बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कुवेतमा भएका नेपालका मुलवासी मंगाेलहरूकाे पनि एमएनअाे काे प्रवास सभा गठन गरेका छन् ।

देव राज तामाङ | 13 अगस्ट 2019

कुवेतमा भएका नेपालका मुलवासी मंगाेलहरूकाे पनि एमएनअाे काे प्रवास सभा गठन गरेका छन् ।

काठमाडौं/ आज मिति 13 अगस्ट 2019 का दिन विपिन गुरुङ्गको अधक्ष्यतामा प्रवास कुवेतका विभिन्न क्षेत्रमा सम्लग्न र स्थानमा छरिएर रहनु भएका नेपालका अहिन्दु मुलबासी मंगोल योद्धा सहकर्मी समर्थक सुभेच्छुक हरुको बृहत भेला गराई मंगोल दर्शन सम्बन्धि प्रशिक्षण एवं कार्यसभा चयन गरि मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कुवेत गठन भएको छ । सन्तोष जिम्बा तामाङ्गको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम देव राज तामाङ्गद्वारा संचालन तथा प्रशिक्षण सम्पन्न गरि बिपिन गुरुङको अध्यक्षतामा 18 सदस्य सहितको ऐतिहासिक एम.एन.ओ प्रबास सभा कुवेत गठन भएको थियो । कार्यक्रममा विभिन्न अग्रज बुद्धिजीवी बक्ताहरु द्वारा नेपाल जस्तो स्वर्ग भूमिमा साच्चै नै देशले असली मालिक खोजि रहेको धारणा ब्यक्त गर्नु भएको थियो  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाइजेशन कुवेत प्रवास सभाका नव नियुक्त अधक्ष विपिन गुरुङ ज्यूले अबको अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाइजेशन रहेको बिषयमा सबैको ध्यान केन्द्रीत गर्दै अहिन्दु मुलबासी मंगोलहरु एक हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ! नव गठित प्रवास सभा कुवेतका पदाधिकारीहरु क्रमश:-  अधक्ष विपिन गुरुङ्ग, सचिव, सुक बहादुर गुरुङ्ग, कोषअधक्ष मिन जंग गुरुङ्ग, प्रचार सचिव, सन्तोष जिम्बा तामाङ्ग, प्रमुख सल्लाहकार, देव राज तामाङ रहेका छन् । त्यस्तै सदस्यहरु  देबेन्द्र राई, विवेक गुरुङ्ग, पूर्ण गुरुङ्ग, दिल मगर, राजेन्द्र गुरुङ्ग, गिरिराज राई छन भने सल्लाहकारहरु, अर्जुन गुरुङ्ग, मोहन मगर, खेम राज तामाङ्ग, राम बहादुर रोका मगर, भुपेन्द्र राई, सरोज तामाङ्ग, अथाङ्ग नेम्वांङ्ग रहेका छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्