Mongol Vision News | 15 अक्टोबर 2019
मंगोल नेशनल अर्गनाइजेशन जिल्लासभा झापाको आयोजनामा एकदिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सन १५ ,अक्टोबर २०१९ को दिन झापा जिल्लासभाका अध्यक्ष लासिमहाङ्ग मंगोलको अध्यक्षतामा सम्पन्न भएको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचे रहनुभएको थियो । प्रमुख प्रशिक्षक तथा अतिथि मेचेले भर्खरै उत्तरी छिमेकी मुलुक चिनका राष्ट्रपति सि जिन पिङ्गको नेपाल भ्रमण र उनको अभिव्यक्तिले डा.गोपाल गुरुङ ज्युको मंगोल राष्ट्रवादको सपना पूरा गर्न सहज हुने बताउनु भएको छ । विश्व चर्चित मुलुकको राष्ट्रप्रमुखले नेपाल भ्रमणमा रहेको बेला बुद्धभुमी नेपालमा भगवान बुद्धले सम्मान नपाएको अभिव्यक्ति प्रस्तुत गरेका थिए । प्रमुख प्रशिक्षक मेचेले भने " जब सिदाहा बुद्धको यस मंगोलभुमिमा सम्मान हुन्छ अनि यहाँका अहिन्दु मुलवासी मंगोलहरुको उन्नति हुन्छ ।
यस देशका ८०% अहिन्दु मुलवासी मंगोलहरुको उन्नति प्रगति भएमात्र समस्त अहिन्दु मुलवासी मंगोलहरुको राजनीति चेतनाको महागुरु युगपुरुष , दुरदर्शि ,दुरदृष्टि राजनीतिज्ञ अमर डा.गोपाल गुरुङ ज्युको सम्मान हुनुको साथै यो देशले विकास र स्थायी शान्तिको बाटोमा अग्रता लिन्छ अत यो समय हामीले हर्षोउल्लासका साथ धुपबत्ती बाल्दै झिलिमिलिमा खुशीयाली मनाउनु पर्ने दिन रहेको बताउनु भयो । कार्यकर्ता प्रशिक्षणकै क्रममा प्रमुख प्रशिक्षक मेचेले हिन्दुआर्य बाहुन क्षेत्रीहरु अल्पसंख्यक भएकै कारण खाली भाडाको चर्को आवज जस्तो होहल्ला गर्ने आधा घैला पानी छछल्केर पोखिन खोजे झै उत्तेजित बनेर हामीलाई आक्रोशित बनाउदै डर देखाउने र हामिहरु एकप्रकारले मनभित्र त्यस्ता भ्रामक डर धम्की पालिरहेकोले अहिलेसम्म "डिभाइट एन्ड रुल" को राजनीति गरिरहेका छन् तर अब नेपालमा रहेका सबै पार्टीको स्वाद बहुसंख्यक मुलवासीहरुले चाखी सकेकोले अब बृहत मुलवासी मंगोलहरुको एउटै थलो मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुनु सिवाय दोस्रो विकल्प नरहेको स्पष्ट पार्नु भयो । थपमा प्रमुख अतिथी मेचेले संसारकै आर्यहरु जालझेल गर्न र आफुलाई उत्कृष्ट उत्पत्ति हुँ भन्न पछि नपर्ने भन्दै दोस्रो विश्वयुद्धताका जर्मन मा खस्ने शक्तिशाली एटमबम मंगोल मुलुक जापानको नागासकी र हिरोसिमामा खसालिनुमा पनि षड्यन्त्र रहेको खुलासा व्यक्त गर्नु भएको थियो । "मंगोलहरु दिन्छन् लिन जान्दैनन् सिदाहा बुद्धले पनि लिन जानेन , अशोक सम्राट , भिमरावल अम्बेडकर ,डा गोपाल गुरुङ कसैले पनि लिएका थिएनन् दिएर नै विश्व चर्चित बनेका छन् , बन्नेछन् । त्यसैले हामीले पनि जे जति सकिन्छ कमिङ्ग जेनेरेशनको सुरक्षीत र उज्जवल भबिस्यको लागि दिल खोलेर लगानी गर्न कन्जुस्याइँ नगरौं भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाइ अनुरोध समेत गर्नुभएको थियो ।
झापा जिल्लाको धुलाबारी स्थित वाणिज्य हलमा सम्पन्न बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथिद्वय केन्द्रिय सचीव सन्तोष तामाङ र आर्थिक सभा संयोजक धनप्रकाश खिम्दुङ्गको पनि उपस्तिथि रहेको थियो । त्यस्तै केन्द्रिय अनुशासन बिभाग संयोजक गणेश चाम्लिङ , केन्द्रिय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे , केन्द्रिय आर्थिक सभा सदस्य धनमाया तामाङ र १ नम्बर प्रदेश प्रमुख भास्कर चाम्लिङले पनि समयसापेक्ष आफ्ना विचार प्रस्तुत गरेका थिए ।
झापा जिल्लासभाका विभिन्न नगरसभा गाउँसभाबाट बाक्लो उपस्थिति रहेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रिय सर्वोच्च सभासदस्यद्वय श्याम लिम्बु , अकल बहादुर तामाङ केन्द्रिय सदस्य अनिता तामाङ , दिलवरी राई ,केन्द्रिय सल्लाहकारहरु दिल बहादुर लिम्खिम, धन बहादुर राई, पदम नेम्बाङ, प्रदेश नम्बर १ का सचिव सागर राई तथा सदस्यहरुको पनि उपस्तिथि रहेको थियो । करिव ५ घण्टा लामो चलेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा झापा जिल्ला सदस्य सन्जुहाङ्ग मंगोलले स्वागत मन्तव्य राखेका थिए भने झापा जिल्ला सचीव बानिरा मेचेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology