शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ

mongol vision | 25 फेब्रुअरी 2021

यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ

एजेन्सी/ आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन। यस्ता लक्षण देखिनेवित्तिकै मधुमेह जाँच गराउनु आवश्यक छ। किनभने, यी लक्षण मधुमेह हुँदा देखिन्छन्। यदि सुगरको लेबल कम वा धेरै छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। मानिसलाई सुगरका कारण विभिन्न प्रकारका समस्या आउन थाल्छन्। सुगरको समयमा नै जाँच गराउनु आवश्यक छ। अन्यथा कहिलेकाहीँ यसले मानिसको मृत्यु समेत गराउन सक्छ।

यस्ता छन् मधुमेहका प्रमुख लक्षण

चाँडै घाउ निको नहुनु

जो व्यक्तिलाई मधुमेह भएको हुन्छ, उसको रगतको प्रवाह पनि प्रभावित हुन्छ। यस कारण शरीरमा लागेका कुनै पनि प्रकारका घाउ चोटपटक निको हुँदैन। यस्ता घाउ चोटपटक निको हुन निकै समय लाग्छ।

शरीरको छाला जानु

मधुमेह भएको व्यक्तिको खासगरी हातखुट्टा र घुँडाको छाला जान सक्छ। र, त्यो चाँडै निको पनि नहुन सक्छ। त्यसैले छाला गएको छ भने पनि मधुमेहको परीक्षण गराउनुपर्छ।

हातखुट्टा झमझमाउनु

रीरमा मधुमेहको लेबल बढेको छ भने हातखुट्टा झमझमाउने समस्या हुनसक्छ। यसलाई डायबिटिक पेरिफेरल न्युरोप्याथी पनि भनिन्छ। यो मधुमेहको सुरुवाती लक्षण मानिन्छ।

खुट्टा सुन्निन सक्छ

मधुमेह भएको भएको व्यक्तिको खुट्टा सुन्निन सक्छ। मिर्गौलाको काम गर्ने क्षमता पनि कम हुन थाल्छ। मिर्गौला फेल पनि हुनसक्छ।

आँखाको दृष्टि कम हुनु

धुमेह भएको व्यक्तिको आँखामा पनि कमजोरी देखिन सक्छ। जसलाई डायबिटिक रेटिनोप्याथी भनिन्छ। समयमा उपचार भएन भने आँखाको पूरै ज्योति गुम्ने खतरा रहन्छ। रगत सर्कुलेसन प्रभावित हुने भएकाले मधुमेह भएका व्यक्तिलाई अन्य धेरै रोगको पनि खतरा हुनसक्छ। अनुहारमा रातो दाग वा चिह्न देखिनु, अनुहार चिलाउने, सुन्निने जस्ता समस्या देखिएको छ भने पनि तुरुन्त मधुमेहको जाँच गराउनुपर्छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्