Bijayaraj Limbu | 23 जूलाई 2025
पूर्वमा #सिरीजङ्गा_विश्वविद्यालय र पश्चिममा #लखन_थापा_विश्वविद्यालय खोलिनेछ, MNO कोे ऐतिहासिक घोषण।
महामानब ड.गोपाल गुरुङ ज्यूले संगठनको स्थापना काल देखि नै घोषणा गर्नु भएको ती अधुरो सपनाहरु भोलि MNO सत्ता र शासनमा आएपछि ,यो ऐतिहासिक कार्यहरू अवश्य पनि निर्धक्कका साथ पूरा भएर जानेछन।
आज मंगोलवाद दर्शन यही देशको अस्तित्व,माटो,र प्रकृतिमा आधारित सिद्धान्त जुन महामानव सिदाहा बुद्ध जस्ता मंगोलहरुको पुर्खाको ज्ञान,शिक्षा, दर्शनलाई शिरोपन गरेर अगाडी बढिरहेको छ। त्यसै गरि ती हाम्रा अमर मंगोल पुर्खा (सिरीजङ्गा थेबे र लखन थापाले) मंगोलहरुको समाजममा कसैको प्रलोभनमा नपरि मंगोलहरुको एकता भाषा,लिपि,संस्कार,संस्कृति प्रवर्धन र जगेर्ना गर्ने उद्देश्यले आफ्नो महत्वपूर्ण योगदान र जीवन नै बलिदान दिएका कारण,सोही पुर्खाहरुको ऐतिहासिक कार्यलाई अब विश्व अन्तर्राट्रिय स्तर सम्म निरन्तरता दिनको निमित्त,यी महान हस्ती पुर्खाहरुको नाममा नेवालको पूर्वमा #सिरीजङ्गा_विश्वविद्यालय र पश्चिममा #लखन_थापा_विश्व विद्यालय खोलिनेछ भनेर मंगोल नेशनल अर्गनाइजेशनले तीन दशक अगाडि देखिनै मुख्य ऐतिहासिक कुरा एमएनओ कोे घोषणा पत्रमा सार्वजनिक गरेको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology