शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ

mongol vision | 14 फेब्रुअरी 2021

यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ

एजेन्सी/ एजर्ली तब हुन्छ जब शरीर कुनै पदार्थप्रति प्रतिक्रिया गर्न थाल्दछ। एजर्ली सामान्यदेखि जटिल समस्या बनेको हुनसक्छ। एजर्ली विभिन्न प्रकारको हुन्छ।

सामान्यत आम रुपमा एजर्ली हुने कारणहरु यस्ता छन् :

- हावामा भएका फुलका पराग, माटोका कण, जनावरका भुवा वा धुलोका कारणले हुन्छ।

- यदि हामीले कुनै चीज छुँदा जस्तो कि धातु, वनस्पतिक दुध वा रसायनले पनि एलर्जी हुन सक्छ।

- केही खानेकुरा अण्डा, मेवा, दुध, सोया, गहुँ जस्ता खानेकुराले पनि कसैलाई एलर्जी हुन सक्छ।

- झिंगा, कमिला, मौरी,बारुलाले टोक्यो भने पनि एलर्जी हुन्छ।

- केही मानिसलाई औषधिको प्रयोगले पनि एलर्जी हुनसक्छ।

- केही मानिसहरुलाई कहिलेकाँही कपडाका कारणले पनि एलर्जी हुनसक्छ।

एलर्जीबाट पुरै मुक्त हुन गाह्रो छ तर यसलाई उपचार गरी कम गर्न सकिन्छ। सबैभन्दा उत्तम उपाय भनेको जुन चीज, खाद्य पदार्थले हामीलाई एलर्जी गराउँछ ती कुराबाट परै बस्नु नै हो।

लक्षण :

- एजर्लीको सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो ।

अन्य लक्षण एलर्जीको कारणमा भर पर्छ। जस्तो:

- नाक चिलाउनु, नाक बन्द हुन वा पानी बग्नु।

- हाच्छिउ आउनु, आँखा चिलाउनु,रातो हुनु, सुन्निनु, पोल्नु वा आँखाबाट आँशु बग्नु।

- स्वाद अथवा गन्ध गुम्नु - टाउको दुख्नु,

- वाकवाकी लाग्नु वा वान्ता हुनु

- पेट दुख्नु वा पेट बर्टानु

- पिनास हुनुइ

- मुखको वरिपरी सुन्निनु पा खानेकुरा निल्न समस्या हुनु।

यदि यस्ता लक्षणहरु देखिएको छ भने चिकित्सकलाई देखाउनुपर्छ। छाला र रगतको ल्याव परीक्षण गर्नु आवश्यक हुन्छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्