शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ निर्देशिकामा के भन्छ

Sanjuhang Mongol | 18 मे 2019

बिर्सने रोग डिमेन्सियाको खतरा  घटाउने नयाँ निर्देशिकामा के भन्छ

विश्व स्वास्थ्य संगठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्र्देिशका प्रकाशन गरेको छ ।
उक्त रोगलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अथ्र्याउँदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ ।
उक्त संख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ ।
मानिसको सम्झन सक्ने क्षमतामा असर पु¥याउन सक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवद्र्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ ।
अति शंका गर्नेलाई विर्सने रोग लाग्ने खतरा
अरुलाई तीब्र अविश्वास सहित शंका गर्ने र अरुको उद्देश्य सँधै स्वार्थी नै हुन्छ भनेर सोच्नेलाई विर्सने रोग डिमेन्सिया हुने खतरा बढि हुने एउटा अध्ययनले देखाएको छ ।
अध्ययन ६२२ जना स्वयंसेवी मानिसहरुमा गरिएको थियो । अनुसन्धानकर्ताहरुले ति मानिसमा रहेको शंकालुपनको तहलाई डिमेन्सियासँग जाँच्ने प्रयास गरेका थिए । उनीहरुले भनेका छन्, अरुलाई अति अविश्वास गर्नेहरुमा डिमेन्सिया रोग लाग्ने खतरा दोब्बर हुन्छ ।
विशेषज्ञहरु भन्छन्, डिमेन्सिया रोग बुझ्न मद्दत गर्ने यस्ता अध्ययनहरु महत्वपूर्ण हुन्छन् तर अझ वृहत अध्ययनहरु हुन बाँकी छ ।
ह्रास
डिमेन्सिया रोग लागेमा व्यक्तिको स्मरण शक्तिमा कमी आउने, सोच्ने गति, मानसिक उर्वरता, भाषा र बुझाइ तथा न्याय गर्ने क्षमतामा ह्रास आउँछ । ब्रीटेनस्थित अल्जाइमर्स सोसाइटीका अनुसार ब्रीटेनमा ६५ वर्ष नाघेका तीन मध्ये एकमा डिमेन्सिया लाग्छ ।
सन १९९८ मा सरदर उमेर ७१ भएका स्वयंसेवीहरुलाई दुइवटा वाक्यहरु दिइएको थियो । ति वाक्यहरु थिए “मेरो विचारमा मानिसहरु अघि बढ्नलाई झुठ बोल्छन्” र “अरुलाई विश्वास नगर्नु नै सुरक्षित हुन्छ” भन्ने वाक्यांशलाई नम्बर दिन भनिएको थियो ।
डिमेन्सिया रोग लागेमा व्यक्तिको स्मरण शक्तिमा कमी आउने, सोच्ने गति, मानसिक उर्वरता, भाषा र बुझाइ तथा न्याय गर्ने क्षमतामा ह्रास आउँछ
युनिभर्र्सििट अफ इस्टर्न फिनल्याण्डका वैज्ञानिकहरु भन्छन्, ति मध्ये ४६ जनामा त्यसपछिको दशकमा डिमेन्सिया भएको थियो ।
तीब्र नकारात्मक र शंकालु विचार राखेका १६४ मध्ये १४ जनामा डिमेन्सिया भयो र कम शंकालु २१२ मध्येका नौ जनामा डिमेन्सिया भएको थियो ।
डा. आना माइजा टोलप्पानेनले उक्त अध्ययनको नेतृत्व गरेकी थिइन् । उनले भनिन् यि परिणामले मानिसहरुको जीवन र व्यक्तित्वप्रतिको दृष्टिकोणले उनीहरुको स्वास्थ्यमा असर पर्छ भन्ने प्रमाण थप भएको छ ।
उमेर खतरा
उनले परिणामबारे थप विश्लेषण गर्दै भनिन्, डिमेन्सियाको सबभन्दा ठूलो खतरा चाहिँ उमेर नै हो । डा. टोलप्पानेनले भनिन्, विभिन्न व्यक्तित्वका मानिसहरु दिमागका लागि फाइदाकारी हुने विभिन्न गतिविधि र स्वस्थ्य खानेकुरा तथा सामाजिक बौद्धिक गतिविधिमा कम या बढि संलग्न हुने गर्छन् ।
उनले थप भनिन् हाम्रो व्यक्तित्व हाम्रो मस्तिष्कको भौतिक स्वरुप या त्यसभित्रको तत्वमा आएको परिवर्तनले हाम्रो व्यक्तित्व प्रस्तुत हुन सक्छ । र मस्तिष्कमा भएको संक्रमणले पनि शंका र नराम्रो स्वास्थ्य स्थिति दर्शाउँछ ।
अरुका प्रति तीब्र अविश्वास गर्नेहरुमा डिमेन्सिया शुरु भइसकेको पनि हुनसक्छ। र त्यो खतराको कारक या डिमेन्सियाको लक्षण दुवै हुनसक्छ
डा. सिमन रिडले, प्रमुख, एल्जाइमर्स रिसर्च यु के
तर अध्ययनले अन्य सामाजिक आर्थिक कारकहरु उमेर यौन स्वास्थ्य स्थिति चुरोट या रक्सी पिउने जीवनशैली जस्ता कारकलाई अध्ययनमा नसमेटेको उनले बताइन् ।
वृहत अध्ययन
यो अध्ययनबाट प्राप्त तथ्यलाई वृहत रुपमा अध्ययनमा लैजानु असाध्यै महत्वपूर्ण छ ।
एल्जाइमर्स रिसर्च युकेका प्रमुख डा. सिमन रिडलेले भने डिमेन्सिया ग्रस्त मानिसको संख्या बढ्दै गएको सन्दर्भमा यो रोगलाई के ले असर पार्छ भन्ने प्रमाण जुनसुकै थपिए पनि फाइदा हुन्छ ।
यो अध्ययनमा संलग्न थोरै मानिसहरुमा मात्रै डिमेन्सिया भएकाले उनले अझ ठूलो अध्ययन भएदेखि रोग र शंकालुपनको प्रस्तावित सम्बन्धमा अझ विश्वस्त हुन सकिने बताए ।
डा. रिड्लेले भने अरुका प्रति तीब्र अविश्वास गर्नेहरुमा डिमेन्सिया शुरु भइसकेको पनि हुनसक्छ र त्यो खतराको कारक या डिमेन्सियाको लक्षण दुवै हुनसक्छ ।
उनले थपे डिमेन्सियामा अहिलेसम्मको सबभन्दा ठूलो खतरा भने उमेर नै हो ।
दुईभाषाको ज्ञान मानसिक स्वास्थ्यलाई राम्रो
बयस्क भए पछि नै किन नहोस दोश्रो भाषा सिक्नुले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने एडिनबरा विश्वविद्यालयको एउटा अध्ययनले देखाएको छ ।
एघार वर्षे या सत्तरीको उमेरमा रहेका मानिसहरुमा गरिएको अध्ययनले दोश्रो भाषाका कारण उनीहरुको वोल्ने गति र बौद्धिक स्तरमा सुधार आएको पाइयो ।
यस अघिको अध्ययनले दुई भाषामा दखल राखे विर्सने रोग डिमेन्सिया शुरु हुने समयलाई ढिला गरिदिने वा ढिलो डिमेन्सिया शुरु हुने देखाएको थियो । एनल्स अफ न्यूरोलोजीमा छापिएको यो अध्ययनको सबभन्दा ठूलो प्रश्न चाहिँ दुई वटा भाषा सिकेका कारण कसैको बोध क्षमता बढेको हो कि या उक्त व्यक्तिको विशेष क्षमताका कारण दुइभाषी हुन सकेको हो भन्ने हो ।
चुस्त
दोश्रो भाषाको ज्ञान भएमात्र पुग्छ कि त्यसको सक्रिय प्रयोग आवश्यक छ भन्ने खोजीकै विषय छ । एडिनबरा विश्वविद्यालयको सेन्टर फर कग्नीटीभ एजीङ एन्ड कग्नीटीभ एपीडेमियोलोजीका डा. थोमस बाकले आफुले त्यसको जवाफ पाएको विश्वास गरेका छन् ।
उनी भन्छन्, “संसारका दशौं लाख मानिसहरुले दोश्रो भाषामा दक्षता जीवनको पछिल्लो समयतिर हासिल गर्छन् । हाम्रो अध्ययनले बयस्क उमेरमा दुइभाषी बन्नुले पनि उमेर बढ्दै जाने मस्तिष्कलाई चुस्त राख्न सहयोग पु¥याउन सक्छ ।
एडिनबरामा जन्मेका २६२ जनाको एघार वर्ष उमेर हुँदाको उनीहरुको बौद्धिक क्षमता परीक्षण ‘इन्टेलिजेन्स टेष्ट’ बाट प्राप्त तथ्यांक र उनीहरु ७० वर्ष उमेर पुग्दाको बौद्धिक क्षमतामाथि अध्ययन गरिएको थियो ।
अनुसन्धान सन २००८ र २०१० मा गरिएको थियो । सबै सहभागीले उनीहरुले अंग्रेजी बाहेक दोश्रो कुनै भाषामा पनि कुराकानी गर्न सक्ने बताएका थिए ।
कतिले बालककालमै दुई भाषा सिक्छन् त कैयौंले वयस्क भएपछि
त्यो समुहका १९५ जनाले १८ वर्ष उमेर पुग्नु अघि नै दोश्रो भाषा सिकेका थिए भने ६५ जनाले १८ वर्ष पछि ।
बौद्धिक क्षमता
उनीहरुमा गरिएको परिक्षणले दुइ वा त्यो भन्दा बढि भाषा बोल्नेहरुको बौद्धिक क्षमता बढता भएको पाइयो । मुख्य प्रभावकारी असर चाहिँ उनीहरुको बुद्धिमता र पढने गतिमा देखियो ।
जीवनको शूरुवाती चरण होस् या पछि दुवैलाई दोश्रो भाषाले सकारात्मक असर पारेको पाइयो ।
यसले बृद्ध हुँदै जाने मस्तिष्कमा पनि सकारात्मक असर पार्छ कि पार्दैन या दोश्रो भाषा सिके मात्रै पुग्छ कि सक्रिय रुपमा यसको प्रयोग भइरहनुपर्छ भन्ने जस्ता थुप्रै प्रश्नहरु भने यो अध्ययनले जन्माएको डा. थोमसले स्वीकारे ।
अमेरिकाको बोस्टनस्थित हार्भर्ड मेडिकल स्कूलका डा. एलभ्यारो पास्कर लीओनले भने, यो अध्ययनले उमेर बढ्दै जाने मस्तिष्कमा दोश्रो भाषाको असरबारे महत्वपूर्ण पहिलो चरण भएपनि बौद्धिक क्षमतामा ह्रास आउनबाट बचाउने उपाय खोज्ने प्रयत्न गर्न यसमा थप अध्ययन आवश्यक छ । डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञहरूको भनाइ छ ।
डिमेन्सिया लाग्नुको प्रमुख कारण मध्ये एक वृद्धा अवस्था रहेको बताइएको छ । तर वृद्ध अवस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन ।
रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ । डिमेन्सियाबाट बच्न धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्टोरेलल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ ।
निर्र्देिशकामा अरू के छन् ः
व्यायाम– वयस्कहरू खासगरि ज्येष्ठ नागरिकहरूले हप्तामा कम्तीमा १५० मिनेट हिँड्ने वा अन्य शारीरिक व्यायाम गर्ने । दैनिक घरको काम गर्ने वा साइकल चलाउने ।
धुमपान त्याग्ने – धुमपान मस्तिष्क र शरीरको लागि खराब हुन्छ ।
खानपानमा ध्यान दिने – स्वस्थ र जैतुनको तेलयुक्त भूमध्यसागरीय शैलीको खानामा पर्याप्त सागसब्जी र फलफूल हुन्छ। त्यो स्वस्थकर हुन्छ ।
भिटामिनको भर नपने – भिटामिनको चक्कीले फाइदा नै गर्छ भन्ने छैन ।
रक्सी नपिउने – धेरै रक्सी सेवन हानिकारक हुन्छ । थोरै रक्सीले फाइदा गर्छ भनिएपनि त्यो निश्चित हुँदैन ।
दिमागको व्यायाम – शब्दहरू बनाउने क्रशवर्ड्स् र केही कम्प्युटर खेलहरूले लाभ दिन सक्छन् ।
सामाजिक हुने – साथीसङ्गीहरूसँग मिल्ने र हेलमेल हुने बानीले फाइदा पुर्रुयाउने गर्छ ।
उच्च रक्तचाप रोक्ने – उच्च रक्तचाप ओषधि सेवन गरेर वा अन्य उपाय गरेर घटाउनु पर्छ ।
मधुमेहको उपचार गर्ने – मधुमेहलाई नियन्त्रणमा राखेमा डिमेन्सिया जटिल हुन पाउँदैन ।
उच्च कोलेस्टेरोलदेखि सावधान – उच्च कोलेस्टेरोलले डिमेन्सियाको जोखिम बढाउँछ । त्यो घटाउने औषधिले काम गर्छ भन्ने छैन 

 

साभार : BBC नेपाली सेवा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्