Mongol Vision | 16 जूलाई 2021
सिन्धुपाल्चोक/ गएको असार १ गते परेको अबिरल बर्षाका कारण आएको भिषण बाढी र पहिरोबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ र ३ का याङ्री, सुनचौर, तासिपा, माइखर्क, रिबर र तयागाङ याङ्री गुम्बाका स्थानीय ११३ घरधुरी बाढीपहिरो पिडितहरुलाइ मंगोल नेशनल अर्गनाइजेशनले राहत बितरण गरिएको छ । बाढिपहिरोबाट प्रभावित क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट पनि यो प्राकृतिक बिपत्तिको समयमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न प्रवास सभाहरु ,जिल्ला सभाहरु र एम.एन.ओको समर्थक सुभेच्छुकहरुबाट संकलित रु ३ लाख मुल्य बराबरको खाद्यान्न सामाग्री १५ जुलाइ २०२१का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुपाल्चोक र एमएनओ पाँचपोखरी थाङपाल गाउपालिका सभाको सक्रियतामा वास्तविक पिडित पहिचान गरि राहात बितरण गरिएको जिल्ला अध्यक्ष निमा छिरिङ लामाले बताउनु भएको छ । प्रत्येक घरधुरीलाई १ बोरा चामल, 2 केजि दाल, १ केजि नुन र १ लिटर तेल सहित राहात स्वरुप खाद्यान्न बितरण गरिएको कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङ, बाग्मती प्रदेश सभाका प्रचार सचिव सालिक थापा मगर, गण्डकी प्रदेश सभाका सल्लाहकार तथा पत्रकार देव थापा मगर, धादिङ जिल्ला सभाका अध्यक्ष धर्मराज सेन्देन, काभ्रे जिल्ला सभाका अध्यक्ष कमल तामाङ, नुवाकोट जिल्ला सभाका सदस्य सुरेन्द्र तामाङ, जिल्ला सभा सिन्धुपाल्चोकका अध्यक्ष निमा छिरिङ लामा, सचिव दावा लामा, कोषाध्यक्ष पबिना तामाङ, सहसचिव कर्णभिर तामाङ, प्रचार सचिव साङ्गे दोर्जे तामाङ, जिल्ला सदस्यहरु पाल्देन तामाङ, प्रभाष स्याङ्बो, जुगल गाउँपालिका अध्यक्ष जरिलाल तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिका सभाअध्यक्ष रमेश तामाङ लगायतको उपस्थितिमा सम्पन्न राहात बितरण कार्यक्रम सम्पन्न भएको थियो । राहत बितरण कार्यक्रमकै अवसरमा केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङ, बाग्मती प्रदेश सभाका प्रचार सचिव सालिक थापा मगर र सिन्धुपाल्चोक जिल्ला सभा अध्यक्ष निमा छिरिङ लामाले राहत सहयोग उपलब्ध गराइ सहयोग पुर्याउनु हुने सम्पुर्ण प्रवास सभा, विभिन्न जिल्ला सभाहरु तथा सहयोगिदाताहरुमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोले नोक्सान पुराए लगतै एम एनओ केन्द्रिय सभाले पीडितहरु लाई सहयोग गर्न सबैमा अपिल गरे सगै विभिन्न प्रबास सभा , जिल्ला सभा एबम सुभचिन्ताजनकहरुमा आह्वान गरेको थियो । त्यसलगतै विभिन्न जिल्ला , प्रबास सभाहरुले सहयोग संकलन कार्य गरेको थियो । जसमा प्रबास सभा भारत मेघालय बाट रु १,०९,८००, प्रबास सभा कुवेत ४६,३०३ , युके प्रबास सभा १,५९,४१२ , मलेसिया प्रबास सभा ६३,४०० , कतार प्रबास सभा ५०,०००, सुडान बाट ५,००० र बहराइन बाट ५,००० सहयोग संकलन गरेको थियो त्यस्तै पाल्पा जिल्ला सभाले ३७,०५०, दाङ ले १७,०६५ , स्याङ्जाले १५,०००, दोलखाले १०,०००, कपिलवस्तु ले २०,००० , गोरे लामा अमेरिका १८,०६५ , केसरी मंगोल १,०००, सबिन तामाङ सिन्धुपाल्चोक हाल कुवेत १,४,००५ र प्रवास सभा भारतका सदस्य ५,००० गरि जम्मा रु ५,७०,१००संकलन भएको एमएनओ केन्द्रिय सचिब तथा प्रबास समन्वय सभा संयोजक सन्तोष तामाङले जानकारी दिनु भएको छ । उहाका अनुसार ३ लाख रुपैयाको सामाग्री पीडितहरुलाइ बितरण गरिएको र हाल २,७०,१०० रुपिया बचत रहेको केन्द्रिय प्रबास समन्वय सभा मा रहेको बताउनु भयो । उप्त रकम लाई केन्द्रिय दैबिक बिपत कोष खडा गरि जम्मा गर्ने र यस्तै बिपत्ति परेको ठाउहरुमा बितरण गर्ने जानकारी समेत गराउनु भयो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology