बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दुरदर्शि महामानव ड. गोपाल गुरुङ

mongolvision | 13 फेब्रुअरी 2023

दुरदर्शि महामानव ड. गोपाल गुरुङ

अर्जुन लोवा (लिम्बू)

नेपाल बुद्ध जन्मेको देश हो र हिन्दु बाहुन क्षेत्रीहरु नेपाल प्रवेश गर्नु पुर्व यो देशमा बुद्धिस्टहरु बहुसंख्यक थिए भन्ने कुरामा दुइमत छैन। बहुसंख्यक बुद्धिस्ट भएको देश नेपालमा हिन्दु राष्ट्र स्थापित गरे मात्र साम्राज्यवादी बाहुन क्षेत्रीहरु सुरक्षीत हुन सक्ने कुरा उनिहरुलाई राम्रोसँग ज्ञान थियो।बाहुन क्षेत्री हिन्दु आर्य शासकहरु नेपाल प्रवेश गरेर स्थापित हुनलाई यहाँका बहुसंख्यक मुलबासी मंगोलहरुको भन्दा फरक संस्कार,संस्कृति स्थापित गर्नु पर्ने थियो जसले उनिहरुलाई नेपालमा सुरक्षीत बनाएर दिर्घकाल सम्म शासन सत्तामा टिकाई रहन मदत गर्न सक्थ्यो त्यो थियो हिन्दु धर्म। बुद्धिस्ट बहुसंख्यक भएको देशमा हिन्दु धर्म,संस्कार,संस्कृतीहरु स्थापित हुन कठिन त हुनै नै भयो तसर्थ सवै भन्दा पहिले बुद्ध धर्मलाई अल्पसंख्यक बनाउन विभिन्न षड्यन्त्रहरुको रचना गर्न थालियो।यहाँका बहुसंख्यक मुलबासी मंगोल बुद्धिस्ट समुदायहरुलाई जातिय र धार्मिक बिभाजन ल्याउन शुरु गरियो र अलगअलग जातको अलगअलग संस्कार हरु स्थापित गराउन थालियो।
नेपालका बहुसंख्यक बुद्धिस्टहरुलाई कमजोर बनाउन धर्मान्तरण गराउने योजना अनुरुप अधिकांश मुलबासी बुद्धिस्टहरुलाई बल प्रयोग गरेर हिन्दुकरण गरियो। राजाहरुले यहाँको मुलबासी मंगोल समुदायहरुलाई विभेद,शोषण,दमन गरेर एति धेरै गरिव बनाइ दियो कि एक छाक टार्न पनि हम्मेहम्मे पर्न थाल्यो।छोराछोरी पढाउन र दुख बिराम हुदा उपचार खर्चको जुगाड गर्नै नसक्ने अवस्थामा पुर्‍याईयो।त्यस पछी केही हिन्दु बाहुन क्षेत्रीहरुलाई सरकारले नै कृश्चन बनाएर,पैसा दिएर गरिव मुलबासी बुद्धिस्ट समुदायहरुलाई सहयोग दिदै धर्म परिवर्तन गराउदै कृश्चन बनाउदै लगियो।याद गर्नुहोस कि नेपालको कृश्चन प्रमुख हरु अझै पनि बाहुन क्षेत्रीहरु नै छन।यसरी यहाँको बहुसंख्यक बुद्धिस्ट समुदायहरुलाई बलपूर्वक हिन्दुरकरण गरेर,कृश्चन बनाएर र जातिय धर्महरुको विकास गरेर कमजोर बनाउदै लगियो र अल्पमत बनाई अन्त्यमा राजा महेन्द्रले २०१७ सालमा हिन्दुराष्ट्र घोषणा गरे।यसरी नेपालमा हिन्दुराष्ट्र स्थापना गर्न बहुसंख्यक बुद्धिस्टहरुलाई धर्म परिवर्तन गराएर अल्पसंख्यक बनाउन हिन्दु बाहुन क्षेत्रीको सरकार र हिन्दुवादी आफै लागि परेर केहीलाई कृश्चन बनाए भने बलपूर्वक बाध्यतावस हिन्दु हुनु परेका केही बुद्धिस्ट मुलबासी मंगोल समुदायहरु पनि हिन्दु भित्रको दमन,शोषण , विभेद र अपमान सहन नसकेर समानता र सम्मान खोज्दै बाध्यता बस कृश्चन बनेका छन।यसकारण नेपालमा धर्मान्तरण हुनुको कारणहरु मध्ये हिन्दु सरकार,हिन्दु धर्म र यस भित्रको विभेद नै प्रमुख कारण हुन।

हिन्दु धर्म र बुद्ध धर्म एउटै हो त ?
अधिकांस हिन्दु बाहुन क्षेत्री साथिहरुले हिन्दु र बुद्ध धर्म एउटै हो भनेर लज्जास्पद तर्क दिइरहेको पाइन्छ तर साथीहरू हिन्दु धर्म र बुद्ध धर्म विच आकाश पतालको फरक छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। हिन्दु धर्म आस्तिक हो र रुढीबादी अन्धविश्वास हो भने बुद्ध दर्शन नास्तिक र विज्ञान हो। हिन्दुले इस्वर,देवी देवता,जादु,टुनामुनामा विस्वास गर्दछ भने बुद्ध यी सब कुरामा विस्वास गर्दैन। हिन्दुले स्वर्ग र नर्कको डर देखाउदछ भने बुद्धले न स्वर्ग मान्छ न नर्क नै। हिन्दु धर्मको जग जातिय भेदभाव,उचनिच ,छुवाछूत र हिंसा हो भने बुद्धको जग समानता,स्वतन्त्रता,भातृत्व र सद्भाव हो। हिन्दुले मन्दिरमा पशुबली दिएर भोग चढाउदछ भने बुद्धले यो सब केही गर्दैनन। यस्ता सयौ अधारहरु छन जसले हिन्दु धर्म र बुद्ध धर्म विच आकास पतालको भिन्नता छ भन्ने कुरा प्रमाणित गर्दछ।यी दुई धर्म विच एक आपसमा कुनै संबन्ध नै छैन तर पनि हिन्दु बाहुन क्षेत्रीले बुद्धलाई मसाउनको लागी हिन्दु र बुद्ध एउटै हो भनेर आधारहीन तर्क दिइरहेका हुन्छन् तर म उहाँहरुलाई के भन्न चाहन्छु भने यस्ता आधारहीन तर्कहरु हाम्रो अग्रज पुस्ताले पत्त्याए होलान तर अब हामी युवा पुस्ताहरु तपाईहरुसँग प्रमाण सहित बहस गर्न तयार छौ।
हिन्दु बाहुन क्षेत्रीहरुले अर्को तर्क के दिन्छन भने बुद्ध पनि हिन्दु कै छोरा हो नि भनेर। त्यसो त म आफु पनि त अन्जानमा हिन्दु बनेका मेरो आमा बुवा कै छोरा थिए नि तर म अहिले बुद्ध जस्तै नास्तिक हु। यसैगरी तत्कालीन आर्य धर्म वा ब्राह्मण धर्म नै अहिले आएर हिन्दु धर्म बनेको हो। साथिहरु तपाईहरुलाई याद होस कि ब्राह्मण धर्म नै सन 1928 अर्था 95 वर्ष अघि देखि मात्र #हिन्दु नामाकरण भएको हो र भारतको सर्वोच्च अदालतले सन २००८ मा नै हिन्दु धर्म होइन वाद हो भनेर पनि फैसला गरि सकेको छ।   हिन्दु आर्य बाहुन क्षेत्रीहरु भारत र नेपाल प्रवेश गर्नु पुर्व यहाँको मुलबासी मंगोलहरु समानता,स्वतन्त्रता र भातृत्व सहित जिविको पार्जन गरिरहेका थिए। सबै जनताहरु सम्पन्न थिए। सबै जनताहरु संगठित थिए।त्यसैले हिन्दु बाहुन क्षेत्रीहरुले यहाँका मुलबासी मंगोल समुदाय माथी आक्रमण गर्न सकिरहेका थिएनन।यश कारण फुटाउ र राज गर नीति प्रयोग गर्दै सिदाहा बुद्धका बुवा सुद्दोधन लाई आफ्नो राज्य लुम्बिनिमा वर्णाश्रम व्यवस्था लागू गर्न आग्रह गरे।वर्णाश्रम व्यवस्था लागू गरे मुलबासी मंगोल राजा सुद्दोधनको लुम्बिनी राज्य सुरक्षित हुने र कसैले आखा लगाउन नसक्ने सुझाब दिए पछी बुद्धका बुवा सुद्धोधनले पनि आफ्नो राज्यमा वणाश्रम व्यवस्था लागू गर्न राजी भएका थिए तर यही कुरा सिदाहा बुद्धलाई मन परेन। मुलबासी मंगोलको समानता,स्वतन्त्रता र भातृत्वको संस्कारमा हुर्किएका सिदाहा बुद्धलाई हिन्दुको वर्णाश्रम व्यवस्था मन परेन र आफ्नै बुवा सुद्दोधनको निर्णयलाई अस्विकार गरे।यसरी हिन्दुको उच निच,ठूलो जात  सानो जात ,छुवाछूत र विभेदको विरुद्धमा क्रान्ती गर्ने मान्छे,मान्छे जातको आधारमा ठूलो सानो हुदैन, पृथ्वीमा जन्मिएका सवै मानिस समान हुन भनेर क्रान्ती गर्ने मुलबासी मंगोल सिदाहा बुद्ध  र उच निच,छुवाछूत,भेदभाव गर्ने हिन्दु धर्म कसरी एउटै हुन सक्छ ? हिन्दु बाहुन क्षेत्रीहरुले किन बुद्धलाई हामी पनि मान्छौ र हिन्दु र बुद्ध एउटै हो भनेर भन्छन ? किन भने बुद्धलाई हिन्दुसँग जोडेर हिन्दुकरण गर्न सके मात्र नेपाल र भारत मा हिन्दु बाहुन क्षेत्रीहरु सुरक्षीत हुन्छन। यो कुरा तपाई हामी बुझ्नु पर्ने समय आएको छ।

लुम्बिनी काण्ड र यसको समाधान  
संसारले मानेको सिदाहा बुद्धको जन्म स्थान र संसारका बुद्धिस्टहरुको आस्थाको केन्द्र पवित्र लुम्बिनिमा हिन्दुहरुले भारतीय हिन्दु गुरु मामुरी बापु द्वारा राम कथा प्रवचन गर्दै राम मन्दिर पनि स्थापना गर्ने कार्यक्रम आयोजना गरेको थियो। हिन्दुले हिन्दु भन्दा छुट्टै अलग्गै धर्म बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा नै हिन्दुको कार्यक्रम आयोजना गर्नुको एउटै मात्र उदेश्य हो बुद्ध धर्म माथी हस्तक्षेप गर्नु ।हिन्दु र बुद्धलाई एउटै बनाउनु।भविस्यमा लुम्बिनी पनि हिन्दुको हो भनेर भन्न सक्ने आधार तयार पार्नु। 
अधिकांस बौद्ध धर्मावलम्बीहरुले हिन्दुको अतिक्रमण विरुद्ध नारा जुलुस गरे।विरोध प्रदर्शन गरे तर पनि हिन्दुको कार्यक्रम किन रोकिएन त ?किन भने नेपालको राजनीति दलहरु सबै हिन्दु बाहुन क्षेत्रीको कब्जामा छ।ती दलहरुबाट निर्वाचित हुने अधिकांश हिन्दुबाहुन क्षेत्रीहरु नै छन।तिनै हिन्दु बाहुन क्षेत्रीको राजनीतिक आड र हिन्दुवादी सस्था RSS ले तयार पारेर देखावटी रुपमा बुद्धिस्ट बनाएका हिन्दु बाहुन क्षेत्रीहरु नै लुम्बिनी बिकास कोष र बौद्ध महासँघमा नियुक्ति भएका छन। यसरी नै सिडिओ,प्रदेश प्रमुख सबै हिन्दु बाहुन क्षेत्रीहरु छन। यस कारणले गर्दा बौद्ध मार्गीहरुले जति सुकै विरोध गर्दा गर्दै पनि सिदाहा बुद्धको जन्म स्थान लुम्बिनीमा हिन्दुको प्रत्यक्ष हस्तक्षेप रोकिएन।
अब यसको दीर्घकालीन समाधन भनेको एक मात्र छ त्यो हो राजनीति । तपाईं हामी विभिन्न जात जाती,धर्म र समुदायमा विभाजित मुलबासी मंगोल समुदायहरु जातिय,धार्मिक सोच त्यागेर मंगोल भावनाले जोडिएर तपाईं हाम्रो साझा घर मंगोल नेशनल अर्गनाइजेसनमा एक जुट हुनुको विकल्प छैन।त्यस पछी स्थानीय,प्रदेश र प्रतिनिधि निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा भोट दिई मुलबासी मंगोल उम्मेदवारहरुलाई जिताउनुको विकल्प छैन । त्यस पछी हरेक निकायमा हामीले हाम्रो मान्छेहरुलाई स्थापित गराउदै गए पछी मात्र यस किसिमको संस्कारगत र धार्मिक अतिक्रमहरु रोकथाम गर्न सक्छौ। हरेक समुदाय माथिको संस्कारगत हस्तक्षेत र ऐतिहासिक हस्तक्षेपहरु रोकथाम गर्दै भविस्यमा आउन सक्ने यस्तै गम्भीर समस्याहरुको दीर्घकालीन समाधन गरी आउने नयाँ पिढीको सुरक्षित र उज्ज्वल भविस्य निर्माण गर्न सक्छौ।

दुरदर्शि महामानव ड. गोपाल गुरुङ 
बाहुन क्षेत्रीको प्रवेश पुर्व नेपालका बहुसंख्यक मुलबासी मंगोल समुदायहरु सम्पन्न थिए।सुरक्षीत र संगठित थिए।हिन्दु बहुन क्षेत्रीको प्रवेश पश्चात जातिय र धार्मिक विभाजन गरि बहुसंख्यक मुलबासी बुद्धिस्ट समुदायहरुलाई कमजोर र अल्पसंख्यक बनाईएको अवस्था सत्य हो।यसरी विभिन्न जातीय सोच र धार्मिक सोचले टुक्रीदै गएको बहुसंख्यक मुलबासी मंगोल समुदायलाई भविस्यमा हिन्दु बाहुन क्षेत्रीले संस्कारगत,धार्मिक अतिक्रम र आक्रमण गर्न सक्छ भन्ने कुरा महशुस गरेर नै आज भन्दा लगभग ५० बर्ष अगाडि देखि नै टुक्राटुक्रा र छिन्नभिन्न भएको बहुसंख्यक मुलबासी मंगोल समुदायलाई एकजुट बनाउने अभियान शुरु गर्नु भएको थियो।फलत हिन्दु बाहुन क्षेत्रीको राजनीतिक उदेश्य विस्तारै हाम्रो समुदायले बुझ्दै आउने क्रम जारी छ र हिन्दु द्वारा आँखा भएर पनि अन्धो, कान भएर पनि बैरा र जिब्रो भएर पनि बोल्न नसक्ने बनाइएका र सुतीरहेका बहुसंख्यक मुलबासी मंगोल समुदायहरुलाई भर्खरैको लुम्बिनी काण्डले झस्काई दिएको छ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्