शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

समर्पित

Sanjuhang Mongol | 1 मार्च 2020

समर्पित

उक्लिदा सर्केर तल खस्केको छु

अनि निन्दरिको ओतमा अढिदानी

कसैले तर्साएर हो या झस्काएर

झसङ्गै तर्सिएको नि छु ..

 

बिहानिको लाली किरण सँगै

भविष्यप्रती उन्मुख भइ पाइला सार्दा

कतिपटक त धसारिएरै लडेको छु .

पटक पटकको लडाईको बज्राइले

कैले काहीँ त मुर्छा नै परेको छु ..

 

पिरोलिन्छु राती कतै

बिहानिको उषा स्पर्श नहोलाकी भनी

अनि फेरि अस्तित्व प्राप्तिको कल्पनाले

मनमा अनेक कुरा गुठ्दै कति रात उधारेको छु .

सत्य खोज्दै असत्यको जन्जालमा

यस्तै दिन, महिना र साल गुजारेको छु ..

 

बेउली बनेर बेउला मार्ने देखे

अनि बेउला बनेर बेउली बेच्नेनी देखे

मार्ने र बेच्ने सालको अन्तरालमा

कति कुमार कुमारिहरुलाई धम्काएकोनी छु .

अन्यथा नहोस लक्ष्य प्राप्तिमा समर्पित बनेको म

त्यसैले निस्पक्ष सम्बन्धको निम्ति लागि परिरहेको छु ..

 

किनकी हरपल उक्लिदा सर्केर तल खस्केको छु

अनि निन्दरिको ओतमा अढिदानी

कसैले तर्साएर हो या झस्काएर

झसङ्गै तर्सिएको नि छु ..

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्