Susma Ale magar | 3 अगस्ट 2020
तनहुं/aug,02,2020 मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुंको सक्रियतामा गत असार २८ गते जिल्लाको रिसिङ्ग गाउँपालिका वडा नम्बर ८ भैसीकिलिमा घटेको प्राकृतिक प्रकोप (बाढि पहिरो) मा परि ज्यान गुमाउनु भएका भेस बहादुर थापा ,नुनिसरा थापा ,महादेव थापा ,मनिसरा थापा र अमिका थापा मगरको परिवारलाई भेटि आर्थिक राहत संकलन गरि हस्तान्तरण गरेको छ। गण्डकी प्रदेश सभा र तनहुं जिल्ला सभा भित्रका विभिन्न तह र तप्का मा रहनु भएका पदाधिकारी हरु बाट संकलित रु २०,३१५। - जिल्ला सभा तनहुंका अध्यक्ष प्रेम थापा मगरले पिडित पक्षका अम्बा थापा मगरलाई हस्तान्तरण गर्नुभयो। विश्वव्यापी रुपमा कोरोनाको कारण लकडाउन संगै सुरक्षा अपनाइरहेको बखत नेपालमा पनि त्यहि प्रक्रिया रहेकोले अवस्थालाई ध्यानमा राखी सामाजीक दुरी कायम गरि राहत सहायोग कार्यक्रम सम्पन्न गरिएको छ। पिडितका लागि सहयोगी हातहरु,प्रताप राना मगर ३००० , भक्त बहादुर तमु २००० , कुमार काजी गुरुङ्ग ११०० ,प्रेम पुन ११०० ,रमण थापा मगर १०१५ ,प्रबिना थापा मगर (के.स)१००० ,प्रेम थापा मगर(जीअ) १००० ,सुस्मा आले (जी स )१०००,शम्भु राना मगर १०००,जग राम तमु १००० ,दिलिप बाचे मगर १००० ,मन बहादुर थापा मगर १०००, भिम बहादुर थापा मगर १०००, बिर बहादुर थापा मगर १००० ,याम गुरुङ्ग १००० ,आसिक थापा मगर ६००, भिम थापा मगर ५००,गंगा आले (जी स स ) ४००,अनिता थापा मगर(गण्डकी स स )२००,कल्पना थापा मगर २०० र बसन्ती आले बाट २०० रुपैया सहयोग रकम संकलन गरि बुझाइएको हो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology