बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समृद्धशाली राष्ट्र निर्माणको निम्ति राजनैतिक स्थायित्वको खाँचो छ

Renchen Dorje Tamang | 19 फेब्रुअरी 2019

समृद्धशाली राष्ट्र निर्माणको निम्ति राजनैतिक स्थायित्वको खाँचो छ

      मंगोल नेशनल अर्गनाइजेशन फाउण्डर प्रेसिडेण्ट डा.गोपाल गूरूङले सन् 1989 जनवरी 1 मा बन्द कालो जेलको कोठा भित्र political power is the master key of all locks भन्ने महान वाणी र मंगोल दर्शनको साथमा जन्माउनु भयो । उहाँ 80% अहिन्दु मूलबासी मंगोलहरूको शिर ठाडो पारेर निस्कनु भो । प्रेसिडेण्ट डा गोपाल गूरूङले जसरी दुख पिडा कष्ठमा MNO को झण्डा,घोषणा पत्र र संगठन स्थापना गर्नुभयो त्यसपछि खुल्ला आकाश मुनी आइसकेपछि पनि त्यस्ता धेरै चुनौतीहरू सँग जुध्न पर्यो धेरै ,लड्न पर्यो ब्यक्तिगत र सांगठनिक रुपमा । बिगतमा हामी लड्नु पर्‍यो । MNO र गोपाल गुरुङ नेपालको अहिन्दु मूलबासी मंगोलहरुको इतिहास र भबिष्य बर्बाद पार्नेहरू सँग लड्नु भो । लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको मुद्धा स्थापित गर्दै ज्यानको बाजी लगाएर लड्नु भयो ।समानता, स्वतन्त्र ,भातृत्व, मङ्गोलहरूले पाउनु पर्ने नैसर्गिक मानव अधिकारको निम्ति ,मूलबासी मंगोलहरूलाई जिउँदो मान्छे जस्तो भएर बाच्न मर्नको निम्ती आफ्नो भाग्य रेखा आफैंले कोर्न सक्ने बनाउनको निम्ति, शाषित होइन शाषक बनाउनको लागि मंगोल नेशनल अर्गनाइजेशनले लडिरहेको छ । लडिरह्यो । लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तियताको पक्षको निम्ति राजतन्त्रको बिरोध गर्दा डा गोपाल गुरूङले कठोर जेलजीवन मात्र होइन समाज बाट र आफ्नै आफन्तहरू बाट पनि घृणा र तिरस्कारहरू बेहोर्नु पर्यो साम ,दाम ,दण्ड र भेदहरु सहनुपर्यो तै पनि मंगोल नेशनल अर्गनाइजेशन र डा. गोपाल गुरुङ 80% अहिन्दु मंगोलहरूको नेतृत्व गर्दै अगाडी बढिरह्यो जो आज सम्म पनि जारी छ ।

     बिगतदेखि आज सम्म MNO ले लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तियता हाम्रो मुद्धा हो भनेर आम मानिसहरु माझ पुराउन पाएनौ त्यो बुझाउन नसक्नुमा होला हामीले पनि आत्म समिक्षा गर्नु पर्ला हामी कहाँ चुक्यौ कसरी चुक्यौ भनेर त्यो एउटा पाटो हुनसक्छ तर त्यो भन्दा धेरै हामी र हाम्रो जनता बिच हाम्रो सत्य कुराहरू पुराउनबाट रोक्न स्वदेशी बिदेशी तथा पुरै राज्य शक्ति लागेर हामीलाई अवरोध गरेको थियो हामीमाथि लागेको षड्यन्त्रहरू चिर्न नपाऊदै हामी जस्तै अनुहारकाहरूलाई एक्काइसाैं आदिवासी, जनजाती बनाएर मूलबासी मंगोलहरूको बिरोधी र बाहुनछेत्रीको लागि भोटर ब्याङ्कको रूपमा बाहुनछेत्रीले परिचालन गरिरहेका छन् । मान्छे मंगोल हो तर बाहुन छेत्रीको ईशारामा चलेपछि हामी यो देशको मूलबासीहरूको बिकास कसरी हुन्छ ? अहिले आएर यो देशमा हामी मूलबासी मंगोलका पुर्खाहरुलाई कसैलाई राक्षसको सन्तान भनेर हामीबाट बिमुख गरायो ,कतिलाई  बिद्रोही भनेर समाजको नराम्रो दृष्टिकोणबाट समाजमा चित्रित गरियो । हाम्रो समाजका अग्रजहरू, बिद्धानहरू लखन थापा मगर, श्रिपति गुरूङ, श्रिजंङ्गा थेवे, रामप्रसाद राईहरूलाई विभिन्न आरोप लगाए जसरी हाम्रो पुर्खाहरूलाई सिध्याइन्थ्याे । आज पनि मंगोल नेशनल अर्गनाइजेशनलाई कहिल्यै साम्प्रदायिक्ता कहिल्यै क्रिश्चियनको पार्टी भनेर बिषालु प्रहार गर्दैछ । हामी कुनै समुदायप्रतिको साम्प्रदायिक सोच होइन् समानता खोजेको हो, हामी कुनै क्रिश्चियन होइन् हिन्दुबाद र हिन्दु भित्र रहेको कुसंस्कार र कुरिती जसको कारण समाजलाई अगाडी बढ्नबाट रोकिराखेको छ ,समाजलाई रोकिराख्ने त्यो कुसंस्कार र कुरितीको बन्धनलाई मात्र हामीले तोड्न खोजेको हो ।उनिहरूले आफुले आफैलाई सबै भन्न पाइन्छ तर यो समाजको बिकास एक्काइसाैं शताब्दी सूहाउँदो हाम्रो इतिहास रोक्न पाइदैन भन्ने हाम्रो आवाज हो तसर्थ एमएनओको नीति, निर्देशन र निर्माण अनुसार यो भित्र हिन्दु बाहेक हामी सबै मंगोलहरू अटाउन सक्छौ र अटिरहेका छौं । तसर्थ हामीले चाहेको यो देश नेपाल भनेको स्वतन्त्रता, समानता ,भातृत्व एक्काइसाैं शताब्दी सुहाउँदो सबै मानिसले मानिस जस्तो भएर बाच्न पाउने अधिकार ,मानव अधिकार चाहेको हो । यो देशको एक्काइसाैं शताब्दी सुहाउदो आधुनिक प्रविधीले बिकास गर्ने कुरा हो । के यसलाई रोक्नेहरु देशभक्त बिकासप्रेमी हुन सक्छ ? हिजो हामी भन्दा चरम गरिबीमा रहेको देशहरूले आज हामीबाट जिउँदो मान्छे आयात गर्ने भइसके हामी जिवित मान्छे उत्पादन गर्दै निर्यात गरिरहेका छौ ।

 

     बेरोजगारीको बितृष्णामा छौ हामि हिजो युगाण्डाले गरेको परिवर्तन र बिकासबाट पाठ सिक्न चाहान्छौ हिजोको जापान जहा सयौ बर्ष सम्म पनि विरूवा उम्रिदैन भन्ने देशहरू आज हरियाली बनाइसकेका छन् । हिजो अमेरिकाको निम्ति टाऊको दूखाइ भनेको मार्टिन लुथर किङ, अफ्रिका नेल्शन मण्डेलाहरू जसले दासप्रथाको बिरोध स्वतन्त्रा, समानता र भातृत्वको निम्ति लडाईं लड्नू भो उहाँहरूको योगदानले आज अफ्रिका बिश्वकप आयोजना गर्न सक्ने देशको रूपमा स्थापित भैसकेको छ ।चरम गरिबीबाट उठेका यी बिभिन्न मुलुकहरूमा भन्दा हामीसँग धेरै स्रोत र साधनहरू छन् हामी जलस्रोतको धनी छौं हामी पर्यटनको उच्च सम्भावनामा छौं मात्र त्यसको व्यवस्थापनको खाँचो छ । समृद्धशाली राष्ट्र निर्माणको निम्ति राजनैतिक स्थायित्वको खाँचो छ हामीले बिगत केही दशकदेखि नेपालमा राजनैतिक व्यवस्था धेरै फेरियो अब शासन गर्ने मान्छे फेरौं त्यो सम्मानित ठाउँमा बस्नेहरूको अनुहार फेरौं राजनैतिक इमान्दारिताको कसी खोजौं । हामी यी सबैका निम्ति मंगोल नेशनल अर्गनाइजेशन लडिराखेको छ यो हामीले लडेको लडाईं हाम्रो भाविसन्ततीको निम्ति हो हामीले लडेको लडाईं तपाइहरूको निम्ति पनि हो तपाईहरू पनि यो लडाईं समाहित भइदिनुहोस् । बाहुनछेत्री साथीहरुले पनि एकचाेटि सोच्नुस् तपाईंहरु नेपाल बिकसित भएको यहीँ रोजगारीको श्रृजना भएको हेर्न चाहनुहुन्छ कि चाहानुहुन्न ? बाहुन छेत्री नेताहरुले बिकास गर्ने भएको भए यतिका बर्ष नेपाल किन गरीबी र तेस्रो मुलुक हुनुपर्थ्यो ? साथमा नेपालका ८०% अहिन्दू मूलबासी मंगोल तपाइहरूले हाम्रो यो बिचारलाई  बुझिदिन जरूरी छ तपाइहरूले आफुले आफैंलाई  फरक तरिकाले सोचिदिन जरूरी छ बिचारसँगै अब हामी संगठित पनि हुन जरूरी छ अब हामी संगठित हौ, संगठित मात्र भएर हुँदैन अब हाम्रो आवाजहरू बुलन्द पार्न जरूरी छ त्यो एमएनओले गरिरखेको छ ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्