सोमबार 26 अगस्ट 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धा अाजकाे अावश्यकता।

Dhanmaya Mongol | 23 जूलाई 2019

स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धा अाजकाे अावश्यकता।

 कही नभएकाे जात्रा हाडि गाउमा भनेजस्तै नेपालमा अनेक थरीकाे किचलाे हुने गर्दछ, जसमध्ये अाजभाेलि नेपालमा अारक्षणकाे काेटाकाे निमित अान्दोलन गर्नुकाे सट्टा स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धाकाे माग गर्नुपर्ने अावस्यक छ, यहाँ जाे लाेकसेवाका के हाे थाहा छैन, उनीहरु अान्दाेलनमा उत्रेकाे देख्दा हाँसाे लागेर अाउछ, कामकुरा एकातिर कुम्लाेबाेकी ठिमितिर भनेजस्तै समस्या एकातिर छ, हल्ला गर्छन् अर्काेतिर, अादिवासी जनजातीकाे भिल्ला भिरेर अाफ्नै मालिकाकाे खटानमा साेझा जनताहरुलाई उफार्दै छ । लाेकसेवाकाे विषयमा व्याख्या विश्लेषण गर्दा किन मंगाेल समुदायहरुकाे नाम निस्किदैन, त्यसकाे विषयमा अध्यायन अनुसन्धान गर्न जरुरी छ । हिजाे हाम्राे पुर्खाहरुलाई शिक्षाबाट बञ्चित गरायाे, जसले गर्दा राज्यका कुनै पनि स्तरमा माैका मिल्न सकेन, त्यसैकाे असर हाम्राे पुस्ताले बेहाेर्नु परेकाे छ । यसकाे एउटै कारण हिन्दुवाद र बाहुनवाद । पहिलाेकुरा मंगाेलहरुकाे अाफ्नै भाषालिपि सँस्कार छन्, प्रायजसाेले खस भाषा शुद्धसँग लेख्न बाेल्न अाउदैन, भाषिक अशुद्धता, प्रश्नपत्रमा माैलिकताकाे कमी, अर्काे अनुहार, नातावाद कृपावाद, माहिलालाई कमजाेर मानसिकताले हेर्ने र घुसखाेरी लगायत राजनितिक पृष्ठपाेषण अादि इत्यादी । यदि नेपालमा माथिका यी राेगहरु नहुने हाे भने कसैलाई अारक्षण अावस्यक छैन । लाेकसेवा हाेस् या जुनसुकै क्षेत्र किन नहाेस् ।

     नेपालमा बाहुनबादकाे जालाेले बाँधेकाे 524 वर्ष हुँदै छ । जसकाे कारण अाज पिउनदेखि हाकिमसम्मकाे पदमा उनीहरुकै वर्चस्व रहेकाे छ । अहिले छिटपुट मात्रामा मंगाेल समुदायहरु भेटिन्छ । त्याे सकारात्मक पक्ष हाे । पछिल्लाे समयमा मंगाेल समुदायका युवायुवतीहरु पनि 101 पढे लेखेका छन् । लाेकसेवामा बढी चासाे लिने र हाेमिनेमा तिनै वर्ग पर्दछन् । के उनीहरुकाे पढाईस्तर वा याेग्यात कम भएर लाेकसेवा लगायत हरेक क्षेत्रमा प्रवेश कम भएर हुन् त ? हाेईन । के सच्चिकै मस्तिष्क तिक्ष्ण नभएर पछि परेका हुन्? हाेईन । राज्यले नेपालमा लाेकतन्त्रकाे खाेक्राे खाेल अाेड्न थालेपछि समावेशी अारक्षण काेटाकाे व्यवस्था ल्याईयाे । जसमा 100% मा 55% खुलामा र 45% समावेशी अारक्षण काेटामा छुट्याईयाे । 45% लाई 100% राखेर त्यसभित्र 33% महिला, 22% अादिवासी जनजाती 27% मधेशी, 9% दलित 5% अपाङ्गा र 4% पिछडिएका क्षेत्रमा विभाजन गरिएकाे थियाे। जस अनुसार 55% मा ब्रह्माण क्षेत्री ढलीमलि बाँकी 45% मा अहिन्दु मुलबासी मंगाेलहरु तछाडमछाड गरिरहेकाे अवस्था थियाे । अारक्षण काेटाले प्रतिस्पर्धात्मक मनाेबल कमजाेर बनाउछ । जसकाे परिणाम स्वरुप जति तयारी गर्नुपर्ने हाे त्यति तयारी गर्दैन । फलस्वरूप बाहुनबादले गाँजिएकाे वातावरणमा मंगाेलहरुलाई राज्यस्तरकाे क्षेत्रमा प्रवेश गर्न फलामकाे चिउरा चपाएजस्तै हुन्छ । भने बाहुन क्षेत्रीहरुले तयारी पनि थाेरै बढी तयारी गरेका पनि हुन्छन् । त्यसैमाथि उनीहरुकाे निमित अनुहार लगायत हरेक तबरले प्रवेश गर्न काफी हुन्छन् । माथि उल्लेख गरे अनुसार बाहुनवाद वा हिन्दुवादले बाहुन क्षेत्री वैश्य शुद्र भनेर जुन वर्णाश्रमी व्यवस्था ल्याएकाे छ त्यसअनुसार बाहुन र क्षेत्री बाहेक उच्च अाेहाेदामा हुनुहुदैन भन्ने मानसिकता अझै हटेका छैन् । जतिसुकै पढेलेखेका विद्वान बनाउदाे बाहुन क्षेत्रीले पनि हामी मंगाेलहरु अलि बढी अध्यायन तिर लाग्याे भने खिसिटिउरी गर्न थाल्छन् । याे कुरा सबैलाई सर्वविदितै छन् । मातृभाषा बाेल्नेहरुकाे हकमा भाषिक अशुद्धता नाैलाे कुरा हाेईन । प्रश्नपत्रमा माैलिकता नहुनु भनेकाे नेपालकाे ईतिहास पढ्दा क्रुर शाह शाषक, राणा शाषकहरुकाे बारेमा मात्रै रट्नुपर्ने हुन्छ । जसमा मंगाेलहरुकाे पुर्खाकाे ईतिहास गुमनाम पारिएकाे छ । यसरी ईतिहासमा अाफ्नाे माैलिकता कम हुदा र अर्काे कुरा प्रश्नपत्रमा कथित मानाेवादी र हिन्दुवादसँग सम्बन्धित विषयवस्तु समेटिएकाे हुन्छ । याे भन्दा डरलाग्दाे कारण अनुहार, घुसखाेरी, भ्रष्र राजनैतिक पृष्ठापाेषण हाे । जुन लिखितमा भन्दा पनि अन्तवार्तामा बढी परिचालित हुन्छन् । अन्तवार्तामा प्रश्न साेध्ने मंगाेल समुदायकाे भेट्न मुस्किल पर्छन् । त्यसकाे ठाउमा नाक लामाे र अाँखा भित्र गाडेकाहरु नै बढी मात्रामा हुने हुनाले उनीहरुले अाफुसँग अनुहार मिल्नेहरुलाई नै छनाैट गर्दछ । त्यसपछि बाँचेकुचेकाे राजनैतिक दलहरुकाे हनुमान जसले मालिकलाई रिझाउछन् । उनीहरुले एक शब्द बाेलिदिने बितिकै छनाैट पक्का । केही पैसावालाहरु पद किन्छन् । जसमा टेबुलमुनिकाे पैसाले अन्यलाई अन्यायमा पार्छन् । साथै नारीहरुकाे अारक्षण काेटा पनि उस्तै हाे, नारीलाई हिन्दु सँस्कारले दाेस्राे दर्जामा राख्दै अाएकाे मानसिकता अझै हटाउन सकेकाे छैन । जसले नारीकाे प्रवेश पनि कम छन् । तर नारी वा अन्य मंगाेल समुदायकाे जनशक्तिले खुलामा नाम निकाल्दा पनि त्यही समावेशी काेटामै सिमित राख्ने र पछि हेय्याकाे दृष्टिले गर्छन् । याे गलत हाे, नेपालका मुलबासी मंगाेलहरुमा छुट्टाछुट्टै क्षेत्रमा दखल, याेग्यता र क्षमता छन् । जसकाे उदाहरणका निमित कुलमान घिसिङ तामाङ र महावीर पुन मगर जस्ता व्यक्तित्वहरुलाई लिन सकिन्छ । समग्रमा नेपालकाे कर्मचारी तन्त्रमा अनेक किसिमकाे षड्यन्त्र हुने गर्छन् । यसाे भनिरहदा के सबै क्षेत्रमा प्रवेश त्यस्तै अवैधानिक रुपमा भएका छन् ? हाेईन यसमा स्वच्छ प्रतिस्पर्धामा 5% ले अाफ्नै क्षमता र याेग्यताले प्रवेश गरेका छन् । बाँकी 95% यस्तै राेगले ग्रसित भएकै कारण नेपालमा भ्रष्टाचारका सिमाले चरमचुली नाघेकाे छ । अन्तिममा सम्पुर्ण 80% अहिन्दु मुलबासी मंगाेलहरुलाई अाफ्नाे अस्तित्वको निमित हाेमिदै स्वच्छ प्रतिस्पर्धाकाे मध्यमबाट प्रवेश गर्नुहाेला । जाे जतिले प्रवेश गर्नुभएकाे छ , उहाहरुले मंगाेल दर्शनलाई पनि अध्ययन गर्नुहाेला । त्यसैले सरकारी सेवामा प्रवेश गर्न कुनै नातावाद, कृपावाद, घुसखाेरी, र राजनैतिक दलकाे पृष्ठपाेषण नगरी अाफ्नै क्षमता, याेग्यताले प्रवेश गरेर भ्रष्टाचारको जालाेलाई भ्रष्टाचारको जालाेलाई ताेडेर असल ईमान्दार कर्मठ र सभ्य नागरिककाे रुपमा अाफुलाई चिनाउनु अाजकाे अावस्यकता हाे । समावेशी काेटाकाे भर पर्ने हाेईन खुला प्रतिस्पर्धामा उत्रिने सहास जुटाउनुहाेस् । तर स्वच्छ प्रतिस्पर्धाकाे निमित पहल गर्नुहाेस् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्