बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

डेंगु संक्रमण गराउने टाइगर - लामखुट्टेबाट कसरी जोगिने ?

Mongol Vision News | 22 जूलाई 2019

डेंगु संक्रमण गराउने टाइगर - लामखुट्टेबाट कसरी जोगिने  ?

बुनु थारु एजेन्सी ÷ पछिल्लो केही दिनयता धरान नगरपालिका र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ । हालसम्म ती क्षेत्रका २ सय ४० जनामा डेंगु फेला परेको छ । संक्रमण देखिएका बिरामी अस्पतालमा उपचाररत छन् । डेंगुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोली खटाएको छ । टोलीले डेंगु नियन्त्रणका कामसहित डेंगु गराउने लामखुट्टेका विषयमा पनि अध्ययन गरेको थियो । सो क्रममा प्रभावित क्षेत्रमा डेंगु गराउने दुई प्रकारका लामखुट्टे फेला परेका छन् । डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे फेला परेका छन् । तर धरानमा एडिस अल्बोपिक्टस नामका लामखुट्टे, लार्भा र प्युपा समेत फेला परेका हुन् । यी दुवै प्रकारका लामखुट्टे फेला पर्नु भनेको डेंगु रोग फैलने सम्भावना थप बढ्नु हो । यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन् । नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन् । डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस एजेप्टाई बढी सक्रिय हुन्छन् भने एडिस अल्बोपिक्ट भने केही लोसे हुन्छन् । किन भनियो टाइगर लामखुट्टे ? डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये धरानमा पहिलो पटक भेटिएको एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ । धरानमा पहिलो पटक देखिएको भए पनि यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ । सन् १८६६ मा एसिया र भारतका टापु तथा प्रशान्त महासागरतिर यसको बसोबास क्षेत्र मानिन्थ्यो । सन् १९६० यता यो लामखुट्टे युरोप, अमेरिका, क्यारिबियन, अफ्रिका र पूर्वी प्रान्ततिर पनि फैलिसकेको छ । सन् १८९४ मा ब्रिटिस अस्ट्रेलियिन इन्टोमोलोजिस्ट (किराविज्ञ) फेड्रिक ए एसक्वु स्क्युजले एसियन टाइगर मस्क्विटो अर्थात् एसियाको टाइगर लामखुट्टे भनेर नामकरण गरेका थिए । यी विशेषगरी उष्ण (ट्रोपिकल) र सब ट्रोपिकल क्षेत्रमा धेरै मात्रामा हुने गर्छन् । यो झट्ट हेर्दा कालो रंङको हुने गर्छ । शरीरभरि सेतो छिकेििमर्के हुन्छ । विशेषगरी बाघको जस्तै शरीरमा टाटेपाटे बुट्टा भएको हुनाले यसलाई टाइगर मस्क्विटो भनिएको हो । यसले मानिसलाई मात्र नभई जनावर तथा चराचुरुङ्गीलाई पनि टोक्छ । यसले देखिने छालाको कुनै भागमा पनि टोक्न सक्छ । घरभित्र वा बाहिर जहाँ पनि टोक्न सक्छन् तर विशेषगरी घर बाहिर टोक्छन् । यो २ देखि १० मिलिमिटर लम्बाइको हुन्छ । लामखुट्टेको शरीरको बनोट, उमेर तथा खाना अनुसार फरक पर्छ । पोथीभन्दा भाले लामखुट्टे २० प्रतिशत जति साना हुन्छन् । तर हेर्दा उस्तैउस्तै देखिन्छन् । विश्वमा यो लामखुट्टेले एकदमै छिटो रोग फैलाउने गर्छ । यो लामखुट्टेले दिउँसो मात्र टोक्छ । यसले धेरै भाइरस सार्ने त्यसमाथि पनि डेंगु ज्वरोको जोखिम बढाउने गर्छ । पोथी लामखुट्टेले पानीमा अण्डा पार्छ । घरको छेउछाउ खाल्डाखुल्डी, फालिएका भाँडाकुडा, रुखका टोड्कामा यसले अण्डा पार्ने गर्छ । पोथी लामखुट्टेले पानीको सतहमा अन्डा पार्छे र पानीमै अन्डाबाट लामखुट्टे बन्छन्, त्यो पनि ७ देखि ९ दिनमा वयस्क हुन्छन् । लामखुट्टेको आयु दर ३ हप्ताको हाराहारीमा हुने गर्छ । पहिले दक्षिणपूर्वी एसियामा पाइने यी लामखुट्टेहरु फैलिँदै गएका छन् । सामान ओसारपसार र वैदेशिक यात्राले यसको फैलावट बढिरहेको छ । उनीहरुको बसाइ विशेषरी प्रकृति नजिकै हुन्छ । विशेगरी रुखका प्वाल, टोड्का र बिरुवा झाडीमा बस्ने गर्छन् र जमेका पानी भाँडामा पनि यिनीहरु अन्डा पार्छन् । यो लामखुट्टेले डेंगु तथा चिकुनगुनिया भाइरस संक्रमण गराउने भनेर चिनिन्छ तर यसले अरु भाइरसको पनि संक्रमण गराउँछ । जस्तैः वेस्ट नाइल, इस्टर्न इक्वाइन इन्सेफ्लाइटिस, जापनिज इन्सेफ्लाइटिस । यसले डग हर्टवर्म प्यारासाइट पनि संक्रमण गराउँछ, जुन विशेषगरी कुकुरलाई त्यस प्रकारको जुका पर्नसक्छ । यसले मानिसमा जिका भाइरसको संक्रमण गराउनसक्ने पनि क्षमता राख्छ । यो लामखुट्टे दिउँसोको समयमा एकदमै आक्रमक भएर टोक्छ । यसले यति छिटो टोक्छ कि मान्छेले प्याट्ट पार्न नपाई भाग्छ । उनीहरु प्रायः बिहान र राति आराम गर्छन् र दिउँसो सक्रिय रहन्छन् । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । अधिकारिक रुपमा सन् २००६ को नोभेम्वरमा नेपालमा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । नेपालमा भारतबाट डेंगु प्रवेश गरेको बताइन्छ । शुरुमा नेपालगन्जमा यो रोग भेटिएको थियो । त्यसपछि विस्तारै तराईका अन्य जिल्लाका सहरी क्षेत्र हँुदै राजधानी काठमाडौंमा समेत देखिन थालेको हो । लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखापर्छन् । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसपेसी दुख्ने – शरीरमा बिमिरा आउने – वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्नसक्छ । बच्ने उपाय – डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । – पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानि जम्न नदिने । – पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । – कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । – फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने । – यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । – सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । – लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ । – घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । – घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्