शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जापानमा एम एनओको प्रबास सभा

Laasim Hang Mongol | 2 मे 2019

जापानमा एम एनओको प्रबास सभा

काठमान्डौं/ दिन दुई गुणा रात चार गुणा हुँदै मंगोल नेशनल अर्गनाइजेशन फैलिने क्रममा प्रवास सभा जापान गठन भएको छ । 1 May बुधबारका दिन जापानको राजधानी टोक्यो स्थित सोम छन्त्यालको प्रमुख आतिथ्यता र डिबि मंगोलको अध्यक्षतामा २० सदस्यीय प्रवास सभा जापान गठन भएको हो । जसको सचिव, कोषाध्यक्ष क्रमशः पुर्ण छन्त्याल र लक्ष्मी बुढामगर रहेका छन् । त्यस्तै सदस्यहरूमा बिर्ख गुरुङ, बिजय रोका, लोकेसरोका, धिराज गुरुङ, नवीन गुरुङ, रबिन पुन, त्योसन पुन, घले सुर्या, होम बहादुर थापा, सबिन बाबू पुन, नर बहादुर जुग्जाली र लाल घले गुरुङ रहनु भएको छ । त्यस्तै मूल सचिवमा एकराज पुन रहनु भएको छ । कार्यक्रममा एकराजन पुनले नेपालका ८०% अहिन्दू मूलवासी मंगोलहरु फुटेर होइन एकजुट भएर अस्तित्व प्राप्तिको निमित्त एक भएर अघि बढ्नु पर्ने कुरामा जोडदिनु भयो भने मंगोल राष्ट्रवाद सम्बन्धि क्रान्तिकारी गजल कविता पनि प्रस्तुत गर्नु भएको थियो । संगठनको हक र हितको निमित्त प्रवास सभा जापान सदैव सिद्धान्तमा अडिग रहि नीति र विधानमा बाधिएर संगठनको विकासमा अघि बढ्ने कुरामा सधै तत्पर रहेको अध्यक्ष डिबि मंगोलले बताए यसैगरी कार्यक्रममा नवनिर्वाचित कोषाध्यक्ष लक्ष्मी बुढामगरले सांस्कृतिक क्रान्ती स्वरूप नृत्य प्रस्तुत गरेकी थिईन भने कार्यक्रम एकराज पुनले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्