बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विदेशीनु रहर होइन बाध्यता हो

Mongol Vision News | 28 जनवरी 2019

विदेशीनु रहर होइन बाध्यता हो

विदेशीनु रहर होइन बाध्यता हो । अाफ्नो देश, गाउँघर परिवारलाई छोडेर विदेशीनु कसलाई रहर हुन्छ र ? अाफ्नो र परिवारको इच्छा र अाकांक्षा पूरा गर्नका लागि हरेक नेपालीहरु विदेशीने गर्दैछन् । तिनै हजारौं नेपालीहरु मध्येका म पनि एक थिए । म मनु ताम्ली झापा जिल्ला हल्दिबारी १ निवासी २० बर्षको सानै उमेरमा विदेशीनु बाध्य भए । पढेर अाफ्नै देशमा केही गर्छु तर विदेश जान्न भन्नेहरु मध्येको म पनि एक थिए तर समयको अन्तरालसँगै मेरो बढ्दै गएको दिमागले ठम्याउन थाल्यो कि जिन्दगी मैले सोचेको जस्तो सहज रहनेछ । मैले सपनाको संसारमा कल्पना गरेको त्यो जिन्दगी हकिकतमा ठ्याक्कै भइदिने रहेछ । भर्खरै सम्हालिन थालेका मेरो कदम र साेचले मैले र परिवारले भोगेका दुख र अभाव सहन सकेन, मनभित्र र दिमागभित्र एकै चोटि विभिन्न कुराहरु खेल्न थाले । मैले हिम्मत जुटाएर विदेशीने सोच बनाए । मैले सोचेकी थिए कि दुख गरे गरौंला, पसिना बगाउँला, दस नङ्ग्रा खियाएर भए पनि धन कमाउला, अाजसम्म मेरो घरपरिवारहरुले जति दुख भोगे, त्यो दुख फेरि अनुभव गर्ने छैनन् भन्ने सोच लिएर म विदेशीने भए तर त्यो पनि त्यति सजिलो त कहाँ थियो र ? फटाहा र ठगहरुले भरिएको देशमा म पनि ठगिएर अाफुलाई ज्ञानै नभइ अवैधानिक तवरले विदेशीए छु । मलाई त अवैधानिक तवरले विदेश लगिएको रहेछ, जब म दुवई पुगे । तब मलाई एक पाकिस्तानीको घरमा हाउसमेडको रुपमा राखियो, नयाँ ठाउँ नौलो मानिसहरुको बीचमा म अाफुलाई ढाल्दै थिए, यसरी नै सामान्य रुपमा दिनहरु वित्दै गए तर अचानक मेरो जीवन अन्धकार तर्फ मोडिए झै लाग्यो । सामान्य रुपमा वित्दै गएको मेरो जिवनमा सोच्दै नसोचेको घटना हुन पुग्यो । जुन घरमा म हाउसमेडको रुपमा काम गर्थे, उसले गरेको र देखाएको व्यवहार क्षणिक मात्रको रहेछ । छोटो समयको अन्तरालमै त्यस घरका मनिसले अाफ्ना असली रुप देखाए । मलाई शारीरिक तथा मानसिक यातना दिन थालियो । अभाव नै अभावमा वितेको मेरो र मेरो परिवारको इच्छा अाकांक्षा पुरा गर्न अाएको म अाज यस्तो समस्या र परिस्थितिको चपेटामा फस्न पुगेछु । एक बर्षको अवधि भर त मलाई घरको मालिकको फोनबाट कल गर्न दिन्थे तर पछि मलाई कसैसँग फोन सम्पर्क गर्न मनाही गर्यो । मेरो सानो सानो गल्तीमा पनि मलाई पिट्ने, गाली गर्ने कार्य दिनहुँ हुन थाल्यो । अाफ्नो अवस्था देखेर मैले भोगेको यातनाहरु सम्झेर कहिलेकाहीं त भक्कानो छोडेर रुन्थे । तर फेरि सुन्लानकी मालिकले भनी सम्हालिन्थे । धेरै समय सम्म घरमा मेरो अामावुबासँग सम्पर्क नभएकोले यदि कहिलेकाही उनीहरुले मलाई कल गर्दा समेत मैले नै यातना भोग्नु पर्थ्यो । जिन्दगी जिउनु के हो ? मैले भुलिसकेको थिए । मेरो दैनिकी काम नै थियो । विहान उठे देखि रातिसम्म मेरो लागि न कहिले विदा न कहिले छुट्टी यति सबै कुरा हुदाहुदै पनि मनमा डर भइ रहन्थ्यो कि मैले अाज केही गल्ती त गरिना ? कतै फेरि पिट्ने पो होकी ? या अन्य शारीरिक यातना भोग्नु पर्ने पो होकी ? यस्तै यस्तै सोचमा र त्रासमा वित्थ्यो मेरो दिन । एक दिन मेरो भेट छिमेकी घरमा म जस्तै काम गर्ने नेपाली साथीसँग भयो । उसलाई मैले अाफ्नो सम्पूर्ण पिडाव्यथाहरु सुनाए । त्यो मेरो नेपाली साथीसँगको मेरो भेटले मेरो जिवनमा नयाँ किरण ल्याईदियो । उसले मलाई युएई स्थित नेपालीहरुलाई दुख, सारो, गारो परेको अवस्थामा सहायता गर्ने एक मुलवासीहरुको उद्दार गर्ने अन्तर्राष्ट्रिय मंगोल एकता समाज युएई रहेको कुरा जानकारी गराइन । मैले त्यो कुरा थाहा पाउनु साथ जसोतसो मंगोल एकता समाज युएईमा सम्पर्क गरे । मैले उहाँहरुलाई सम्पर्क गर्नासाथ त्यस मंगोल एकता समाज युएईका अध्यक्ष अमर धिमाल, तेजबहादुर पाइजा र सल्लाहकार बिरु घर्ती मगर लगायत सम्पुर्ण युएई मंगोल समाजले त्यस पाकिस्तानीको घरबाट मलाई उद्दार गर्नुभयो । २०१९ जनवरी २० मा मलाई त्यो मानसिक तथा शारीरिक पिडाबाट मुक्त गरी नेपाली दूतावासलाई जिम्मा लगाइएको छ । अब म छिटै नेपाल फर्किने तयारीमा छु । अहिले म धेरै खुशी छु । (पीडित ताम्लिसग अन्तरास्ट्रिय मंगोल एकता समाज युएईका सल्लाहकार बिरु घर्ती मगरले लिएको अन्तर्वार्ताको अाधारमा_

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्