शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"द एम अफ थिङ्किङ इन अ भेरि कन्सियस माइण्ड"

Renchen Dorje Tamang | 15 अप्रिल 2019

"द एम अफ थिङ्किङ इन अ भेरि कन्सियस माइण्ड"

इतिहासमा अमेरिकामा मार्टिन लुथर किङले एकदिन अश्वेतहरू(कालाहरू) पनि अमेरिकाको राष्ट्रपति बन्न सक्छ भन्दा हासोमा उडाउने गोराहरू, लियोनार्दो भिन्चीले भौतिक संसारमा हेलिकप्टर र हवाइजाहाज बन्नु भन्दा 4 सय बर्ष पहिले नै आकाशमा उडेको परिकल्पना गर्दा दिवा सपनाको संज्ञा दिनेहरू, थोमस एडिसन बल्ब (चिमको) प्रतिपादनमा 999 पटक फेल हुदा पागलको उपनाम जोड्नेहरू, अफ्रिकामा गोराहरूको रंगभेदी नीतिबाट कालाहरूलाइ मुक्ति दिलाउने अभियानको थालनि गर्दा गोरा त के कालाहरू नेलशन मण्डेलालाइ जबर्जस्ती साम्प्रदायिक बनाउन खोज्नेहरू,एउटा प्रसिद्ध लेखक Morgen Robertson ले 1898 मा Futility उपन्यासमा super conscious mind मा visualization गरेर त्यस बेला निर्माण नै नभएको पानि जाहाजको परिकल्पना गरेर अमेरिका गन्तब्य बनाएर जादै गर्दा बिचमै दुर्घटना हुन्छ हिमवत्खण्डमा ठोक्किएर North Atlantic सागरमा डुब्छ र अधिकांस मानिस मरेको परिकल्पना गरेर उपन्यास लेख्दा सबैको सामु हासोको पात्र बनाउने हरू तर अन्नत ठिक 14 बर्ष पछि 1912 मा Atlantic Ocean मा एउटा जाहाज दुर्घटना हुन्छ जुन जहाजको नाम टाइटनिक थियो काल्पनिक उपन्यासको जहाजको नाम टिटान परिकल्पना गरिएको थियो यो बास्तविक्तामा परिणत भएपछि सबै नतमष्तक भएको थियो, एडिसनको प्रचारात्मक बिरोधको बाबजुद पनि निरन्तरको प्रयास पछि उसैको बिरोधीको सामु उसले संसारलाइ दिएको प्रकाश, मार्टिन लुथर किङको सपनाहरू बाराक ओबामा मा आएर पुरा भएको नेल्शन मण्डेला को अभियान आफ्नै जिवनको उतराद्धमा आएर पुरा भएको जिउदो इतिहासलाइ पछ्याउदै मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेण्ट युगपुरूष डा. गोपाल गुरूङ ज्यूले पनि super conscious mind मा पुगेर visualization गर्नु भएको समानता,स्वतन्त्रता र भातृत्वमा आधारित मंगोल दर्शन र उहाँको सपनाहरू अब लक्ष्य नजिक पुगिरहेको छ यो अर्को नयाँ इतिहास को धरोहर बन्ने पक्का छ । नेपाली राजनीतिको पछिल्लो तीन दशकलाइ नजिक बाट नियाल्ने हो भने लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियता कै मुद्धामा केन्द्रित हुदै आवरण मै भए पनि अपुर्ण ढंगबाट यि कुराहरू घोषणा गर्न बाध्य भएका छन । नेपालको सम्पुर्ण शक्तिले उन्मादित र शक्ति सिन्चित भएका भिमकाय राजतन्त्र सङ प्रत्यक्ष रूपमा 3/3 जना राजाहरू संग मंगोल दर्शनको बिचारले लडेर युग पुरूष अमर डा. गोपाल गुरूङले नेपालबाट राजतन्त्रको जरो उखेलेर फ्याकिदिनु भयो तत्पश्चात त्यसैको अवशेष स्वरूप बाकि रहेका केही बाहुनछेत्रीहरू संग निर्णायक युद्ध छेडिने क्रममा एमएनओ बैचारिक संघर्ष गरिरहेको छ । राजाको जर्जर शासन कालमा उसको बिरूद्ध 'रा' समेत उच्चारण गर्न नसक्ने समयमै नेपालको सम्पूर्ण जनताहरूको हितार्थ लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियता भित्र नै निहित रहेको यथार्थता लाइ निवेदन गर्दा पागलको संज्ञा पाउनु भएका दुरदर्शी अमर डा. गोपाल गुरूङको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको मुद्धा नै करिब 4 दशकको आसपासमा नेपाली राजनीतिको मुख्य केन्द्र बिन्दु बन्न पुग्यो र असली रूपमा नभए पनि आवरणमा नेपाललाइ लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियता घोषणा गर्न बाध्य भयो, मुलुकमा यति बेला झिनो रूपमै भए पनि लोकतन्त्रको परिभाषा अनुरूप स्वतन्त्र पुर्वक लेख्न पाउने बोल्न पाउने, धर्मनिरपेक्षता भित्र सबै धर्मले बराबर अधिकार पाउने र केन्द्रिकृत शासन प्रणाली भित्र अधिपत्य जमाएर बसेका बाहुनछेत्रीहरूको शासनलाइ ध्वस्त पारेर इतिसास मै पहिलो पटक नेपालमा प्रान्तिय संघिय संरचनाको अभ्यासमा अगाडी बढिसकेको छ जुन अभ्यासले मुलुकको बहुसंख्यक 80 प्रतिशत अहिन्दु मुलबासी मंगोलहरु लोकल लेभल, स्टेट लेभल हुँदै फेडेरल लेभल बाट राष्टृय राजनीति को मुलधारमा आउने क्रम हरु तिब्र गतिमा अगाडि बढिरहेको छ । यि र यस्ता मुद्धाहरू स्थापित गर्नको निम्ति राजनीति भित्रको साम,दाम,दण्ड,भेद नीति लाइ परास्त गर्न दरबार बाट प्रस्ताब आएको अञ्चलाधिस,राजदुत,सिडियोको जागिर लाइ लात हानेर मूलबासी मंगोलहरूको सुनिश्चित भबिष्यको आफ्नो भाग्यरेखा आफैले कोर्न सक्ने बनाउनको निम्ति भद्रगोल जेलको चिसो भुइ रोजेर जेल भित्रै नेपालको बहुसंख्यक 80 प्रतिशत अहिन्दु मूलबासी मंगोलहरूलाइ चिलको झम्टाइ र बाजको टिपाइ बाट बचाउनको निम्ति माउको रूपमा एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन स्थापित गरेर मंगोल समुदायले कहिल्यै तिर्न नसक्ने गुन लगाउनु भएको छ सधै दिन मात्र जान्ने लिन कहिले नजान्ने सिदाहा बुद्द र युग पुरुष अमर डा. गोपाल गुरुङ मात्र इतिहासको पानामा दर्ज हुन सक्नेछ । तत्कालिन समय दरबार र त्यसका अंगरक्षक बाहुनछेत्रीहरू एमएनओ लाइ स्थापना काल देखी नै घाटि निमोठेर निमिठ्यान्न पार्न खोजे पनि बुद्द को दर्शन रोक्न खोज्दा सन्सार सामु प्रकाश पुन्ज भएर फैलिए जसरि नै दिन दुइ गुणा रात चौगुणाले बिभिन्न जालझेलको बाबजुद लोकतन्त्रको पक्षमा जोडदार आवाज उठाउदै गती लिइरहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्