शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पायल्सका बिरामीले यी चिज नखानुस्

Mongol Vision News | 3 अगस्ट 2019

पायल्सका बिरामीले यी चिज नखानुस्

एजेन्सी÷ पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।ं
धेरै तेलयुक्त र मसालायुक्त भोजन
अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान सल्लाह दिन्छन् । पहिल्यैदेखि पायल्सको समस्या छ भने यस्तो खानाले समस्या झन् बढाउने हुन्छ । यसका साथै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।
फास्टफूड नखानुहोस्
पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुडबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो फलफुल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ । यसले यो समस्या कम गर्न धेरै सहयोग गर्छ ।
राजमा या मुसुरोको दाल
राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैंन । राजमा या मुसुरोजस्ता गेडागुडीको सेवनले पायल्स रोगीलाई नराम्रो गर्छ ।
घिउ
सन्तुलित मात्रामा घरमै बनेको घिउको सेवनले शरीरलाई फाइदा गर्छ । तर धेरै खानाले पायल्स रोगीलाई झन् समस्या बढाउन सक्छ । यसैले शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।
कफी, कोल्ड ड्रिंक्स
यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।
मांसाहारी भोजन
कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । मांसाहारी सुप पनि सेवन गर्नुहुन्न ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्