शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिमीले पत्तै पाएनौं

Naresh Tamang | 16 मार्च 2020

तिमीले पत्तै पाएनौं

तिमी त वीर थियौ

यो देशको शासकले कायर बनायो

तिमीले पत्तै पाएनौं।

तिमी त बलवान् थियौ

यो देशको शासकले हात पाउ बाँध्ने जंजीर बनायो

तिमीले पत्तै पाएनौं।

 

तिमी निडर र सहासी थियौ

संसारलाई जित्ने तागत थियोे तिमिमा

त्यसैले त तिम्रै समुदाय माथि सोझ्याउन

तिमीलाई, यो देशको शासकले बिषालु तिर बनायो

तिमीले पत्तै पाएनौं।

आफ्नो मातृभूमिको रक्षाका निमित्त

तिमी कहिल्यै पछि हटेनौं

सायद कयौंले प्राण अर्पण गरे

आज तिनीहरुकै अस्तु माथि

यो देशको शासकले मन्दिर बनायो

तिमीले पत्तै पाएनौं।

 

आधुनिक युगका ब्वाँसोहरुमा

यत्ति चेतना त आएछ क्यार!

काँच्चै मासुले बिगार गर्छ रे!

त्यसैले काटिकुटी तिमीलाई

यो देशको शासकले झिर बनायो

तिमीले पत्तै पाएनौं।

 

न तिमीले नकाव धारीलाई चिन्यौं

न त आफ्नो अस्तित्वलाई चिन्यौ!

तिमीलाई त सिध्याई छाड्यो।

त्यसैले अटल र अमर सम्झना स्वरुप

मैले तिम्रो तस्वीर बनाए

तिमीले पत्तै पाएनौं।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्