बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

टाउके तस्करी र ग्रीन वर्ल्ड

Dilip Kumar Yangmali | 12 फेब्रुअरी 2019

टाउके तस्करी र ग्रीन वर्ल्ड

नेपालमा टंक प्रसाद आचार्यका नातेदार लोक दर्शन बज्राचार्य (बाहुन) जस्ता बहुरूपीको षड्यन्त्रको कारण यस्ताहरुको सल्लाह र निर्देशनमा दक्षिण कोरियाली चित्रकारले बुद्धको छात्तिमा पनि हिन्दु आर्य र तानाशाही हिटलरको चिन्ह स्वस्तिक झुण्डाई दिएका छन्। बुद्ध धर्ममा विकृति ल्याउनको निम्ति एन्टी क्लक वाइजको नाम दिएर। लुम्बिनीमा भिक्षु मराउने काममा सब भन्दा ठुलो हात ज्ञानेन्द्र शाहाको थियो। हुकुम दिने ज्ञानेन्द्र, गुण्डा जोगाड गर्ने दिपक बोहोरा र खर्च पेल्ने तत्कालिन गृहमन्त्री वामदेव गौतम हुन्। अगष्ट 28, 1996 मा बुद्धको मूर्तिमा सुँगुरको मासु र रक्सी कोचारिदिने केदार नेपाल र कपिल भट्टराई  थिए तर यिनीहरुलाई कहीँ कतैबाट पनि कार्वाही भएन्। बुद्धलाई देश निकालिएको हो। बुद्धको बिषयमा नेपालमा पढाइने गरेको र लेखिएको कथाहरु झुठा हुन्। बुद्धको नाम सिदार्थ होइन - सिदाहा हो। उनको बाबुको नाम सुद्धाेधन नभएर सुद्धधान हो - दुवै पाली भाषा हुन्। फ्रान्सको पेरिषबाट प्रकाशित पुस्तक सपिङ फर बुद्धको पृष्ठ 108-9 मा ज्ञानेन्द्रलाई नेपालका टाउके तस्करी हो भनेर लेखेको छ। यो किताब पञ्चायत कालमा नै निस्केको हो र ग्रीन वोल्ड Green Wold द्वारा लेखिएको हो। पञ्चात कालमा एकताका धरानमा अत्यन्त गोप्य बैठक बसेर जुन बाहुन छेत्रीले मंगोल युवती बिगार्न सक्छ वा बिहे गर्न सक्छ उ कुनै जागिरमा भए पदोन्नति गरिदिने नभए गोप्यरुपमा पारितोषिक दिने प्रबन्ध मिलाएका थिए। यसको शिकार कैयौँ मंगोल युवतिहरु भए। तिनीहरु कुनै कलेज पढ्ने त कुनै नोकरी गर्नेहरु। राष्ट्रिय चिन्ह राख्ने चलन महेन्द्रको पालामा सन् 1966 देखि भएको हो। दशैं मनाउने चलन काँग्रेस शक्तिमा आएपछि सन 1952 देखि शुरु गरेको हो। रेडियो नेपाल बाट संस्कृत भाषामा समाचार पढ्ने काम सन 1995 मा कथित एमाले ले गराएको हो। भुटानलाई सानो सम्झेर निहु खोज्ने र Greater Nepal भन्दै हेपुवा नीति अपनाउने पनि कथित एमाले नै थिए। यो सपना पुरा नभए पछि ती हाउडे नेताहरू बिदेशिए। नेपालको पहिलो सहिद हो स्रीपति गुरुङ जसले जंग बहादुरको कदमको बिरोध गर्दा 1887 मा टुडीखेलको मैदानमा जंगबहादुरको हातबाट टुक्रा-टुक्रा, छिन्न-भिन्न हुनु परेको थियो। उसलाई बिद्रोहीको आरोप लगाइएको थियो। काटिएको सुनेपछि सुकदेव गुरुङले क्रान्तिको झण्डा फहराएको थियो जंग बहादुरको बिरोधमा। तर सुकदेव चाँडै नै पक्राउ परे र अत्यन्त निर्दयताका साथ सताइए। 19 बर्षको जेल जीवनपछि उनी अप्रिल 1875 मा जेलमा नै मरे। ज्ञान रहोस् नेपालमा देशद्रोहीको नाममा जेल पर्ने पहिलो ब्यक्ति शुकदेव गुरुङ हुन् र पहिलो सहिद हुन् श्रीपति गुरुङ। त्यसपछिका हुन लखन थापा मगर। चन्द्र शम्शेरलाई प्रजातान्त्रिक चुनाव गराउनु पर्ने सल्लाह दिने केशर सिंह गुरुङ हो। जसको सल्लाह पछि चन्द्र शम्शेरले पञ्चायत व्यवस्थाको थालनी गरेर 1926 मा पञ्चायत चुनावको प्रथा ल्याएका थिए।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्