शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओका नेतागण नेपाल बौद्ध परियत्ति शिक्षामा सफल

Laasim Hang Mongol | 18 मे 2019

एमएनओका नेतागण नेपाल बौद्ध परियत्ति शिक्षामा सफल

काठमाण्डौ/ संसारमा बौद्ध परियत्ती शिक्षा ग्रहण कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ । यसैबीच मंगोल नेशनल अर्गनाइजेशनका विभिन्न तहका नेता नेत्री गणहरु यश वर्षको बौद्ध परियत्ति शिक्षाको विभिन्न कक्षामा उतिर्ण भएका छन । गत वर्ष माघ महिनामा सम्पन्न कक्षा एक देखि कक्षा आठ सम्मको परीक्षा नतिजा वैशाखमा आएको थियो । महामानव सिदाहा बुद्धको 2563 औं जन्मदिवसको अवसरमा एक कार्यक्रमको बीच आज नेपाल बौद्ध परित्ति शिक्षा धर्मकिर्ती बसुन्धराले उतिर्ण उपासक उपासिकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको छ । कक्षा तीन अन्तर्गत उतिर्ण गर्नुहुनेहरुमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सोम गुरुङ, केन्द्रीय सदस्य कासिमा तामाङ, राजन चालिङ, अरुणा थामी, एमएनओ तीन नम्बर प्रदेश सभा सचिव राजेन्द्र तामाङ त्यसैगरी जिल्ला सभा नुवाकोटका सचिव प्रदिक्षा वाइवा, जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोल रहेका छन् । त्यसैगरी एमएओ तीन नम्बर प्रदेश अध्यक्ष कृष्ण तामाङले कक्षा दुई उतिर्ण गर्नु भएको छ । बृहत् रुपमा सम्पन्न कार्यक्रममा स्थानिय बुद्धप्रेमी महानुभावहरुको पनि उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो भने कार्यक्रममा गुरुमा कुसुमले बौद्ध परियत्ति शिक्षाबारे प्रवचन दिनुहुँदै प्रष्ट पार्नु भएको थियो । प्रवचनकै क्रममा गुरुमाले भन्नुभयो बौद्ध परियत्ति शिक्षा भनेको नैतिक शिक्षा हो, व्यबहारीक शिक्षा हो यसलाई अध्ययन संगै व्यबहारमा उतार्न नितान्त आवश्यक रहेको कुरामा पनि जोड दिनुहुँदै बौद्ध परियत्ति शिक्षा अब्बल रुपमा सबैले ग्रहण गर्नुपर्ने कुरा बताउनु भयो भने कार्यक्रम गुरुमा प्रीतीले सन्चालन गर्न भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्