शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिनले हामी सर्वभारालाइ सर्वहारा बनाएकै हुन

प्रदिक्षा तामाङ | 29 अगस्ट 2020

तिनले हामी सर्वभारालाइ सर्वहारा बनाएकै हुन

तिनले हामी सर्वभारालाइ सर्वहारा बनाएकै हुन

उल्टै हामीलाइ पो जनजाति बनजारा बनाएकै हुन

 

इमानदार,क्षमतावान मंगोललाई चेतनाबिहीन पारेर

मुखकै गाँस छाडेर तिनलाइ सर्वभारा बनाएकै हुन

 

कति मौका दियौ है,हामीले चुच्चे धोखेबाजहरुलाइ

खै त?जंगल पस्ने बेला विभेद हट्ने,नारा बनाएकै हुन

 

अभावग्रस्त जीवन जिउन विवश बनायो दासी बनायो

जलजमिन ,अस्तित्व नै लुटेर तिनकै सारा बनाएकै हुन

 

झुठा छलछाम र भ्रमकै खेती गरी मंगोलहरु फुटाएर

आफ्नै पुर्खा र सन्तान भन्दा भगवान,प्यारा बनाएकै हुन

 

शरणको हरण गर्दै षड्यन्त्रकारी आर्यले जमिन राज गर्यो

हाम्रो धर्मात्मी पुर्खालाइ कहिल्यै नभेट्ने तारा बनाएकै हुन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्