शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

किन चिलाउँछ हत्केला ?

Mongol Vision News | 2 जून 2019

किन चिलाउँछ हत्केला ?

एजेन्सी ÷ हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो वा रोगको संकेत हो । छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँछ । कहिलेकाहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ । झिंगाको संक्रममणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्याधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो । हत्केला चिलाउनका केही कारण यस प्रकार छन्ः प्राइमेरी बिलियरी सिरहोसिसः लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ । चिलाउने समय र अवस्था फरक फरक हुन्छ । कहिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात हत्केला चिलाउँछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ । खानेकुराको एलर्जीः खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ । यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ । कार्पल टनेल सिन्ड्रोमः (नाडीेको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडा) पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्रयोग हुदा यस्तो अवस्था आउँछ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो । औषधी वा शल्यक्रियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ । एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ । नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ । इसेजमाः छालाको समस्याले पनि हत्केला चिलाउँछ । छालासमबन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ । गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ । अधिकांश इसेजमाको उचित उपचार छैन । कसरी बच्ने ? हातको राम्रो सरसफाई र विभिन्न प्रकारका लोसन र क्रिमले हत्केला चिल्लो पार्दा धेरै हदसम्म चिलाउने समस्याको समाधान हुन्छ । छालालाई कहिल्यै पनि सुख्खा नराख्ने । चिलायो भन्दै बेस्सरी रगडेर कन्याउनु हुँदैन । समस्या गम्भीर भयो भने तत्काल चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्नुपर्छ । हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको कारण बुझ्नु पर्छ । हत्केला चिलाउनुका विभिन्न कारण हुन्छन् । जाडो याममा हुने सुख्खा छाला वा बेस्सरी हात घोटेर धुदा पनि चिलाउने भएकोले ढुंगा वा जालीले हत्केला रगेड्नु हुँदैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्