मङ्गलबार 21 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्लिपिङ बुद्ध पनि जुरुक्कै उठ्लान कि अब त

Thupten Lama | 3 फेब्रुअरी 2019

स्लिपिङ बुद्ध पनि जुरुक्कै उठ्लान कि अब त

हामीलाई हाम्रै मुलुकमा बिभिन्न Ethnic group मा बिभाजन गरेर अल्पसंख्यक देखाउन खोजेर छेत्री बाहुनहरु एक ढिक्का भएको भएपनि तराइका के थारु, धिमाल, मेचे, कोचे, के सुनुवार, दनुवार र पहाडका बिभिन्न समुदाय भए पनि समष्टीमा र मुल रुपमा हामी अहिन्दु मुलवासी मंगोल हौं। चीन, भारत, मंगोलिया ,रसिया ,नेपाल इत्यादी नामाकरण त हिजो अस्ति मात्र गरिएका हुन्। तर उत्पति काल देखि नै हामी मंगोल हौं। यसै छेत्र बर्तमान भारत, चीन र नेपाल भुभाग कै उत्पति हौं र हाम्रो इतिहासको प्रमाण हजारौं, लाखौ बर्षको मात्र नभएर करोडौं बर्ष सम्मको जुटेको छ। गोपाल गुरुङले भन्ने गर्नु भए झैं यो देशमा मुल रुपमा दुई बर्णका मानिस छन्। ती हुन् अहिन्दु मुलवासी मंगोल र शरणार्थी भएर नेपाल भित्रिएका हिन्दु आर्यन। तर राजनैतिक बागडोर शरणार्थी बिदेशी हिन्दु साम्राज्यवादी आर्यहरूको हातमा परेकोले सबै छेत्रमा तिनीहरुले लादे साम्राज्य वादी नीति। यो समस्या गहिराएर लाने प्रयास भयो, बुझ पचाउने काम मात्र भयो पद र पैसाको तुजुकले हेपुवा नीति मात्र अपनाउने काम भयो। हामी प्रतिको कुलत र कुसंस्कार नछाडिए भबिष्यमा ठुलो मारकाट हुने सम्भव छ। जसरी नुवाकोट धादिङ र पाँचथरमा भएको थियो, बाहुनहरुको बिरुद्दमा र भारतमा एमके गान्धीले अंग्रेजहरुलाई भारत छोडो भने झैं यी आक्रमक हिन्दु आर्यहरुलाई नेपाल छाड भन्ने नारा नलाग्ला र ? यस बिषयमा हिन्दु आर्यहरुले शक्तिले नपातिएर र मुलवासी मंगोलहरुले नआतिएर सोच्ने बेला मुखैमा आएको छ भनेर भन्ठान्छु। आज भोलि कतै कतै बाहुनहरुलेे नै गोपाल गुरुङलाई भन्न लागेका छन् - हाम्रो बृहस्पति झैं मंगोलहरुको शुक्र हुन गोपाल गुरुङ। मलाइ शुक्रको कुरा त तेति थाहा छैन् तर दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाको चाहीं धेरै नै थाहा भएकोले मैले उहाँलाई नेल्सन मण्डेला नै ठानेको छु। तर आफ्नो मुलुकमा आफ्नो अधिकार र आफ्नो भावी पिंडीको उज्जवल र सुरक्षित भविष्यको निम्ति उठ्नु-जुट्नु-लड्नु-मार्नु-मर्नु पर्यो भने पनि मानसिक रुपले तयार हुनुपर्छ जस्तो मलाई लाग्छ। हामी शताब्दी औं शताब्दीदेखि अर्काको भुमिमा अर्काको सुरक्षाको लागि लाखौं लाख मर्दै आएका छौं। एक टुक्रा रोटीको निम्ति र नुन तेल मात्र खान पुग्ने पैसाको निम्ति। आफ्नै मुलुकमा चाहीं अस्तित्वहीन भएर हेपिएर बाँच्दै आएका छौं। भने अब मर्न परे गोपाल गुरुङको एमएनओको नेतृत्वमा आफ्नै मुलुकमा आफ्नो खोसिएको अस्तित्वको निम्ति एउटा आखिरी र निर्णायक लडाईं किन नलड्ने ? तेसो भयो भने बुढानिलकण्ठको नामले चिनिने स्लिपिङ बुद्द ( Sleeping Buddha) पनि जुरुक्कै उठ्लान कि? हिन्दु आर्यनहरुले खाइ दिएको आफ्नो चीर अस्तित्व र निर्भिक प्रकृति सम्झेर। :-- गोपाल गुरुङका भाषण एवं लेखहरुबाट संकलित। जै मंगोल।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्