बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समृद्ध नेपालको अभियानमा युवाहरु र बुद्धको शिक्षा

Laasim Hang Mongol | 2 मे 2019

समृद्ध नेपालको अभियानमा युवाहरु र बुद्धको शिक्षा

महेन्द्रकुमार शाक्य

“समृृद्ध नेपाल” नेपालीहरुको साझा चाहना हो । नेताहरुले देखाउ“दै आएको सपना पनि हो । तर नेपाल समृद्ध भएको देख्ने दशकांै पुरानो नेपालीहरुको चाहना पूरा हुने लक्षण अभैm देखिएको छैन । भ्रष्टाचार बिरुद्ध कार्यरत ट्रान्परेन्सी इन्टरनेशनलको २०१७ मा प्रकाशित प्रतिवेदनअनुसार नेपाल दक्षिण एशियामा ब¨लादेश र अफगानिस्तानपछि तेस्रोे सबभन्दा भ्रष्ट देश हो । प्रतिवेदनले राजनीतिक दल र नेतालाई सबभन्दा भ्रष्ट देखाएको छ । राजनीतिक दलहरुकै संरक्षणमा मौलाउ“दै गएको भ्रष्टाचार, दण्डहिनता, गैह्रजिम्मेवारी जस्ता विकृतिहरुकोे कारण देश अहिले तिव्र गतिमा ओह्रालो लागिरहेको आम बुझाइ छ । देशमा राजनीतिक परिवर्तन भए, व्यवस्था बद्लिए, विभिन्न दलहरु सरकारमा आए तर नेपालीहरुको समृद्ध नेपाल देख्ने दशकांै पुरानो सपना अहिलेसम्म अधुरै छ ।

हामीले ३० वर्षसम्म राजाको प्रत्यक्ष शासन भोग्यौं । त्यसबेला राजतन्त्रलाई ‘देशको विकास प्रयासमा सबभन्दा ठूलो बाधा’ भनियो । ‘देशको समुन्नतिको लागि बहुदलिय प्रजातन्त्र अपरिहार्य छ’ भनियो । २०४६÷४७को आन्दोलनबाट बहुदलिय प्रजातन्त्र पुनःस्थापना भयो । संसदीय चुनावमा प्रष्ट बहुमत ल्याएर नेपाली कंग्रेसको सरकार बन्यो तर जनताका अपेक्षाहरु अधुरै रहे । नेपाली जनताका आधारभूत आवश्यकताका वस्तुहरु स्वदेशमै उत्पादन होस्, परमुखी हुनु नपरोस् भनेर मित्रराष्ट्रहरूले बनाइ दिएका उद्योग, कलकारखाना सबै निजीकरणको नाममा बेचिए । आफ्ना निहित स्वार्थको लागि शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत अधिकारका विषयहरुमा पनि व्यापारीकरणको बाटो खोलियो (रविन्द्र मिश्र, २०७५) । देशले २५ वर्ष लामो भागबन्डाको अस्थिर राजनीति झेल्नु पर्यो । देशभन्दा पनि आफैं धनी बन्ने प्रवृत्ति, जसले जसरी जति कमाए पनि छानबिन नहुने दण्डहीनता हावी भयो । १७ हजारभन्दा बढी नेपालीले माओवादी विद्रोहको नाममा ज्यान गुमाए ।

समृद्धिको सपना र युवा
लामो समयको अस्थिरता र उतार–चढावपछि अहिले संविधानसभाबाट नया“ संविधान बनेको छ । केन्द्र र प्रदेश सबैमा अहिले पूर्ण बहुमतको सरकार छ । देशको समुन्नतिको लागि अपरिहार्य ठानिएको राजनैतिक स्थिरताको आधार तयार भएको छ । हामीले लामो समय प्रवासमा बसेर क्रान्ती गरेका नेपाली कंग्रेसको सरकार भोग्यौं । भूमिगत बसेका कम्युनिष्टहरुको सरकार देख्यौं । १० वर्ष जनयुद्ध लडेका माओबादीकोे सरकार पनि देखियो । भोलि कुनै नया“ दल सरकारमा आउलान् तर जवसम्म हामी जनता, हाम्रा नेता, कर्माचारीतन्त्र, व्यापारी, व्यवशायी इमानदार, स्वाभिमान र जिम्मेवार बन्न सक्तैनौ, जुनसुकै दल सरकारमा आए पनि त्यसले खासै फरक पार्ने छैन । व्यवस्था जति नै राम्रो भएपनि जवसम्म शासन संयन्त्रमा लोभी र भ्रष्टहरुको बाहुल्यता रहन्छ तबसम्म समृद्धि सम्भव छैन । यस यथार्थलाई देशको समृद्धिका लागी अपरिहार्य हाम्रा युवाहरुले पनि हृदयङ्गम गर्न जरुरी छ ।

भ्रष्टाचार र दरिद्र मानसिकता
अहिले देश गम्भिर अवस्थाबाट गुज्रदै छ । देशमा इमान्दारिता, स्वाभिमान र जवाफदेहिता हराएको अवस्था छ । देशको उच्च हैसियतमा रहेका राजनीतिक दलहरुबाटै भ्रष्टाचारीहरुको संरक्षण हुनु नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको एउटा मुख्य कारण भएको विशेष अदालतका पूर्वअध्यक्ष, गौरीबहादुर कार्कीले कान्तिपुर टेलिभिजनसंगको एउटा अन्तरवार्तामा बताउनु भएको छ । तस्करहरुको संरक्षणमा नेता, प्रशासन र अदालतसमेत लागेको खुलासा बहालवाला गृहमन्त्री स्वयम्ले गर्नुले पनि यसको पुष्टि हुन्छ । तीब्र गतिमा बढिरहेको व्यापारघाटाको कारण देशको अर्थतन्त्र घराशायी भइरहेको अवस्थामा पनि ठूलो संख्यामा ‘जिम्मेवार राष्ट्रसेवकहरु’ बजेट सिध्याउनकै लागि विदेश भ्रमण जानुले राष्ट्रप्रतिको उनीहरुको गैह्रजिम्मेवारी मात्र हैन दरिद्र मानसिकता पनि उजागर गरेको छ । प्रदेशमा प्रादेशिक सरकार रहने अहिलेको राज्य संरचनामा बढीमा १५ वटा मन्त्रालय भए पुग्ने विज्ञहरुको प्रतिवेदनको वेवास्ता गर्दै केन्द्रमा मन्त्रालयको संख्या २२ पु¥याइसकिएको छ । भागबण्डाकै लागि मन्त्रालय टुक्र¥याइ राष्ट्रलाई अर्बाैंको थप आर्थिक भार बोकाउने राजनैतिक दल र नेताहरुको गैह्रजिम्मेवारी अभैm पनि यथावत रहनु दुर्भाग्यपूर्ण छ ।

दशकौं लामो राजनीतिक अस्थिरता, मौलाउ“दै गएको भ्रष्टाचार र दण्डहीनताको कारण सर्वसाधारणको अवस्था दयनीय बन्दै गएको छ । अहिले नेपालमा इमानदार भएर पनि बाँच्न सकिन्छ भन्ने विश्वास हराउँँदै गएको छ । ठाउँमा आफ्नो मान्छे नहुनेहरूका लागि उच्च शिक्षाका प्रमाण–पत्र कागजको खोस्टा भन्दा बढी हुनसकेको छैन । लाखौं नेपाली युवाहरु खाडी देशहरूमा मरुभूमिको चर्को गर्मीमा पसिना चुहाउँदै ज्यानैसम्म जाने जोखिमपूर्ण काम गर्न वाध्य छन् । युवाहरुको विदेश पलायनले कृषिप्रधान देशमा कृषियोग्य भूमि बाँझो रहने अवस्था आएको छ भने धेरै समाजिक विकृतिहरु पनि भित्रिइरहेका छन् । देश अहिले युवाविहीन बन्ने दिशातिर अग्रसर भइरहेको छ ।

इमानदार नैतिकता वोधमा किन कमी आयो ?
शदियौंदेखि स्थापित हाम्रा धार्मिक एवम् साँस्कृतिक परम्परा विरुद्ध विद्यमान राजनीतिक अस्थिरताको फायदा लिएर अनेकन अतिक्रमणका प्रयासहरु भएका छन् । शील र सदाचारका विषयहरुले पाठ्याक्रममा महत्व नपाउँदा युवापुस्तामा आमाबुवा, समाजप्रतिको नैतिक जिम्मेवारी एवम् इमानदारिता बोधमा कमि आएको छ । यस्तो अतिक्रमणले ल्याएको सामाजिक, धार्मिक र साँस्कृतिक विचलनले गर्दा पनि देशमा भ्रष्टाचार र बेथिति ह्वात्तै बढेको छ । युवाहरुमा विदेश र विदेशी संस्कृति प्रतिको मोह बढ्दै जानु, आफ्नो भन्दा पनि पाश्चात्य संस्कृति प्रतिको आकर्षण र १० जोड २ कक्षा उत्तीर्ण गरेपछि विदेश जाने लहरले समृृद्ध नेपालको सपनालाई कहा“ पुर्याउने हो ? चिन्ताको विषय भएको छ ।

आध्यात्मिक चिन्तनको महत्व
अहिले हाम्रो देशमा जताततै धार्मिक मुल्य र मान्यतामा ह्रास आएको छ । पापको फल भोग्नुपर्छ भन्ने डर कसैमा भएजस्तो देखिंदैन । यो नै भ्रष्टाचार र बेथिति बढ्नुको एउटा प्रमुख कारण हो भन्नुमा अत्युति नहोला । धर्म–नीति ठीक हुन्थ्यो र पाप गरेपछि दण्डित हुनैपर्छ भन्ने डर रहन्थ्यो भने यस्तो दण्डहीनता र छाडापन मौलाउने थिएन । बेइमानीको बाटो हिँडेर कसैले पनि सुःख र शान्ति प्राप्त गर्न सक्तैन भन्ने तथ्य बुझाउन सकिन्थ्यो भने यतिविधि भ्रष्टाचार मौलाउने नै थिएन । घरमै छाडेर जानुपर्ने सम्पत्ति र घाटसम्म मात्र आउने छोराछोरी आफन्तको लागि जोड्न मृत्युपर्यन्त छाया भई संगसंगै आउने भ्रष्टाचार जस्तो दुष्कर्म गर्ने मूर्खता मानिसले गर्ने थिएनन् । त्यसैले भ्रष्टाचार पाप हो र पापको अन्त्य अश्रुपूर्ण र पीडादायी हुन्छ भन्ने धार्मिक तथ्य नेता, राष्ट्रसेवक, व्यापारी, सर्वसाधारण सबैमा बुझाउन जरुरी छ । “समृृद्ध नेपाल”को अभियानमा अहम् भूमिका बोकेका युवाहरुले पनि यो आध्यात्मिक तत्थ्य बुझ्न जरुरी छ ।
 

"जगतमा त्यस्तो ठाउ कही छैन, न त अन्तरिक्षमा, न त समुद्रको बीचमा, न त कुनै पर्वत या गुफामा जहा“ रहेर आफुले गरेका पापकर्मको दण्डबाट भाग्न सकियोस् ।”

भ्रष्टाचार गर्नमा रमाइरहेका भ्रष्टहरुलाई धम्मपदमा रहेका यस्ता बुद्ध–वचनहरु लेखिएका ठूला–ठूला होर्डिङ बोर्डहरु सातैवटा प्रदेशका प्रशासकीय भवन र ७५३ स्थानिय निकायहरुमा राखेर खबरदारी गर्न जरुरी छ ।

भ्रष्टाचारको जालोबाट कुनै पनि निकाय अछूतो नरहेको नेपालको अहिलेको अवस्थामा भ्रष्टाचार नियन्त्रण कार्यमा युवाहरुको भूमिका अपरिहार्य छ । न्याय र दण्ड दिने निकायहरुको भूमिका नै विवादास्पद रहेको हाम्रो देशमा अहिले “सानालाई ऐन ठूलालाई चैन” भन्ने उक्ति चरितार्थ भएको छ । कानुन र दण्ड साना र कमजोरलाई मात्र भएको तर धनी र बलियालाई यसले छुनै नसकेको तीतो यथार्थ हाम्रा सामु छ । यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणको लडाइमा धर्म एउटा दीर्घकालीन र दिगो विकल्प हुनसक्छ । नैतिक, इमानदार र जिम्मेवार नागरिकहरुको बाहुल्यता बढाउदै समृद्ध नेपालको सपना साकार पार्न धर्म विकल्परहित माध्यम हुनसक्छ ।

बुद्धबाट सिक्ने अभियान
सन् २०१८ मार्च ३ मा नेपाली युवाहरुको अग्रसरतामा काठमाडौंको टुडिखेलमा ‘द्यगममजब धबक द्ययचल ष्ल ल्भउब’ि (बुद्ध नेपालमै जन्मेका थिए) अभियान सम्पन्न भएको छ । ७५ हजारको उपस्थिति अपेक्षा गरिएको त्यस कार्यक्रममा एक लाखभन्दा बढीको उपस्थिति रहेको अनुमान गरिएको छ । यस अभियानले बुद्ध कुनै एउटा जाती र साम्प्रदायको मात्र नभै सिंगो देशकै गौरव र प्रतिष्ठा हुन् भन्ने सन्देश सबैले आत्मसात गरेको पाइएको छ । ‘बुद्ध जन्मेको देश’ भनेर यत्रो अभियान चलाइरहेको अवस्थामा नेपाली युवाहरुले सबैभन्दा पहिले आफ्नै देशमा जन्मेका महामानवले विश्वसमुदायलाई कस्तो शिक्षा दिनुभएको रहेछ भनेर बुझ्न जरुरी छ । बुद्धको जन्मभूमिको गौरव प्राप्त देशका बालबालिका र युवाहरुलाई उहाँको शील, समाधि र प्रज्ञाको शिक्षा बुझ्ने अवसर उपलब्ध गराउन आवश्यक छ । ‘बुद्ध जन्मेको देश’ भन्नुलाई नै सम्पूर्ण उपलब्धि ठानेर सन्तुष्ट भैरहेको अहिलेको अवस्थामा ‘बुद्धभूमि’ हाम्रा लागि ‘नजान्नेलाई खुर्पाको बिंड’ मात्र भएको छ । बुद्धको शिक्षाबाट हाम्रा युवाहरु एवम् नेता र राष्ट्रसेवकहरूलाई शीलवान् र नैतिकवान् हुन प्रेरणा मिल्थ्यो भने यसले व्यक्तिगत सुःख र शान्तिमात्र होइन, समग्र देशकै विकासमा अनमोल योगदान पुर्याउन सक्थ्यो ।

देशमा इमान्दार र जिम्मेवार नागरिकहरूको सदैव बाहुल्य बनाउन भविष्यका तारा मानिएका बालबालिकामा बाल्यकालबाटै धार्मिक चेतनाको अभिवृद्धि गराउनु जरुरी छ । आफूले गरेका राम्रा नराम्रा कर्महरूको फल आफैंले भोग्नुपर्छ भन्ने तत्थ्य बुझाउनु जरुरी छ । पापकर्म गर्नेहरूले पापकर्म गरेबापत दण्ड–सजाय नभोगी छुट्कारा पाउँदैन भन्ने तथ्य बुझेका बालबालिकाबाटै इमानदार र जिम्मेवार भावी नागरिकहरूको अपेक्षा गर्न सकिन्छ । त्यसैले, विद्यालयहरूमा प्राथमिक तहबाटै शील–सदाचारका शिक्षा र ध्यान–अभ्यासलाई समावेश गर्दै लानु आवश्यक छ । तर अहिले बुद्ध जन्मेको देश नेपालमा सर्वसाधारण नागरिक मात्र हैन स्वयं आफुलाई बौद्ध भन्नेहरु पनि बुद्ध र उहाँको शिक्षाबारे अनभिज्ञ रहनु परेको खेदपूर्ण अवस्था छ । हाम्रा पाठ्यपुस्तकहरुमा बुद्ध र उहाँको शिक्षा सम्बन्धी एक वा दुइ पृष्ठको लेखसम्म पनि समाबेश नगरिनु दुर्भाग्यपूर्ण छ ।

भारत वर्षका महान मौर्य सम्राट, अशोक आफ्नो राज्याभिषेकको बिसौं वर्षमा आफ्ना गुरु भिक्षु उपगुप्त महास्थविरका साथमा नेपाल आएर बुद्धको जन्मस्थल लुम्बिनीमा स्तम्भ राख्नुका साथै त्यहाँका जनतालाई करमुक्त गर्नुभएको थियो । त्यस्तै, उहाँले काठमाडौं उपत्यकामा बुद्धको अस्थिधातु राखेर चारवटा साना र एउटा ठूलो गरी पाँचवटा चैत्य बनाउनुभएको थियो, जो अहिलेसम्म पनि यथावत् छन् । भारत वर्षका अति व्यस्त सम्राट यातायातका कुनै पनि विकसित साधन नभएको समयमा महिनौं वा वर्षौं लगाएर नेपालआई स्तम्भ र चैत्य निर्माण गराउनु भएबाट बुद्धको शिक्षाप्रति उहाँको श्रद्धा कत्ति प्रगाढ थियो भनेर आँकलन गर्न सकिन्छ । प्रजालाई सन्तानसरह ठान्ने सम्राटबाट बुद्धप्रति त्यत्रो समर्पण किन भयो ? बुद्धको शिक्षामा उहाँले त्यस्तो के पाउनु भयो ? यो हाम्रो युवापुस्ताका लागि मननयोग्य छ । सम्राटको समर्पणबाट प्रेरणा लिएर हाम्रा युवाहरुले बुद्धको शील, समाधि र प्रज्ञाको शिक्षाबारेमा बुझ्न एवम् अध्ययन र अभ्यास गर्न जरुरी छ ।

विपश्यना ध्यान के हो ?
शरीरमा निरन्तर उत्पन्न हुँदै नष्ट हुँदै गर्ने संवेदनाहरुको अनित्य स्वभावलाई समभावले हेर्दै परम् सत्यसम्म पुग्ने साधना विधि नै विपश्यना हो । भगवान बुद्धको समयबाटै ‘गुरु शिष्य परम्परा’ अनुसार एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण हुँदै आएको कारण यो विद्या सुरुकै अवस्था र स्वरुपमा पवित्र रहेको गुरुहरुको मान्यता रहिआएको छ ।

विपश्यनाका साधकहरुलाई प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रह्मचर्यको पालना गर्ने, झुटो नबोल्ने, मात लाग्ने नसालु पदार्थ सेवन नगर्नेजस्ता पञ्चशील पालन गर्न लगाइन्छ । पहिलो साढे तीन दिन आफ्नो स्वास–प्रस्वासमा केन्द्रित रहने ‘आनापाना ध्यान’ गर्न लगाइन्छ र बाँकी साढे छ दिन आफ्नो शरीरमा निरन्तर उत्पन्न हुँदै–नष्ट हुँदै रहने संवेदनाहरुको अनित्य स्वभावलाई हेर्न लगाइन्छ । शिबिरको पहिलो नौ दिन पूर्ण मौन बस्न आवश्यक हुन्छ र दशौं दिन ‘मंगल मैत्री’ अथवा ‘पुण्यको अंश बाँड्ने’ ध्यानसंगै शिविरको समापन हुन्छ ।

यसरी १० दिनसम्म पूर्ण अनुशासन र सदाचारको पालना गरि विपश्यना ध्यान अभ्यास गरेका साधकहरुमा आध्यात्मिक रुपान्तरणको साथै आचरणमा पनि सकारात्मक सुधार हुने अपेक्षा गर्न सकिन्छ । यसरी पवित्र शील–सदाचारको सघन अभ्यासबाट आफ्नो पेशागत जीवनको सुरुआत गरेका राष्ट्रसेवकबाट भ्रष्टाचार जस्तो निकृष्ट कार्य हुने सम्भावना न्यून हुनु स्वाभाविक छ । पवित्र शील सदाचारको जगमा उभिएर ध्यान अभ्यास गर्ने अवसर पाएका युवाहरुबाट इमानदारिता र राष्ट्रप्रतिको जिम्मेवारी बोधको अपेक्षा गर्न सकिन्छ ।

ईसा पूर्व ३०० मा भारतवर्षका सम्राट अशोकले आफ्नो विशाल साम्राज्यको शासन–प्रणालीमा सुधार ल्याउन विपश्यनालाई साधनकोे रुपमा प्रयोग गरेको पाइन्छ । फलस्वरुप सम्राटको शासनकालमा भारतवर्षको शासन–प्रणाली मानव इतिहाँसमै अतुलनीय मानिन्छ । अहिले उपत्यका लगायत देशका प्रमुख शहरहरुमा निःशुल्क खाने–बस्ने व्यवस्थासहित १० दिवसीय विपश्यना शिबिर संचालनमा छन् । हाम्रा नेता, सांसद, राष्ट्रसेवक र युवाहरुलाई बुद्धको शिक्षासंग परिचित गराइ उनीहरुमा नैतिक जिम्मेवारी, राष्ट्र र जनताप्रतिको उत्तरदायित्व बोध गराउन विपश्यना साधनालाई प्रवेश बिन्दुको रुपमा सदुपयोग गर्न आवश्यक छ ।

अन्त्यमा,
नेपालमा भ्रष्टाचार र गैरजिम्मेवारी पन झन्झन् बढिरहेको परिप्रेक्ष्यमा सुधार ल्याउन र सुशासन कायम गर्न विपश्यना साधना एउटा सस्तो र भरपर्दाे विकल्प हुनसक्छ । भ्रष्टाचार नियन्त्रणको प्रयासमा विपश्यना साधना एउटा दिगो समाधान हुनसक्छ । भारत सरकारले आफ्ना राज्यहरुमा कर्माचारीतन्त्रमा सुधार ल्याउन उत्तम विकल्पको रुपमा विपश्यना साधनालाई अङ्गिकार गरिसकेको छ । त्यहाँ विपश्यना साधनाबाट कैदीहरू तथा गृह र प्रहरी प्रशासनमा कार्यरत कर्माचारीहरुमा आएको सकारात्मक परिवर्तनबाट सिक्दै हाम्रो सरकारले पनि नेपाल प्रहरी, मालपोत, नापी, गाउँ तथा नगरपालिका र बैंक जस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयका कर्माचारीलाई आधारभूत प्रशिक्षणकै अंशको रूपमा विपश्यना शिविरमा संलग्न गराउँदै लाने नीति अवलम्बन गर्न जरुरी छ । त्यसैगरी राष्ट्रको समृद्धिमा अहम् भूमिका रहेका युवाहरुलाई पनि विपश्यना शिविरमा संलग्न गराइ उनीहरुमा राष्ट्रप्रतिको जिम्मेवारी बोध गराउनु जरुरी छ । नेपाली युवाहरुले पनि विपश्यना साधनालाई बुद्धको शिक्षासंग परिचित हुने र अभ्यास गर्ने सौभाग्यको रुपमा सदुपयोग गर्न जरुरी छ । ताकि, बुद्ध जन्मेको देश भनिरहँदा उहाँको शिक्षाबाट समग्र देश लाभान्वित हुन सक्नुपर्छ, समृद्ध नेपालको अभियानमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

साभारः bodhi Tv

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्