शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

देशद्रोही स्यालहरुको बिगबिगी छ देशमा

Rojit Gyljen Titung | 12 मार्च 2019

देशद्रोही स्यालहरुको बिगबिगी छ देशमा

मातृभूमि मै बाँस देउ बिन्ती 

खोले, सिस्नु खाएरै बाँच्छौ हामी

बन्द गर मान्छे बेच्ने पसल र धन्दा

उद्यमशील बन्दै उत्पादनकर्ता बन्छौ हामी ।

 

तिमी भन्छौ रेमिटेन्सले धानेको देश भनेर

माटोसँग साइनो गाँस्दै हिरामोती फलाउछौ हामी

देशद्रोही स्यालहरुको बिगबिगी छन् यो देशमा

मंगाेल राष्ट्रवादको नाराले हिमाल, पहाड, तराई घन्काउछौ हामी ।।

 

छियाँछियाँ यी मुटुहरु बिस्तारवादीको पासोमा

अनेकतामा एक भै सिमानामा पर्खाल बनी उभिन्छौ हामी

जनतालाइ खाडीमा देशलाइ बन्दकीमा राख्न खोज्दैछ यहाँ

पाल्तुहरुको दिवा सपना खाल्टो खनी पुर्छौ हामी।।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्