सोमबार 26 अगस्ट 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

देखा पर्दैछन् आशाका किरण

Laasim Hang Mongol | 30 जूलाई 2019

देखा पर्दैछन् आशाका किरण

नेपाल, चीन र जापानका जनताहरुले घरमा बिजुली जाँदा के गर्दा रहेछन ? यसबारेमा हार्डवेयर विश्व विद्यालयले एक सर्भे गरेर रिपोर्ट तयार गरेको छ । जापानीजहरु 99% बिजुली आफैले तयार गर्छन् र बाँकी 1% बिजुली गए पनि बिधुत प्राधिकरणमा फोन गरेर तुरुन्त बनाउन लगाउँछ । चीनमा बिजुली जाँदैन, गइहाले पनि फोन गरेर 1 मिनेटमा बनाउन लगाउँछन । तर नेपालीहरुले घरमा बिजुली जाँदा, घरबाट बाहिर निस्केर सबै भन्दा पहिला ओल्लो घरे छिमेकी र पल्लो घरे छिमेकीको घरमा बिजुली गाको छ कि छैन त्यो हेर्छ । दुवै छिमेकीको घरमा बिजुली गाको देख्यो भने ए मेरोमा मात्र गाको रैनछ तिनीहरुकोमा पनि गाको रहेछ । मेरो मात्र किन टाउको दुखाइ , मलाई चाहिँ खुजुली लागेको छ र ? भनेर चुपचाप बस्छन् रे । यस्तै-यस्तै नेपालमा ज्ञानको खजना प्रचुर मात्रामा छ । वरको सिंको पर नसार्ने तर सिंको नभाँचे पनि अर्ति- उपदेश-ज्ञान दिने र गुरुबा बन्न चाहनेहरुको संख्या धेरै छन् । यसकारण 4 सय साठी बर्ष भइसकेको छ यहाँका मूलवासी मंगोलहरुले आफनै मुलुकमा बाहुन क्षेत्रीको गुलामी भएर बसेको । हाम्रो मान्छेहरु चुनाव ताका त झन कुन बाहुन पार्टीको र्याली ठुलो छ ? कुन बाहुन पार्टीले जित्ला जस्तो छ ? कुन बाहुन नेताले खाने खर्च दिन्छ, टिसर्ट बाँड्छ र पेट्रोल हालि दिन्छ । त्यसतो नेताको खोजीमा कान ठाडो पारेर, आँखा च्यातेर हेरिरहेको हुन्छ । हुन त बाटो बिराएर कु-संस्कारमा फसिसकेको मान्छेले न अस्तित्व, मुक्ति र स्वतन्त्रता भन्ने कुरा बुझ्छ न त उसले साथ र सहयोग नै गर्न सक्छ । धेरै गाह्रो छ यहाँका मूलवासी मंगोलहरुलाई मान्छे जस्तो बनाउन । तर गर्वको कुरा यो पुस्ता बेकामे डरछेरुवा र पानी मरुवा नै भए पनि नयाँ पुस्ताका युवाहरु आशाका किरण भएर देखा परिसकेका छन् । जै मंगोल।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्