शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.ओ. रघुगंगा गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

दिपक मंगाेल | 21 मार्च 2021

एम.एन.ओ. रघुगंगा गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

म्याग्दी, २० मार्च २०२१, शनिबारका दिन मंगोल नेशनल अर्गनाईजेशन रघुगंगा गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन रघुगंगा गाउँपालिकाको वडा ५ झिँमा भव्यताका साथ सम्पन्न भएको छ।
प्रथम एतिहासिक रघुगंगा गाउँपालिका अधिवेशन आयोजक सभाको संयोजक पदम बहादुर शेरमन्जा मगरको सभा अध्यक्षता तथा मंगोल नेशनल अर्गनाईजेशन दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभाका प्रचारप्रसार सहसचिव विकास पुनमगरको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्न एम.एन.ओ. केन्द्रिय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका निर्देशक प्रेम छिरिङ शेर्पा (दिक्पाल मंगोल) कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।
त्यसैगरी कार्यक्रममा एम.एन.ओ. गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी मगर विशिष्ट अतिथि रहनुभएको थियो, म्याग्दी जिल्ला दोस्रो जिल्ला अधिवेशन आयोजक सभाका संयोजक डि.के. पुनमगर, प्रचारप्रसार सचिव एलिस रोकामगर, आर्थिक संयोजक दिपक पुनमगर, धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगर, मालिका गाउँपालिका अध्यक्ष तेजिन्द्र जुग्जाली मगर, अन्नपुर्ण गाउँपालिका सभाका सल्लाहकार राम गर्वुजामगर लगाएत एम.एन.ओ. नेता कार्यकर्ताहरु अतिथिको रुममा उपस्थित हुनुभएको थियो। रघुगंगा गाउँपालिकाको विभिन्न टोल तथा वडाहरुबाट उल्लेखनियरुपमा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

एम.एन.ओ. रघुगंगा गाउँपालिकाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

कार्यक्रममा आयोजक सभाका सदस्य मिनु थजाली मगरले स्वागत मन्तव्य राख्नु भएको थियो। प्रमुख अतिथि केन्द्रिय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका निर्देशक प्रेम छिरिङ शेर्पा (दिक्पाल मंगोल) ले अस्तित्व र मंगोलबाद दर्शनको विषयमा प्रष्ट्याँउदै एम.एन.ओ. वर्तमान नेपालको उडाउँदो शक्ति भएको र बैचारिक क्रान्तिबाटै देशमा समानता, भातृत्व, स्वतन्त्रता, मानवअधिकार लगाएत दिगो शान्ति र दिगोविकास  सहितको लोकतान्त्रिक समाजबादको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। 
कार्यक्रममा १९ मार्चका दिन बन्द शत्रबाट मनोनित भएका १५ सदस्यीय रघुगंगा गाउँपालिका सभा समेत घोषणा भएको छ, तकबहादु पुर्जा मगरको अध्यक्षतामा सचिव धनबहादुर शेरपुन्जा, सहसचिव प्रकाश पाईजा, कोषाध्यक्ष खिममाया थजाली, प्रचारप्रसार सचिव गगन पुन, सदस्यहरु पदम बहादुर शेरमन्जा, तुल प्रसाद गर्वुजा, मिन थजाली, शुशिल तिलिजा, राजु विक, लोकन गर्वुजा, दिलक तिलिजा, शिव विक, पदम बुदुजा, प्रतिक्षा विक रहनु भएको छ भने भिम प्रसाद शेरपुन्जाको संयोजकत्वमा २ सदस्य थप हुने गरी ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ।
म्याग्दी जिल्ला एतिहासिक दोस्रो अधिवेशन आयोजक सभाका संयोजक डि.के.पुनमगरले चैत्र २१ गते बेनीबजारमा हुने म्याग्दी जिल्ला सभाको खुला घोषणा सभामा सहभागी हुनको लागि निमन्त्रण गर्दै रघुगंगा गाउँपालिका प्रथम एतिहासिक अधिवेशनबाट निर्वाचितत तथा मनोनित हुनुभएका पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो भने अन्य वक्ताहरुले पनि सभालाई सम्वोधन गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। 
खराव मौसमका कारण छोट्याईएको कार्यक्रमलाई समापन गर्दै प्रथम एतिहासिक रघुगंगा गाउँपालिका अधिवेशन आयोजक सभाका संयोजक तथा खुला घोषणा सभाका अध्यक्ष पदमबहादुर शेरमन्जाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सभ्य र भव्य ढङ्गले सफल बनाउनकोे लागि आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।


 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्