शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

छैटौं पटक मुख्य मन्त्री बन्ने पवन कुमार चाम्लिङको सपना तुहिएको छ

Laasim Hang Mongol | 24 मे 2019

छैटौं पटक मुख्य मन्त्री बन्ने पवन कुमार चाम्लिङको सपना तुहिएको छ

काठमाण्डौ/ विगत २५ वर्षदेखि सिक्किममा एकछत्र मुख्य मन्त्री बनीरहेका पवन कुमार चाम्लिङको छैटौं पटक मुख्य मन्त्री बन्ने सपना एसकेएमको विजय संगै तुहिएको छ ।

    सन 1994 देखि लगातार रुपमा सिक्किमको मुख्य मन्त्रीको रुपमा एकछत्र लामो सम्मको अवधिको रुपमा पवन कुमार चाम्लिङ रहदै आएपनी त्यो वेग माथी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसपाली रोक लगाईदिएको छ । सिक्किमको 32 वटा विधान सभा क्षेत्रमध्ये एसकेएमले 17 सिट ल्याएको छ भने पवन कुमार चाम्लिङ नेतृत्वको एसडिएफले भने 15 सिट मात्र लिन सफल भएको छ । जबकी सन 2014 को चुनावमा 22 सिटले जीत हासिल गरेका थिए ।

       

छैटौं पटक मुख्य मन्त्री बन्ने पवन कुमार चाम्लिङको सपना तुहिएको छ

    एसकेएमको यो ऐतिहासिक जीत संगै 25 वर्ष पछि एसडिएफ सरकार विपक्षीमा धकेलिएको छ । यसैगरी एसकेएमले लोकसभामा पनि जीत हाँसिल गर्दै लोकसभा र विधान सभा दुबैमा आफ्नो पकड जमाएको छ । सिक्किममा पवन कुमार चाम्लिङ नेतृत्व सरकारबाट चरम भ्रष्टाचार बढिरहेको र जसको असर सिक्किमका लोकहरुमा प्रत्यक्ष असर परेको आरोप लागिरहेको बेला सिक्किमका लोकहरुले यसपालि पवन कुमार चाम्लिङलाई लत्याएका हुन । लामो समय देखि देशका लागी तथा व्यवसायिक रुपमा फूटबल खेलिरहेका सिक्किमका बहुचर्चित खेलाडी भाईचुङ भुटिया नेतृत्वको हाम्रो सिक्किम पार्टी भने कुनै पनि स्थानमा सफल हुन नसके पनि पवन कुमार चाम्लिङको एकछत्र छायाँलाई ओझेल पार्नभने महत्वपूर्ण भुमिका रहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्