Serwa Thupten Lama | 9 फेब्रुअरी 2019
यदि राजनीति गर्ने नै हो भने र दासताबाट मुक्त हुने नै हो भने सम्पूर्ण अहिन्दु मुलवासी मंगोलहरुले बिदेशी हिन्दु आर्यले नेतृत्व गरेका कुनै पनि पार्टीमा लाग्नु हुँदैन-किन भने त्यहाँ षड्यन्त्रै षड्यन्त्र मात्र लुकेको हुन्छ। जुन षड्यन्त्रले साडें चार सय बर्षदेखि यहाँका मूलवासी Indigenous मंगोलहरुको लुटेर-हामीलाई आफ्नै मुलुकमा कमारा, सुकुम्बासी, सर्बहारा बनाउन कुनै बाँकी कसर राखेका छैनन्। कंग्रेस, तथाकथित कम्युनिष्टको नामधारी शोषक, मण्डलेहरुको जमातको 70 बर्षे शासनलाई अझसम्म पनि पढ्न सकेनौं ? बुझ्न सक्ने क्षमता भएन? अझ पनि डराएर पानी मरुवा भएर बाँच्न र बस्न चाहन्छौ? हेर्दा सिंह जस्तो देखिनेलाई बिरालो जस्तो भएर बाँच्न सुहाउँछ? अब देश बिहिन जमात जनजाति बनाउने भनाउनेमा जुटेका छन् यिनीहरू। शरणार्थी भएर आएकाहरु मालिक बनेका छन् । नेपालको शासन सत्ता एउटा क्षेत्री-बाहुनको हातबाट अर्को क्षेत्री-बाहुनको हातमा पुर्याउनुलाई मात्र नयाँ नेपाल भन्दैन न त क्रान्तिकारी कदम। जुनसुकै पार्टीमा लागेकाहरु भए तापनि दुई चार जना दयाका पात्र बनि मन्त्री मात्र हुनेछन् र ब्यक्तिगत फाइदा मात्र हुनेछन्। मन्त्रीको धाक र सहुलियत पाउने छ। तर देश र बृहत् नेपाली जनतालाई केही पनि गर्न सक्ने होइन। ती मन्त्रीहरु भनेका माथिको आज्ञा पालन गर्ने उच्च तहका नोकर जस्ता मात्रै हुनेछन्। नेपालको शासन सत्ता 20% क्षेत्री-बाहुनको हातबाट 80% मुलवासी मंगोलको हातमा आएपछि मात्र नयाँ नेपाल बन्ने छ। किन कि यो देशका मुलवासीलाई मात्र आफ्नो घर प्यारो लाग्छ, लुटारहरुलाई होइन्। जसले साडें चार सय बर्ष देखि हाम्रो संहार मात्र गरेर लुट्दै मात्र आएका छन्। जुझाउ-फुटाउ र मोज गरको नीति मात्र अपनाउँदै आएका छन्। सुग्रिब र बाली - रावण र बिभिषणलाई (दाजु-भाई /दाजु-भाई) र हिरण्य कसिपु र प्रल्हाद (बाबु-छोरा) लाई जस्तो। नयाँ नेपालको भरमार प्रचार त्यसबेलादेखि नेपालमा थालियो जब अमेरिकाको वासिङ्टन डिसीबाट इष्ट वेष्ट सेण्टर (East West Center) ले सुजन ह्याङगनद्वारा लिखित पुस्तक ( Creating a New Nepal) अर्थात् नयाँ नेपालको सृजना प्रकाशित गरेर संसार भरि पठाउने काम गरे। त्यस पुस्तकमा डा. गोपाल गुरुङ र एमएनओको बिषयमा 70% लेखिएको छ। अझै पनि क्षेत्री-बाहुनहरुले तमुवान, नेवा, ताम्सालिङ, मगरात, खम्बुवान, लिम्बुवान, थारुवानको नामले षड्यन्त्र गरेर, मंगोलहरुलाई परस्पर भिडाएर शासन सत्ताको बागडोर आफ्नो हातमा पार्ने कसरत गरिरहेका छन्। अझ दश बर्षसम्म नेपालको राजनीति हामी बाहुनको हातबाट उम्कन दिनु हुँदैन भनेर भन्छन्। जुन कुरा बीरबलको खिचडी र बालुवाको घर जस्तो मात्र हो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology