहेको छ। यिनीहरु स्वार्थी भएका कारण राजनीतिमा धुर्त छ। तैपनि राजनीतिमा यिनीहरु फेल खाँदै ओरालो लाग्दै छ। आदिवासी - जनजाति भन्नेलेहरुले त झन हाम्रो समाजलाई झन चौपट पारेको छ। यो मूलवासी Indigenous को नाममा ठगी खाने जमातलाई यसको अर्थ र असर नै थाहा छैन। यो ठग जमातले मूलवासी Indigenous को नाममा आज सम्म 6 अरब जति ठगेर खाएको छ, जुन कुनै दिन अदालतमा पुग्न सक्छ र रकम खोजी हुनेछ भनेर भन्नु हुन्थ्यो डा. गोपाल गुरुङ। आदिवासी - जनजाति भुत दरबारिया हुन् प्रतिगामी तत्व हुन् भनेर मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट डा. गोपाल गुरुङले आदिवासी-जनजाति जन्मेको एकसाल नबित्दै फेब्रुवरी 5, 1991 मा गतिविधि साप्ताहिकले लिएको अन्तरवार्तामा भन्नु भएको थियो। आदिवासी-जनजाति जमात मूलवासीको नाममा ठगी खाने अन्तराष्ट्रिय ठग जमात हुन्। यसले संयुक्त राष्ट्रसंघ,एशियाली बैंक, डिएफआइडी र बिश्व बैंकलाई समेत ठग्न सफल भएको छ। वास्तवमा जनजातिको कुनै देश हुँदैन। इण्डियामा जनजातिलाई फिरिङ्गे, बन्जरा भनिन्छ र अंग्रेजीमा नोम्याड, जिप्सी भनिन्छ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्