शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

थाइराइड के हो ? यसका लक्षण के–के हुन् ?

Mongol Vision News | 13 जूलाई 2019

थाइराइड के हो ? यसका लक्षण के–के हुन् ?

डा. प्रियादर्शनी योन्जन

एजेन्सी / थाइराइड के हो ? शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । थाइराइड रोग होइन । यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ । के कारणले हुन्छ थाइराइड ? हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ । ३०–४० वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो । तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ । प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ । लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ । हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ । लक्षण हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन् । कम हुँदाः शरीर गलेको महसुस हुने, शरीर सुन्निने, कपाल झर्ने, निन्द्रा नलाग्ने वा बढी लाग्ने, छाला फुस्रो हुने, महिनावारी गडबड हुने । बढी हुँदाः तौल घट्दै जाने, शरीर तातो हुने, निन्द्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने, हात–खुट्टा काँप्ने, चिडचिड पसिना आउने, बढी रिस उठ्ने । थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ र हर्माेन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ । थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ । नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन । तर हामीले ६ सय ७१ जनामा गरेको अनुसन्धानमा ४.३२ प्रतिशतमा थाइराइडको समस्या देखिएको थियो । विश्व जनसंख्याको ४ प्रतिशतमा हर्मोनको कमी र १ प्रतिशतमा बढीको समस्या छ । खाना बार्नुपर्छ कि पर्दैन ? थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन । सुरु–सुरुमा आयोडिनको कमीले गर्दा हुने गलगाँडको समस्यालाई बन्दा, काउली बार्नुपर्छ भनिन्थ्यो । तर अहिले त्यस्तो हुँदैंन । अहिले देखिने थाइराइडको समस्यालाई खानामा त्यस्तो केही पनि बार्नुपर्दैन । उपचारः हर्मोन कमीको समस्यालाई ट्याब्लेटबाट पूर्ति गर्छौं । हर्मोन बढीको समस्यालाई भने दुइवटा उपचार छन् ः एउटा औषधि खाने र अर्को ग्रन्थी सुकाउने । थाइराइड ः भ्रम र सत्य थाइराइड समस्या जटिल र डराउनु पर्ने खालको होइन । यसले आयु घटाउँछ भन्ने भ्रम छ । त्यो गलत हो । थाइराइड भएपछि बच्चा हुँदैन भन्ने सोचाई पनि गलत हो । उपचारपछि सन्तान हुन्छ । थाइराइड भएकामा क्यान्सरको जोखिम हुने भएपनि अधिकांश अवस्थामा क्यान्सर नै हुन्छ भन्ने हुँदैंन । थाइराइड ग्रन्थी एक सेन्टिमिटरभन्दा ठूलो छ भने इन्जेक्सनको माध्यमबाट पानी वा मासु झिकेर जाँच गरिन्छ । यदि खराबी देखियो भने शल्यक्रिया गर्नुपर्छ । यदि फोका ४ सेन्टिमिटरभन्दा ठूलो छ र सास जाने नली थिचेको छ भने शल्यक्रिया गर्ने सल्लाह दिइन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्